DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Wednesday, August 4, 2021

कलाकार दुर्गेश थापा बहिस्कारको हल्ला र सत्य

August 04, 2021 0

अहिले बजारमा यौटा हल्ला व्याप्त छदुर्गेश थापालाई बहिस्कार गर्‍यो प्रतिष्ठानले भन्ने हल्ला । कलाकार  दुर्गेश थापालाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय कार्यसमितिले आफ्नो विधानको अधीनमा रही कारबाही गरेको हो । कारबाहीमा ‘बहिस्कार’ गर्ने कुरा कतै उल्लेख छैन र संस्थाको विधानमा कसैलाई बहिस्कार गर्न मिल्ने भनेर उल्लेख गरेको पनि छैन । त्यसैले दुर्गेश थापालाई प्रतिष्ठानले बहिस्कार गर्न मिल्दैन पनि ।

 

सत्य कुरा के हो भने दुर्गेश थापाले पटक पटक संस्थालाई अनादर गरेपछि (आरोपहरु)संस्थाका अनुरोधहरू लाई तिरस्कार गरेपछि र संस्थागत निर्णयहरू लाई लत्त्याएपछि संस्थाले उनले ग्रहण गरेको आफ्नो ‘आजीवन सदस्यता’ फिर्ता लिएको मात्र हो । सदस्यता फिर्ता सँगै अब दुर्गेश थापा सँग संस्थाले ‘संस्थागत सहकार्य’ गर्नेछैन –यो कारबाहीको अर्को पाटो हो । संस्थागत सहकार्य हुनको लागि संस्था प्रतिको इमानदारिता पनि प्रस्ट हुनुपर्छ जुन कलाकार थापामा देखिएन त्यसैले अब थापा सँग संस्थाले सहकार्य गर्नेछैन –निर्णयको सार यत्ति हो ।

 

संस्थागत सहकार्य भन्नाले कस्ता कुराहरू पर्लान् ? अथवा संस्थाबाट हुने सहयोग रोक्का भन्नाले कस्ता कस्ता सहयोग रोकिने हुन् ? यी विषयहरू प्रस्ट हुनु पर्दछ । जस्तै संस्थाले अहिले विदेशमा हुने  सांस्कृतिक कार्यक्रम को लागि भिसा प्राप्त गर्ने सहयोगी कागजपत्र ‘आबद्धता प्रमाणपत्र’ प्रदान गर्ने गरेको छ । संस्थाको पत्रलाई दूतावासहरूले विश्वास गरेर भिसा प्रदान गर्ने गरेको सबैलाई अवगत नै  छ । अब विदेश यात्रा गर्दा दुर्गेश थापाले संस्थामा आबद्ध रहेको प्रमाणपत्र पाउनेछैनन् । यो सामान्य कुरा हो प्रतिष्ठान को पत्र बेगर भिसा नै नपाउने भन्ने होइनएक किसिमको सपोर्टिंग डकुमेन्ट कम हुने मात्र हो ।

 

प्रतिष्ठानको पत्र बेगर पनि धेरै कलाकारले विदेश यात्रा गर्ने गर्दछन् त्यो सहयोग रोक्का उनको लागि ठुलो विषय पनि हुँदैन होला किनभने उनले पटक पटक ‘आफू लोक कलाकार नभएको’ जिकिर गरिसकेका छन् र संस्था सँग कुनै लेनदेन या सम्बन्ध नभएकोले संस्थाले आफूलाई निर्देशन दिन नमिल्ने पनि बताउँदै आइरहेका छन् । यो संस्थाले आफू मातहत रहेका कलाकारले गरेको अनुशासन विपरीतका कामको लागि दिएको दण्ड भन्दा पनि दण्ड दिन नपरोस् भनेर संस्थाबाट बाहिर पठाएको विषय मात्र जस्तो हो । किनभने सदस्यता निलम्बन बाहेक अन्य कारबाही गर्ने कानुनी अधिकार प्रतिष्ठानको विधानमा उल्लेख छैन र विधान बाहिर गएर गरेको कारबाही कार्यान्वयन हुने सम्भावना देखिँदैन।

 

अब चर्चा गरौँ बहिस्कारको बारेमा – ‘यो बहिस्कार भन्ने शब्द आम बोलीचालीको भाषामा भन्दा भारतीय पञ्चायतले फैसला गर्ने ‘हुक्का पानी बन्द’ जस्तो होइन र संस्थाले त्यस्तो निर्णय गर्न पनि मिल्दैन । अहिले हुक्का पानी बन्दको निर्णय आएजस्तै हल्ला चलाइएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि भित्री कुरा नबुझी प्रतिक्रिया दिइहाल्ने गरेको देख्न पाइन्छ ।

 

अहिलेको जमानामा कसैलाई कसैले बहिस्कार गर्ने भन्ने प्रश्नै आउँदैन । प्रतिष्ठानले गरेको निर्णय भनेको ‘संस्थागत सहकार्य गरिने छैन’ भन्ने मात्र हो । कसैलाई ‘व्यक्तिगत सहकार्य गर्न बाट रोक लगाउने अधिकार’ प्रतिष्ठान सँग छैन पनि । हरेक कलाकार स्वतन्त्र छन् र आफूले चाहेको कलाकार सँग सहकार्य गर्न पाउँछन् त्यसमा संस्थाले रोक लगाउने या दुर्गेश सँग सहकार्य गर्नेलाई पनि कारबाही गर्ने भन्ने होइन । यहाँ सम्ममा कि प्रतिष्ठानले दुर्गेश सँग सहकार्य नगर्नु भनेर आफ्ना सदस्यहरूलाई निर्देशन दिएको पनि छैन र त्यसो गर्दैन पनि । 

 

संस्थागत सहकार्य नगर्ने’ निर्णयलाई ‘बहिस्कार गरेको भनेर जसरी कुरा बजारमा आएको छ त्यो शब्द चयनमा गल्ती भएको हो । प्रतिष्ठानका आफ्ना औपचारिक कार्यक्रमहरू हुन्छन् । दोहोरी गीत प्रतियोगिताहरूसांस्कृतिक कार्यक्रमहरूझाँकीहरू अनि अन्य औपचारिक र नियमित कार्यक्रमहरू हुन्छन् । जस्तै चर्चित र प्रतिष्ठित कलाकारलाई त्यस्ता कार्यक्रमहरूमा निमन्त्रणा गरिन्छ अतिथि बनाइन्छ अब दुर्गेश थापालाई त्यस्ता औपचारिक कार्यक्रमहरूमा निम्त्याइने छैन ।

 

दोहोरी प्रतियोगिताहरूमा पाहुना निर्णायकको रूपमा कलाकारहरू उपस्थित भएर आफ्ना बिचार राख्ने परम्परा छ त्यस्ता ठाउँमा पनि थापालाई बोलाइने छैन । प्रतिष्ठानले वार्षिक रूपमा अवार्ड कार्यक्रम गर्दै आइरहेको छ । अब दुर्गेश थापा खेलेका भिडियोहरू त्यो अवार्ड कार्यक्रममा समावेश हुने छैनन् । प्रतिष्ठानले भविष्यमा बनाउने श्रव्य दृश्य सामाग्रीमा उनलाई समावेश गरिने छैन ।

 

लोक कलाकार बिचमा विवाद हुँदा या कुनै सिर्जना मा प्रतिलिपि अधिकारको बारे विवाद हुँदा प्रहरीकहाँ या प्रतिलिपि रजिस्टार कार्यालयमा मुद्दा किनाराको लागि छलफल हुँदा प्रतिष्ठानलाई मध्यस्थताको लागि बोलाउने या राय लिने सामान्य प्रचलन छ त्यहाँ प्रतिष्ठानबाट तोकिएको प्रतिनिधि गएर मुद्दा मिलाउन सहयोग गर्ने या राय व्यक्त गर्ने सामान्य प्रचलन छ त्यसबाट कलाकारले राहत महसुस गरेको पनि हामीले अनुभव गरेका छौँ तर अब दुर्गेश थापाका आगामी विवादहरू समाधान गर्न प्रतिष्ठानले औपचारिक उपस्थिति जनाउने छैन ।

 

कलाकार बिमारी हुँदा सानै भए पनि आर्थिक अवस्था कमजोर भएका कलाकारलाई प्रतिष्ठानको ‘कलाकार कल्याणकारी कोष’ ले सहयोग गर्दै आइरहेको छ । एकदमै निम्न आय भएका कलाकारहरूलाई सानै भए पनि भरथेग हुने गरेको छ । दुर्गेश थापालाई प्रतिष्ठानको त्यो सानो सहयोग को आवश्यक पर्ने अवस्था आइ नपर्ला तर संस्थागत सहयोग र सहकार्य नहुने कुरा यहाँ पनि लागु हुन्छ ।

 

अब राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल  र कलाकार दुर्गेश थापा बिच यी माथिका तमाम सहकार्यहरू अर्को निर्णय नभएसम्म हुनेछैनन् ।  अर्को निर्णय भन्नाले यो मुद्दाको पुनरावलोकन नहुने भन्ने हुँदैन । अहिले अनुशासन समितिको सिफारिसको आधारमा केन्द्रीय कार्यसमितिले गरेको निर्णय हो यो । दुर्गेश थापाले अझै पनि आफ्ना कुरा राख्न र संस्थाको दृष्टिकोणमा गलत ठहरिएका कुराहरू सुधार्न या आत्मालोचना गर्न चाहेमा संस्थाले आफ्नो निर्णयमा पुनरावलोकन गर्न नसक्ने भन्ने हुँदैन । संस्था सबैको साझा हो र हिजो न अटाएका मान्छेहरू आज संस्था भित्र छन् आज न अटाएकाहरू भोलि संस्था भित्र हुनेछन् । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिका सदस्य दुर्गा पंगेनीको निजी विचार

 

 साथमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रीय कार्यसमितिले जारी गरेको विज्ञप्ति 







Monday, May 17, 2021

How to fill tax form in AdSense (W-8BEN)?

May 17, 2021 0

मे ३१ तारीक आइसक्यो, गुगल एड्सेंस बाट रिभेन्यु लिईसकेका या लिने तरखरमा रहनुभएका सबै गुगल पार्टनरहरु ले अमेरिकी सरकार लाइ तिर्नुपर्ने ट्याक्स फाईल कसरी भर्ने भन्ने जानकारी यहाँ मैले केहि स्न्याप्सर्ट हरुमा दिने प्रयास गरेको छु राम्रो संग हेरेर आफ्नो ट्याक्स फाईल आफै भर्न सिक्नुहुने छ भन्ने अपेक्षा गर्दछु ।

पहिलो पेजमा आफ्नो एड्सेंस इन्डीभिजुअल हो कि बिजनेस हो त्यो सेलेक्ट गर्नुस (प्राय इन्डीभिजुअल नै हुन्छन)

-तपाई अमेरिकी नागरीक या स्थाई बसोवास गर्ने मान्छे हो? भनेर सोधेको ठाउ मा ‘नो’ मा क्लिक गर्नुस

-त्यो भन्दा मुनि दुईटा ट्याक्स फारम हरु छन् तपाइले माथिल्लो (W-8BEN) सेलेक्ट गर्नुस

-त्यसको तल (START W-8BEN FORM) भन्ने स्विच छ निलो रंगको त्यसमा क्लिक गरेर अगाडी बढ्नुस 


१) यो १ नम्बरको घेरो लगाएको मा ट्याक्स आइडेन्टिटी मागेको छ त्यह्को तल (नेम अफ इन्डीभिज्युअल) लेखेको ठाउमा आफ्नो एडसेन्स मा भएको अफिसियल नाम लेख्नुहोला - त्यो भन्दा तल देश सेलेक्ट गर्ने ठाउ आउछ त्यसमा नेपाल सेलेक्ट गर्नुहोला  । त्यो भन्दा तलका ठाउँ हरु खाली छोडेर (NEXT) बटन क्लिक गरेर अगाडी बढ्नुहोला  


 २) त्यसको तल २ नम्बरमा ठेगाना माग्दछ रातो घेरो लगाएको हेर्नुहोला, त्यहाँ नेपाल सेलेक्ट गर्ने अनि आफ्नो पुरा ठेगाना लेख्नुहोला पोष्ट बक्स नम्बर हरु भएमा हाल्नुहोला, जिल्ला जुन हाल्नुहुन्छ त्यसको 'पोस्टल कोड' सहि तरिकाले टाईप गर्नुहोला जस्तै काठमान्डूको '४४६००' हो त्यसरी नै हरेक जिल्लाको फरक फरक हुन्छ  । अनि मेलिंग एड्रेस पनि उही हो भन्ने यौटा सानो बक्स आउछ त्यसमा क्लिक गर्नुहोला त्यसको तल फेरी ठेगाना लेखिरहन पर्दैन  । त्यसपछि (NEXT) बटन थिचेर ३ नम्बर मा जानुहोला  

 ३)-३ नम्बरमा ट्याक्स सन्धि भएका देश हरुबाट भर्ने हो भने मात्र अन्य भर्नु पर्छ -नेपाल बाट भर्दा सोझै 'नो' क्लिक गरेर (NEXT) मा क्लिक गरी अगाडी बढ्नुहोला  

 ४)-अब ४ नम्बर मा डकुमेन्ट प्रिभ्यु देखाएको छ त्यसको अगाडिको सानो टिक लगाउने बक्समा क्लिक गरेर फेरी (NEXT) बटनमा क्लिक गरेर अगाडी बढ्नुहोला  । 


 ५)-यो प्रमाणीकरण पेज हो, त्यहाँको नाम लेख्ने सेक्सनमा आफ्नो लिगल नाम क्यापिटल लेटर मा टाईप गर्नुहोला  । र आफ्नो ट्याक्स फारम आफ्नै बिहाफ मा भरेको हु भन्ने कोलम मा टिक लगाई (रातो घेरो अनुसार) फेरी (NEXT) मा क्लिक गरेर अर्को पेजमा जानुहोला  । 


६)- यो तपाइको फारमको अन्तिम पेज हो, यसमा 'नो' मा क्लिक गर्नु र 'नो' मुनिको सानो बक्स मा पनि क्लिक गर्नुहोला  । अनि अन्तिममा तपाइको एड्सेंस नयाँ हो र अहिले सम्म पैसा बुझ्नु भएको छैन भने माथिल्लो मा र पहिले पैसा बुझिसक्नुभएको छ भने तल्लो सेक्सनमा क्लिक गर्नुहोला  । त्यसपछि (SUBMIT) बटनमा क्लिक गरेर फारम सब्मिट गरिदिनुहोला  । 


 ।त्यसपछि तपाइको ट्याक्स अप्रुभ भएको यस्तो बोर्ड देखाउनेछ, तपाइको ट्याक्स फारम भर्ने काम सकियो 
 ।मेल बक्स चेक गर्नुहोला, तपाईलाई यस्तो मेल आएको हुन्छ  । 

 ।यस्तो ट्याक्स सर्टिफिकेट pdf डाउनलोड गरेर राख्न पनि सक्नुहुन्छ  । धन्यबाद  । 



Sunday, May 9, 2021

मशहूर मॉडल रश्मि तमांग ने अनिल मगर से किया अंतरजातीय विवाह

May 09, 2021 0

नुवाकोट में जन्मी रश्मि ने गोरखा जिले के अनिल राणा मागर के साथ विवाह किया है। अनिल एक सामान्य व्यवसायी हैं और रश्मि अपने कलात्मक करियर को जारी रखे हुए हैं।

वह कुछ समय से संयुक्त राज्य अमेरिका में रह रही हैं, अपने कलात्मक करियर से अवकाश ले रही हैं। उनके कई गाने दोहराए गए हैं। अनिल और रश्मि कुछ ही दिनों में अमेरिका चले जाएंगे, रश्मि के पारिवारिक सूत्रों ने लालिगुरन के डॉट कॉम को सूचित किया है।

एक तस्वीर सार्वजनिक होने के बाद रश्मि ने जो गाँठ बाँधी है वह सार्वजनिक हुई थी। उनके गाँठ बाँधने के बाद, उनकी किस्मत चाहने वाले कलाकारों की संख्या में वृद्धि हुई है।

अंतरजातीय विवाह करने वाली रश्मि ने कहा कि उसने अपने परिवार से सलाह करने के बाद शादी की। उसने हमें बताया कि उसने अनिल से अच्छे और अच्छे स्वभाव में मिलने के बाद शादी की। अनिल ने भी रश्मि को पसंद किया।

वीडियो देखने के लिए नीचे फोटो पर क्लिक करें



Wednesday, May 5, 2021

भागवत गीतामा वर्णसंकर उत्पत्ति र त्यसको प्रभावको बारेमा लेखिएको छ

May 05, 2021 0

अध्याय 1 का श्लोक 41

अधर्माभिभवात्, कृष्ण, प्रदुष्यन्ति, कुलस्त्रिायः,
स्त्राीषु, दुष्टासु, वाष्र्णेय, जायते, वर्णसंकरः।।41।।

अनुवाद: हे कृष्ण! पाप के अधिक बढ़ जाने से कुल की स्त्रिायाँ अत्यन्त दूषित हो जाती हैं और हे वाष्र्णेंय! स्त्रिायों के दूषित चरित्र वाली हो जाने पर वर्णसंकर संतान उत्पन्न होती है। (41)

अध्याय 1का श्लोक 42

संकरः, नरकाय, एव, कुलघ्नानाम्, कुलस्य, ,
पतन्ति, पितरः, हि, एषाम्, लुप्तपिण्डोदकक्रियाः।।42।।

अनुवाद: वर्णसंकर कुल घातियों को और कुल को नरक में ले जाने के लिये ही होता है गुप्त शारीरिक विलास जो नर-मादा के बीज और रज रूप जल की क्रिया से इनके वंश भी अधोगति को प्राप्त होते हैं। (42)

अध्याय 1 का श्लोक 43

दोषैः, एतैः, कुलघ्नानाम्, वर्णसंकरकारकैः,
उत्साद्यन्ते, जातिधर्माः, कुलधर्माः, , शाश्वताः।।43।।

अनुवाद: इन वर्ण संकरकारक दोषों से कुलघातियों के सनातन कुल-धर्म और जाति- धर्म नष्ट हो जाते हैं। (43)

अध्याय 1 का श्लोक 44

उत्सन्नकुलधर्माणाम्, मनुष्याणाम्, जनार्दन,
नरके, अनियतम्, वासः, भवति, इति, अनुशुश्रुम।।44।।

अनुवाद: हे जनार्दन! जिनका कुल-धर्म नष्ट हो गया है ऐसे मनुष्यों का अनिश्चित काल तक नरक में वास होता है ऐसा हम (अनुशुश्रुम) सुनते आये हैं। (44)

अध्याय 1 का श्लोक 45

अहो, बत, महत्, पापम्, कर्तुम्, व्यवसिताः, वयम्,
यत्, राज्यसुखलोभेन, हन्तुम्, स्वजनम्, उद्यताः।।45।।

अनुवाद: हा! शोक! हम लोग बुद्धिमान् होकर भी महान् पाप करने को तैयार हो गये हैं जो राज्य और सुख के लोभ से स्वजनों को मारने के लिये उद्यत हो गये हैं। (45)

अध्याय 1 का श्लोक 46

यदि, माम्, अप्रतीकारम्, अशस्त्राम्, शस्त्रापाणयः,
धार्तराष्ट्राः, रणे, हन्युः, तत्, मे, क्षेमतरम्, भवेत्।।46।।

अनुवाद: यदि मुझ शस्त्र रहित एवं सामना न करने वाले को शस्त्र हाथ में लिये हुए धृतराष्ट्र के पुत्र रण में मार डालें तो वह मरना भी मेरे लिये अधिक कल्याण-कारक होगा। (46)

अध्याय 1का श्लोक 47

एवम्, उक्त्वा, अर्जुनः, सङ्ख्ये, रथोपस्थे, उपाविशत्,
विसृज्य, सशरम्, चापम्, शोकसंविग्नमानसः।।47।।

अनुवाद: रणभूमि में शोक से उद्विग्न मनवाला अर्जुन इस प्रकार कहकर बाणसहित धनुष को त्यागकर रथ के पिछले भाग में बैठ गया। (47)




 

Thursday, February 18, 2021

हास्य रस मिसाएर गरिने आलोचनात्मक भिडियो हरूलाई रोस्ट भिडियो भन्ने चलन छ

February 18, 2021 0

हास्य भिडियो या नि हास्य रस मिसाएर गरिने आलोचनात्मक भिडियो हरूलाई रोस्ट भिडियो भन्ने चलन छ । कुनै पनि सिनेमा म्युजिक भिडियो या कुनै पनि चिज माथि गरिने व्यङ्ग्यात्मक आलोचना नै रोस्ट हो । यो चलनको सुरुवात अमेरिकन हरूले गरेका थिए । बेलायत चाइना भारत हुँदै यो प्रचलन संसार भरि नै फैलिई सकेको छ । मनोरञ्जनको क्षेत्रमा अहिले आएर रोस्टिंग अपरिहार्य जस्तै भैसकेको छ ।

 

सामान्य कार्यक्रम सञ्चालक लाई होस्ट भनेझैँ आलोचनात्मक व्यङ्ग्य गरेर भिडियो  बनाउने मान्छे लाई रोस्टमास्टरभन्ने चलन छ ।  भारतमा त रोस्ट को प्रभाव यस्तो सम्म छ कि ठुलो लगानीका सिनेमा मेकरहरूले लोकप्रिय  रोस्ट रोस्टमास्टरलाई आफ्नो सिनेमा को रोस्ट गर्न लगाउँछन् । पैसा तिरेर नै रोस्ट गराउने प्रचलन पनि छ । सिनेमा समालोचक पत्रकारहरू पनि अहिले रोस्ट गरिरहेको भेटिन्छन् । एकजना प्रख्यात सिने आलोचक छन् भारतमा केआरके भन्ने । उनले सिनेमा माथि आलोचना गर्ने क्रममा कडा खाले रोस्ट गरिरहेका हुन्छन् ।

 

रोस्ट मात्रै गर्ने ठुला टेलिभिजन कार्यक्रम पनि सञ्चालनमा आएर निकै लोकप्रिय भएका थिए । कलर्स टिभीमा आउने कमेडी नाइट बचाओमा भारती सिहं र कृष्ण अभिषेक लगायत कलाकारहरूले कलाकारलाई पाहुनाको रूपमा बोलाएर उनीहरूकै अगाडी उनीहरूका कमजोरीहरू छताछुल्ल पारेर उनीहरूको आलोचना गर्ने गर्दथे त्यसलाई खुट्टा तान्ने या हिन्दीमा टाङ खिचाईगर्ने भन्ने चलन रहेको देख्न सकिन्छ त्यो कार्यक्रम बन्द भए पनि युट्युब मा त्यो भिडियोहरू प्रशस्त देख्न सकिन्छ त्यसरी टाङ खिचाईमा परेका कलाकारहरू कोही पनि रिसाउने या कसैले पनि अपमानित भएको महसुस गर्दैनन् सबैले हाँसेर आफ्ना कमजोरीहरू स्विकार्छन् र मनोरञ्जन गर्छन्  !

 

हिन्दी सिनेमा जगतमा वितरण गरिने दर्जनौँ ठुला अवार्ड कार्यक्रमहरूमा यौटा मुख्य सेग्मेंट नै रोस्ट को राखिएको हुन्छ । फ्लप भएका सिनेमाहरूको बारेमा, फ्लप हिरो या हिरोनिको बारेमा, डुबेको लगानीको बारेमा अथवा आशा अनुरूप बक्स अफिस कलेक्सनमा सफल नभएका फिल्म र त्यो फिल्म सँग सम्बन्धित सबैलाई रोस्ट गर्ने चलन छ ।  अभिषेक बच्चनको पहिलो फिल्म रिफ्युजी लाई पब्लिकले रिफ्युज गरेको भनेर रितेस देशमुख गरेको रोस्टका क्लिपहरू अहिले त्यो फिल्म रिलिजको एक्काइस वर्ष पछाडि पनि त्यो फिल्म को रोस्ट हुन छोडेको छैन र ति क्लिपहरु हिट भएका  छन् । रितेसले त्यसो भनिरहँदा अभिषेक बच्चनले हाँसेरै प्रतिक्रिया दिएको देख्न सकिन्छ त्यो उनीहरूको आलोचनात्मक चेतको कुरा हो । कुन कुरा  साधारण आलोचना हो र कुन ह्युमर हो भनेर छुट्याउन सक्ने चेत को विकास उनीहरूमा भएको देख्न सकिन्छ ।

 

त्यति मात्र होइन क्यारिकेचर या मिमिक्रिको नाममा अमिर खान र साहरुख खान अनि अमिताभ बच्चन समेत लाई छोड्दैनन् भारतीय रोस्टरहरू । अहिले युट्युब मा रोस्ट भिडियो बनाउने क्यारीमिनाती, आशिस चंचलानी लगायत युवाहरूका करोडौँ फ्यान छन् । उनीहरूको च्यानलमा तिस मिलियन को हाराहारीमा त फलोअर नै छन् । अहिले भर्खरै उदाएकी रोस्ट मास्टर सोनियाप्पा को च्यानलमा समेत एघार लाख फलोअर पुगिसके यसबाटै अनुमान लगाउन सकिन्छ कि रोस्ट को प्रभाव कस्तो छ भनेर ।

 

नेपालमा भने कलाकारको सेन्स अफ ह्युमर एकदम कमजोर रहेको देख्न सकिन्छ । यौटा सिनेमा को रोस्ट गरेको भनेर एक जना रोस्टमास्टर लाई प्रहरीले पक्रेको विषयले पनि बजार तातेको थियो । पछि उनी छुटे र अहिले सम्म पनि रोस्ट भिडियो बनाउन मै सक्रिय छन् । अर्का रोस्टर छन् बिक्की रोस्टरउनको च्यानल मा पनि चार लाख जति फलोअर छन् । रोस्ट मन पराउने भएरै त्यति धेरै फलोअरले उनको च्यानल पच्छ्याएको हुनुपर्छ ।

 

तर नेपाली कलाकारले व्यङ्ग्यात्मक आलोचनाले पनि उत्पादनको प्रचार हुन्छ भन्ने कुरा बुझ्दैनन् । त्यति मात्र होइन नेपाली कलाकारले उनीहरूको गीत सिनेमा या कुनै पनि भिडियो को आलोचना नै नहोस् भन्ने चाहन्छन् । एक पटक गरेको रोस्ट वर्षौँ सम्म बिर्सदैनन र भेटमा तैँले मलाइ यस्तो भनेको होइन? भनेर दुख मानी रहन्छन् ।

 

भारत मा त अझ आधाआधि माँ बहेन को गाली दिने, सफ्ट गालीहरू पुरै र फोहोर गालीहरू आधा बिप हालेर समेत मान्छेलाई नै गाली गरेर रोस्ट गर्ने चलन छ । नेपालमा त्यसो भयो भने त साइबर क्राइम लाग्ने सम्भावना देखिन्छ । तर अब समय आएको छ कि सर्जकहरूले उनीहरूको सिर्जनाको लागि गरिएको रोस्ट लाई व्यङ्ग्यात्मक आलोचना हो भनेर सहज रूपमा लिनु पर्छ । त्यो विरोध होइन, आलोचना पनि होइन । कलाकारलाई  ठुलो बनाएर चाकडीको भाषामा तपाइको गीत धेरै राम्रो छ या तपाइको भिडियो धेरै राम्रो छभन्ने अभिव्यक्ति दिनु भन्दा त्यसका कमजोरी हरू लाई या सामान्य प्रस्तुति लाई समेत व्यङ्ग्य गर्दै चुट्किला सुनाए जसरी गीतको बारेमा तारिफ नै गरेको हो त्यो भनेर बुझ्नु पर्दछ ।

 

मैले केही वर्ष अगाडी बद्री पंगेनी चन्द्र शर्मा र कला लम्सालको स्वर रहेको धानको चामल धानेको चिउरा भन्ने गीतलाई त्यस्तै मजाकिया शैलीमा आलोचना गरेको थिएँ । त्यसमा मेरा मुख्य चार वटा कुरामा व्यङ्ग्य गर्ने सोच थियो । पहिलो कुरा बद्री पंगेनी र चन्द्र शर्मा दुई जनाले स्वर भर्ना रहर किन गरेको ता कि त्यो गीतको भावले दुई गायक को स्वर डिमान्ड गरेको थिएन । दोस्रो भिडियो मेकिंग मा भएको कमजोरी कारण डुब्न लागेको लगानी  । तेस्रो नृत्य प्रधान भिडियोमा नन डान्सर नायक को कास्टिंग र तेस्रो गायिका आफै भिडियो खेल्न गरेको रहरले भिडियो माथि भएको अन्यायको बारेमा चर्चा गर्न लागेको थिएँ ।

 

अरू बोलिसकेर मैले गायिका कला लम्साल को गेट अप को बारेमा बोल्न खोज्दा उनको टाउकोमा मजेत्रो बेरेको चित्र ठ्याक्क अगाडी आयो ! त्यसरी टाउकोमा मजेत्रो कति बेला बेर्छन् त ? ठ्याक्क याद आयो मेलापात जाँदा वा सुत्केरी हुँदा !! मेलापात जाँदाका मजेत्रा मैला हुन्छन् त्यो नयाँ मजेत्रो थियो, मेकअप ले टिलिक्क परेको अनुहार  माथि टाउकोमा मजेत्रो मैले सुत्केरी लुक्स बनाएर न नाचेको भए र गीतमा प्रोफेसनल डान्सर लाई लिएको भए भिडियोको क्वालिटी नै अर्कै बन्ने थियो ... यत्ति शब्द प्रयोग गरेको थिएँ ! यो सम्पूर्ण रूपमा व्यङ्ग्य थियो यसमा कतै कसैलाई व्यक्तिगत रूपमा प्रहार गर्न खिजिएको थिएन तर पनि आज पर्यन्त त्यो गीतका कलाकारहरूले बेला बेलामा तैँले हाम्रो गीतलाई नराम्रो भनेको होइनस् ? तैँले मलाइ सुत्केरी लुक्स भनेको होइनस् भनेर चित्त दुखाइरहनुहुन्छ !

 

म वहाँ सम्पूर्ण कलाकार सँग भन्न चाहन्छु, आदरणीय चन्द्र शर्मा दाजु, बैनी कला लम्साल, निखिल दाइ लगायत निर्देशक शिव बिक लगायत सम्पूर्ण लाई त्यो ह्युमर मात्र थियो अन्यथा न बुझिदिनुहोला भन्ने अनुरोध गर्न चाहन्छु ।  

  

म्युजिक भिडियो 


रोस्ट भिडियो 

Saturday, February 13, 2021

मेरी भ्यालेन्टाइन संगको बिहेको सम्झना

February 13, 2021 0

हामी भाग्ने की नभाग्ने मै दोधारमा थियौं । मोबाइल फोन थिएन । चिठी समयमा पुग्थेन ।  चिठी पठाउने यौटै बाटो भाउजू हुनुहुन्थ्यो तर अचेल मेरो चिठी च्यातेर फाल्दिन थाल्नुभएको रहे, या पढेर बा आमालाई सुनाइदिन थाल्नु भएको थियो । केटीको घर नजिकै यौटा कर्डलेस फोन थियो । त्यसमा फोन गर्‍यो बोलाइदिने ले सबै कुरा लिक गर्दिने  त्यति मात्र होइन त्यो कर्डलेस फोनमा बोलेको एफ एम रेडियो ले टिपेर झन् जात्रा । भाग्ने सल्लाह त गरियो तर त्यो कुरा नै लिक भएर हाम्रो प्लान ले फेल खायो । म गल्यांग बजारमा पर्खेको पर्खेई भएँ । पर्खँदा पर्खँदै केटी घर मै र म गल्यांग मा पक्राउ परियो 

 

लामो तिकडम, जालझेल र रिसइवी, भनाभन अनि बदलाहरू सकिएपछि उनीहरूले अब छोरी घरबाटै कन्यादान गरेर दिनेभए । राम्रै संग बिहेको जग्गे सुरु भयो । सासु ससुराले हुर्काएर बढाएकी फुल जस्ती छोरी मलाइ दिने भए मेरो लागि त्यही ठुलो कुरा थियो । आफूले माया गरेकी मान्छे सँग बिहे हुनु मेरो लागि ठुलो उपलब्धिको कुरा थियो मलाइ अरू केही चाहिएकै थिएन 

 

तर बा को अनुहार अँध्यारो थियो । एका दुई साथी बोलाउनु भएको रहेछ बा ले । उनीहरूले बिचमै बिहे छोडेर हिँडे, बा झन् अध्यारिनु भयो । मैले कुरा बुझ्नै सकिरहेको थिइन । यस्तो केही हुन्छ भन्ने परिकल्पना गरेकै थिएन मैले । केही बेरमा बिहे सकियो । जेठानले बैनीलाई बोकेर डहरकी ठुलीको घर अगाडी रोकिराखेको जिप सम्म पुर्‍याइदिनुभयो  म पछि पछि लागेँ । 

 

दुलही लिएर हामी घर तिर लाग्यौँ । तर मलाइ अत्यन्तै माया गर्ने मणि भिनाजु मेरो घर सम्मै नआई वालिङबाटै बिदा हुनुभयो म त गएँ है केटा..अब पन्चमूल सम्म किन पुग्नु र" भिनाजुले यति भनिसकेपछि बुढा रिसाएको या मेरा बा को त्यो अवस्था सँग दुखी भएको बुझ्न मलाइ झन् गाह्रो भयो  । “दक्षिणा दिन पनि पाइन भिनाजु” भनेँ ... ठिकै छ केटा भनेर वालिङ घुम्तीबाट बुढा कटहरबोटे तर्फ ओरालो लाग्नुभयो ।

 

अब बाँकी हामी सात आठ जना रहियो जन्तीमा । म, श्रीमती, बा र गैरापाटे ड्राइभर माइला काका चार जना । दुई जना भाइ, सिता दिदी र अरू को को थिए सम्झना आएन । बा ले वालिङ मोड मा पुगेपछि “म अड्डा तिर जान्छु यहाँ अब स्याङ्जा जाने गाडी खोज्दे माइला” भनेर ड्राइभर काकालाई भन्नुभयो । बा को त्यो बोलीमा रिस र आक्रोश थियो । छोराले आफूले भनेको मानेन र आफ्नो खिलाफ गएर बिहे गर्‍यो भन्ने पिडा पनि हुँदो हो तर बुढा घरै जान्न भन्न थाल्नुभयो, त्यो बेला बा स्याङ्जा तिरै काम गर्नुहुन्थ्यो बा को बसाई उतै थियो 

दुलही नभित्र्याई त हजुर जान हुँदैन दाइ...घर त पुग्नै पर्छ ! ड्राइभर काकाले बा लाई सम्झाउनुभयो । हामी आँधी खोला को किनारै किनार अमले पुग्यौँ   ल, दुर्गाले दुलही ल्याएछ ! अमले ज्योतिका बा ले बधाई दिए । बर्खाको समय हिलाम्य खेतका आलीको बाटो फेरी हामी च्याँउदी खोलाको  किनारै किनार अगाडी बढ्यौँ । दुलही अगाडी लगाएर म हिँडी रहेछु, जम्मा दश कक्षामा पढ्ने केटी सानै थिई । घर तिरका सबैले सपोर्ट नगरेको बिहे, माइतीले दिदी त्यही घरमा भएको भनेर लोकन्ती समेत पठाएनन् ।  केटी आत्तिएकी थिई, जसोतसो घर पुगियो 

 

त्यो समयमा हाम्रो गाउँमा बिजुली पुगेकै थिएन । घर पुग्दा घर अँध्यारो थियो । बिजुली बाल्ने ठाउँबाट गएकी केटी त्यहाँ टुकी देखि, झन् आत्तिई झैँ लाग्यो । भाइले आँगनमा गुन्द्री ओच्छ्यायो, हामी गुन्द्रीमा बस्यौँ । बा आँटी मा गएर ड्याम्म आफ्नो कोठाको ढोका लगाउनुभयो र सुत्नुभयो । बा त्यसरी सुतेपछि आमाले हामीलाई भित्र्याउने तरखर भन्दा अगाडी बा लाई फकाउन या के भएको बुझ्नको लागि होला अलिकति समय लगाउनुभो । समय घर्कँदै गयो हामीलाई भित्र्याउने सुरसार देखिएन ।  हामी निराश दुई जना डराउँदै आँगनमा पर्खी रह्यौं  

 

भाइको बिहे भयो रे भनेर ठुली दिदी हुत्तिँदै पिपल डाँडाबाट आउनुभएछ । ठुली दिदीलाई देखेपछि अलि अलि सास पलायो मेरो । त्यहाँ त्यसरी दुलाहा दुलहीलाई आँगनमा राखेको, बा माथि गएर सुतेको र घर अँध्यारो देखेपछि दिदीलाई कुरा बुझ्न बेर लागेन । यसै त छोड्न भएन भनेर दिदी “भाइ बुहारीलाई भित्र्याउन आइपुगेँ है” भन्दै अगाडी सर्नुभयो । मलाइ कता कता रुन आउला जस्तो भयो । अन्तिम अवस्थामा कसैको साथ पाएर अब त बाचियो बा भनेजस्तो अलिकति सास आयो । दिदीले भाइहरूलाई झुम्रामा मट्टितेल हाल्न लगाएर सजिवनका पोथ्रामा चिराग बनाओ भनेर लगाउनु भयो भाइहरूले आँगन मा चिराग बाले घर उज्यालो भयो । मेरो मन पनि केही त उज्यालियो तर भर्खर आएकी बेहुलीको मन कति अँध्यारो भयो होला त्यता सोचेर म फेरी अध्यारिएँ ।

 

जसो तसो बेहुली भित्र्याउने काम सकियो । भुईँ तल्लाको कोठामा आमा र दुलही औँठी भेटाउने खेल खेले । त्यो के के चलन हो फटाफट पुरा भयो । त्यतिन्जेल खाना पाकेको रहेछ खाइयो । म त्यतिन्जेल भित्र बेहुली बसेको कोठा मै थिएँ । अनि दिदी बैनी र आमाहरू भित्र बेहुली सँग र बाहिर बा सँग भाइहरू .. बस्ने र गफ गर्ने स्थान विभाजित भैसकेको थियो । मेरी आफ्नै माइली भाउजू जो मेरो श्रीमतीकी आफ्नै दिदी हुन् उनी समेत अँध्यारो मुख लगाएर यता त्यता डुलेको देख्छु ।

 

म कता जाम ? को सँग गफ गरूँ ? शुद्धि बुद्धि हराएर मेरा ओठ तालु सुकेका थिए । बाहिर छेडखानी सुरु गरिसक्नुभएको थियो बा ले । त्यही घरमा माइलाले बिहे गर्दा त्यत्रो दाइजो ल्यायो मेरो इजेत राख्यो यसको बिहेमा त्यही घरमा यस्तो भयो इत्यादि माइला दाइको मागी र मेरो प्रेम विवाह थ्यो । ससुरालीले त्यसरी खासै फरक त गरेका होइनन्  फेरी पनि बा ले सबैको अगाडी त्यसो भनेको कत्ति निको लागेन । बाहिर गएर बा सँग कुरा गर्छु भनेर उठ्न लागेको श्रीमतीले च्याप्प हात समातेर अहिले यो विषयमा केही बोल्न हुँदैन भनेर बस्न आग्रह गरिन । मैले उसलाई केटाकेटी नै सोचिरहेको थिएँ तर केटीले व्यवहारिकता देखाई । उसको इसारा बुझेपछि  म थचक्क त्यहीँ बसेँ । स्वास्नी छोड्नै नसक्ने भैसक्यो क्याहो साईलो ? बा ले बाहिर बाट वचन ले हानेको हान्यै गर्नुभयो !!

 

जसो तसो उज्यालो भयो । उज्यालो नहुँदै भाउजू ले श्रीमतीलाई उठाएर दैलो कुचो गराएर पन्चमूल पँधेरोमा नुहाई धुवाई को  लागि लगिसक्नुभएछ, म बसिबसी निदाएको थिएँ ! उठेँ र म पनि पँधेरा तिर लागेँ ! बोल्ने कुनै विषय नै थिएन । हाम्रो प्रेम विवाह अपमान र हेला अनि वचन हरूले छिया छिया भएको थियो । पुलुक्क श्रीमतीको मुखमा हेरेँ । केटी मुसुक्क हाँसी । यति विधि हुँदा पनि हाँसिरहेको देख्दा भने केही सन्तोष लाग्यो । हामी पँधेराबाट फर्केर घर आयौँ।  

 

घर आएर बुहारीले ढोग गर्नुपर्ने । बा लाई ढोग्ने बित्तिकै बा ले ‘”बुहारी लौ त यो मेरो औँठी सोझ्याइदेऊ यो बाङ्गो भयोभनेर बुहारीको हातमा यौटा कच्याककुचुक परेको औँठी थमाउनु भयो, केटी त्यो औँठी लिएर भित्र पसी । नियालेर हेरी । त्यो त्यही औँठी थियो हिजो उसका बा ले सम्धीलाई लगाइदिएको । औँठी सानो भयो भनेर त्यसरी कुच्च्याउनु पर्ने के थियो र त्यस्तो । फेरी उसलाई नै बनाइदे भनेर दिनुपर्ने त्यो औँठी हेरेर केटीले आँसु बगाई र औँठी मलाइ देखाई । बा को बेहोरा मलाई ननिको लाग्यो तर म सँग त्यो कुराको प्रतिवाद गर्ने या बोल्ने हिम्मत थिएन र बोल्ने अवस्था पनि थिएन, कसरी बोल्ने के बोल्ने भन्ने शुद्धि सबै हराएको थियो ।

 

बिहानको खाना खाएर हामी दुरान फर्काउन भनेर गयौँ । उता माइत पुगेर केटीले आफ्ना चाहिने लुगाफाटो प्याक गरी । त्यो रात हामी ससुरालीमै बसियो र भोलिपल्ट बिहानको गाडी चढेर काठामाण्डु आइयो । अनि दसैँ को दसैँ एक या दुई दिनको लागि मात्र घर जाने हाम्रो परम्परा लामै समय चल्यो ।

 

बिहे भयो, छोराछोरी जन्मे, पछि सम्मै मेरी श्रीमतीको यौटै मात्र गुनासो रह्यो अरू जे जस्तो भएको भए पनि बिहेमा हजुरले यौटा क्यामरा त ल्याउनु पर्थ्यो ! भिडियो खिच्ने कत्रो रहर थियो बिहेको, आखिरमा फोटो समेत खिच्न पाइएन । फोटो नै नखिची बिहे गर्ने त हामी मात्र होला है ...! बिहेको जग्गेमा वरमाला लगाउँदै गरेको यौटा फोटो छ हाम्रो त्यो पनि उतै ससुराली तिरकै कसैले खिचिदिएर हामीलाई पछि पठाइएको थ्यो, त्यो पनि आज फेला परेन ! बिहेको दिन क्यामरा लान नसकेको गुनासो आज पर्यन्त गर्छिन् तर बिहेका दिन के के भएको थियो त्यो उनले बिर्सेको हो या म सँग गुनासो नगरेको हो त्यस बारेमा चर्चा गर्दिनन् !! 

दुख र सङ्घर्षको इतिवृत्त धेरै लामो छ, केही अर्को फरबरी चौधको लागि बचाउँदै आजलाई बिदा....

क्रमशः 

कला पंगेनी ले मेरो शब्दमा पशुपती शर्मा संग गाएको गीत "जोगाउनु छ कालापानी" !! 


बिहेको ७ बर्ष पछिको फाइल फोटो !!