DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Wednesday, February 10, 2021

प्रवासी नेपाली एकता मञ्च कतार मातहत इकाईहरू गठन

February 10, 2021 0

 

मिति २०२१ - फेब्रुअरी  - ९ तारिख तदनुसार २०७७ साल - माघ - २७ गतेको दिन  कतारको लेबर सिटीमा बसेको प्रवासी नेपाली एकता मञ्च को भेलाले पूर्ण कुमार योङ्गहाङ्ग को अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।    प्रवासी नेपाली एकता मञ्च-कतार को मातहतमा सङ्गठन निर्माणको को कार्यमा एउटा नयाँ इँटा थप्दै नगर कमिटी नम्बर - ६ (लेबर सिटी ) गठन भएको  उपलक्ष्यमा  कार्यसमितिलाई प्रवासी नेपाली एकता  मञ्च कतारका अध्यक्ष चानक पोखरेलले सफल कार्यकालको शुभकामना दिएका छन्  । नेकपा मजदुरको पार्टी भएकोले मजदुरहरूलाई सङ्गठित गर्दै पार्टीलाई मजबुत बनाउँदै लैजाने प्रयास स्वरूप यो इकाई गठन गरिएको कुरा अध्यक्ष पोखरेल ले बताए ।   

नयाँ इकाई कार्यसमितिमा पूर्ण कुमार  योङ्गहाङ्ग अध्यक्ष, गणेश दुलाल सचिव रहेका छन् भने सदस्यहरूमा दावा छिरिङ तामाङ, योगेन्द्र कट्टेल, पुष्प बहादुर बुढाथोकी, दिल बहादुर भट्टराई, हेम दोर्जे तामाङ, जितु नेपाल, हरि बहादुर नेपाल, तोयाराज खतिवडा, श्री कुमार राई, दाताराम चौधरी, सुमन महत, टेकनाथ खत्री, अमृत दमाई, भुरण शाह र शुक्र लिम्बु रहेको कुरा समेत प्रवासी नेपाली मञ्च कतार का अध्यक्ष चानक पोखरेल ले बताए ।

Tuesday, May 5, 2020

कलाकार, भोकमरी र राहतको अपेक्षा ।

May 05, 2020 0

सामाजिक सञ्जालमा बिस्तारै बहसको सुरुवात हुन थालेको छ । मनोरञ्जनको क्षेत्रलाई रोजगारीको माध्यम बनाएका कला कर्मीहरू लाई राहतको आवश्यकता र त्यसमा सङ्घ सस्थाहरुले खेल्न सक्ने या खेल्नुपर्ने भूमिका के कस्ता हुन सक्दछन् र के हुनुपर्दछ भनेर सामाजिक सञ्जालमा चर्चा परिचर्चा सुरु भएको छ ।

सबैभन्दा पहिला यो महामारीको समयमा वास्तविक पीडित को हो र त्यस्ता पीडितको सङ्ख्या कति हुन सक्दछ भनेर यकिन गरिनु जरुरी छ । कला क्षेत्रमा काम गर्ने न्यून आय भएका श्रमिकहरू त्यस्तो पिडा बाट गुज्रनु परेको हुन सक्दछ । सङ्घ संस्थाहरूले सरकार सँग समन्वय गरेर सबैभन्दा पहिला त्यहाँ सरकारी राहत पुर्‍याउन पहल गर्नु आवश्यक छ । कलाकार बसेका टोलहरूमा पनि सरकारी राहत वितरण भइरहेको हुन्छ । कलाकारले आजको विषम परिस्थितिलाई मध्यनजर राख्दै त्यो राहतमा आफ्नो पनि हक छ भनेर त्यो लिनु पर्दछ लाज मानेर राहत छोड्नु हुँदैन ।

कलाकार भएर पनि सरकारी राहत लियो भनेर त्यो हाँसोको विषय बन्छ कि भन्ने सोच्नु हुँदैन । घरमा अनाज छैन भने राहत अधिकार भित्रको कुरा हो । भोक र लाज सँगै लाग्नु हुँदैन । परिस्थितिको मूल्याङ्कन गरेर अनाज संचितिमा ध्यान पुर्‍याउनु पर्दछ ।

अर्को सबैभन्दा मुख्य कुरा हाम्रा कलाकारहरू या मनोरञ्जनको क्षेत्रमा कार्यरत अन्य कामदार हरूको क्रय शक्तिको अवस्था के छ ? यो प्रश्नको सही जवाफ खोजिनु पर्दछ । यो छोटो समयमै कुनै कलाकारले अनाज खरिद गर्नै नसकेको अवस्थामा पुगिसकेको हो भने भोलि झन् भयावह अवस्था हुन सक्छ । सञ्चित सरम नभएर भोकै भएको हो या क्रय शक्ति हुँदाहुँदै पनि किन्न नसकेर या किन्न नपाएरभोकै भएको हो त्यो कुरा बुझिनु आवश्यक छ ।

कोरोनाले पार्ने दूरगामी प्रभावहरूको बारेमा ठुला ठुला विद्वानहरूले डरलाग्दा प्रक्षेपणहरू गरेका छन् । यसको प्रभाव नेपालमा पनि भयावह हुने आकलन उनीहरूको रहेको छ । सबैभन्दा ठुलो प्रभाव भनेको कुनै कलाकार कोरोना पोजेटिभ भएर आइसोलेसन मा बस्नुपर्दा उनीहरूको स्वास्थ्यको जोखिम र उनीहरूमा आश्रित परिवारका सदस्यको छाक टार्ने लगायत कुराहरू सबैभन्दा पहिला समाधान गर्नुपर्ने हुन सक्दछ ।

पोजेटिभ नभेटिएको अवस्थामा पनि कला क्षेत्रमा आर्थिक मन्दीको सुरुवात भैसकेको छ । करोडौँ रकम प्रवाह भएर कलाकारको हात हात मा पैसा पुग्ने समय हो यो तीज गीत निर्माणको समय । लगानीकर्ता हरूले तीज गीतमा गरेको लगानीबाट निर्देशक, गायक, गायिका, स्टुडियो, वाद्य वादक एरेन्जर, साउन्ड इन्जिनियर, मोडल, स्पट ब्वाई, मेकअप आर्टिष्ट लगायत धेरै जानाको आम्दानी ह्वात्तै बढ्ने समय हो अहिलेको । आजको अवस्थामा तीज गीतमा रकम प्रवाह नहुनु भनेको मन्दीको सुरुवात नै हो यसले सङ्गीत बजारलाई दीर्घकालीन   असर गर्नेछ ।

लोक कालाकारलाई राहत प्रदान गर्न सङ्घ संस्थाहरूले के कस्तो योजना ल्याएका छन् भन्ने विषयमा प्रश्नहरू आइरहेका छन् । तत्कालीन राहतको लागि सङ्घ संस्थाले कुनै कलाकारको लागि सानो राहत उपलब्ध गराउन सम्भव भए पनि दीर्घकालीन असरहरू सम्बोधन गर्न संस्था आफै सक्षम हुँदैन । संस्थाले कलाकारको लागि राहत, उपचार लगायत विषयमा सरकार सँग प्रभावकारी समन्वय गर्न प्रयत्न भने गर्नु पर्दछ ।


तस्विर परिचय नेटवर्क वेबसाइट बाट 

Tuesday, March 17, 2020

कतारबाट फर्काइएका अधिकांश जुवाडे, अबैध घरपाला रक्सि एबम अस्वस्थ खानाका ब्यापारी

March 17, 2020 2
कतारबाट फर्काइएका अधिकांश जुवाडे, अबैध घरपाला रक्सि एबम अस्वस्थ खानाका ब्यापारी

कतारबाट फर्काइएका अधिकांश जुवाडे, अबैध घरपाला रक्सि एबम अस्वस्थ खानाका अबैध ब्यापारीहरु हुन्, केहि निर्दोष अन्जानमा परेहोलान –कान्तिपुरको रिपोर्ट ले सत्य लुकाएको छ ।

क्याम्प बाहिर निस्कँदा २५० कामदार कतारबाट फर्काइए भन्ने समाचार कान्तिपुरले छापेको रहेछ । वैदेशिक मामला रिपोर्टिङ गर्ने पत्रकार होम कार्कीको त्यो रिपोर्ट मैले पनि पढेँ । सुन्दै अचम्म लाग्दो त्यत्रो ठुलो सङ्ख्यामा एकै पटक मान्छे कसरी डिपोर्ट हुन सम्भव छ ? त्यो सम्भव भएकै हो भने पनि त्यसको जवाफ त्यही समाचार भित्र रहेको देखिन्छ।

खाना बनाउने क्याफ्टेरिया सञ्चालक उद्यमीलाई अचानक समातेर डिपोर्ट गरिएको होमजी को तर्कमा कति सत्यता छ त्यो कान्तिपुरले अब स्पष्ट पार्नुपर्छ । कतार सरकारको कोरोना बिरुद्दको यत्रो ठुलो प्रचार प्रसार यदि ती कामदारहरूले थाहा नपाएका हुन् भने त्यो कतार सरकारको कमजोरी हुन सक्दैन । उनीहरूको कम्पनी व्यवस्थापनले अहिलेको जोखिमको बारेमा आफ्ना कामदारलाई सचेत बनाउन नसक्नु उनीहरूकै कमजोरी हो ।

अर्को कुरा अहिले सामाजिक सञ्जालबाट र समाचारबाट टाढा या वञ्चित कोही पनि छैन । कतार सरकारले आप्रवासीहरूको लागि  दैनिक दर्जनौँ सूचनाहरू जारी गरेको छ । नेपाल सरकारको दूतावासले पनि दैनिक जसो सूचना जारी गरेर हामी नेपालीहरूलाई सचेत गराउँदै आइरहेको छ । सूचनाको अभावले मैले थाहा नै पाइनभनेर अब उन्मुक्ति पाइँदैन, अब थाहा पाउनुपर्छ ।

कान्तिपुरको भाषाको त्यो खाना सप्लाई गर्ने व्यापारी गैह्र कानुनीखाना सप्लाई गर्नेहरू हुन् । कोही पनि दर्तावाला होटेल साहु लाई कुनै सुपरमार्केटमा किनमेल गर्दागर्दै  पक्राउ गरेको कुनै आधिकारिक सूचना छैन र त्यसो पक्कै भएको पनि छैन । गैह्र कानुनी रूपमा अर्काको देशमा सडक किनारामा अवैध रक्सी र मासु बेच्ने, दर्जनौं मान्छे भेला भएर खुल्ला ठाउँमा जुवा खेल्ने या नखेले पनि जुवा खालको भिडमा सामेल हुने र त्यसो नगर्न सरकार द्वारा जारी गरिएको सूचनालाई बेवास्ता गर्ने अटेरी आप्रवासीकतारलाई नचाहिनु र उनीहरू डिपोर्टेसनमा पर्नु अचम्म लाग्दो विषय हुन सक्दैन। हुलमुलमा जाँदा पिसिएका र साँच्चै अन्जानहरुको हकमा  सहानुभूति राख्नु बेग्लै कुरा हो तर यो डिपोर्टेसन नै सम्पूर्ण रुपमा गलत थियो भन्न मिल्दैन । अवज्ञा भएको अवस्थामा कानुन आकर्षित हुनु स्वाभाविक मानिनु पर्छ 

इन्डष्ट्रियल क्षेत्रमा कुनै थोत्रो ट्रक देखे त्यसैमा, कतै खाली घडेरी देखे त्यही, कतै अलिकति फराकिलो र प्रहरीको नजर नपर्ने ठाउँ भेटे जहा भेटिन्छ त्यही ‘लंके रक्सी र बोका भेडाको भुटेको भुँडीमासु’ बेच्ने अवैध कार्यलाई कान्तिपुर जस्तो प्रतिष्ठित पत्रिका र होम कार्की जस्तो अनुभवी पत्रकारले  व्यापारीभनेर कसरी लेख्न मिल्छ? हो गहुँ पिस्दा घुन परे होलान, केहि दोषीलाई समात्दा केहि निर्दोष परेहोलान तर कोरोना बिरुद्दको यो युद्दमा हेल्चेक्र्याइ गर्ने जो कोहि जुनसुकै बेला कारवाहीमा पर्न सक्छ यहि आजको यथार्थ हो ।

नेपालमा बसेर हक अधिकारका ठुला गफ गरेर आप्रवासीहरु फर्काइएको बिषयमा लेख्दा त्यो 'अन्याय भएको' भनेर लेख्न  सकिएला तर सिङ्गो अर्थब्यबस्था डगमगाउने गरि आइपरेको संकटलाई समेत वास्ता नगरेर लापरवाही गरेको भेटेमा अझै हुल का हुल मान्छे नेपाल फर्काउने अधिकार उनीहरु संग छ किनकि यो कोरोना बिरुद्दको युद्दको समय हो र सरकारलाई साथ् दिनु हरेक आप्रवासीको दायित्व समेत हो।

अल्हत्तिया तर्फ भिड नगर्नु भन्ने सूचना जारी भएकै थियो । अत्यावश्यक नपरी   घर बाहिर ननिस्कनु पनि भनिएकै थियो ती तमाम सूचनाको बेवास्ता गर्दै रोड साइटमा रक्सी पसल थाप्नेलाई अलफाजा प्रहरीले कसरी माफ गर्न सक्छ ?  अलफाजा रेस्क्यु प्रहरी हो, यो आपतकालको सामना गर्न उसले जस्तोसुकै कठोर निर्णय पनि गर्न पाउँछ । औद्योगिक क्षेत्रमा बस्ने एक लाख भन्दा माथि कामदार सुरक्षाको हिसाबले उच्च जोखिममा छन् यौटै घरमा हजारौं को संख्यामा मान्छे बस्छन, एकजनाको यस्तै लापरवाहीले एकै मिनेटमा हजारौं संक्रमित बढ्न सक्छन, त्यता तिर ध्यान नदिने, फेसबुक लगायत सामाजिक पोर्टलमा अस्लिल भिडियो खोजेर बस्ने तर सरकारले जारि गरेका संबेदनसिल सुचना 'मैले त थाहै पाइन' भनेर आफुलाई 'भिक्टिम' देखाउन अब सम्भव छैन । तरकारी बजारमा काम गर्ने र त्यही क्षेत्रमा बस्ने दुई सय पचास सङ्क्रमित भेटिइसके त्यस्तो अवस्थामा नेपाली हरूबाट भएको त्यो गल्ती सानो थियो भनेर कसरी मान्ने? 

डिपोर्टेसनमा परेका सम्पूर्ण नेपाली दाजुभाई दिदीबैनी प्रति उच्च सहानुभूति ब्यक्त गर्न चाहन्छु तर त्यो हाम्रै गल्ति र हाम्रै कमजोरीको कारणले भएको हो, अरुलाई दोष दिएर फाइदा छैन,  आप्रवासीलाई माया गर्न उनीहरु ले कुनै कसर बाकीं राखेका छैनन् तर गल्ति गरेको भेटमा उनीहरु कडा रुपमा प्रस्तुत हुन्छन त्यसैले यो निर्णयमा हाम्रो चित्त दुखेपनि यसको कारक तत्व भनेको हाम्रै ब्यबहार हो –अब हामी सुधारिनु पर्छ !

कर्नेश को छेउछाउ अबैध खाना बेच्नेहरु कती छन् होम जी ? त्यो खाना खाएर कोहि कसैको मृत्यु भयो भने त्यसरी खाना बेच्नेलाई मृत्युदण्ड को सजाय भयो भने ? हामीले हेर्दा त त्यो मान्छे ब्यापारी देखिएला र उ अन्यायमा परेको देखिएला तर न्याय गर्ने ले त कान्तिपुर ले जस्तो सोच्दैन –होइन र ? हो त्यसरी चना चटपटे नबेच्न, घुमेर मम नबेच्न, अबैध रक्सि नबेच्न, मासु भरिका पतिला बोकेर पुराना ट्रक मुनि पसल नाथाप्न र जुवा नखेलाउन पनि कान्तिपुर जस्तो जिम्मेवार पत्रिकामा लेख्दिने कष्ट गर्नुहुन्छ की ?

दुर्गा पंगेनी
Image result for corona qatar news

Tuesday, February 25, 2020

एनआरएन भित्र को हो भ्रष्ट ? प्रश्न गरौँ ।

February 25, 2020 0

मजदुरी गरेर कमाएको डलर,रियाल,येन,दिह्राम युरो तिरेर आफै संस्थागत चासो लिएर पार्सद सदस्यता लिएका गैर आवासीय नेपाली एनआरएनहरूले आफू रहेको देशको कार्यसमितिका  अध्यक्ष र महासचिव मार्फत अब यौटा प्रश्न सोध्नुपर्छ। समय यही हो। सन्सारभरबाट नेपालीहरूले सदस्यता र अन्य चन्दा सहयोग स्वरूप उठाएको पैसा कुन स्वार्थमा या कस्तो प्रलोभनमा परेर बालुवाटारको सरकारी जमिनमा लगानी गरियो?

त्यो जमिन खरिद गर्ने बेलामा जग्गा खरिद समितिबनाइएको थियो । त्यो समितिले कहाँको जमिन किन्दा उपयुक्त हुन्छ भनेर अध्ययन पनि गरेको थियो । कुन कुन आधारमा के के सुविधा भएको भेटिएर बालुवाटारको जग्गा त्यो मूल्यमा उपयुक्त भेटियो भन्ने प्रश्नको जवाफ सम्बन्धित पक्षले अब तमाम एनआरएन हरूलाई दिनु पर्छ कि पर्दैन ?

सबै भन्दा महत्त्वपूर्ण कुरा बिचौलियाबाट खरिदकर्ता समूहको नेतृत्व गरेका एनआरएन हरूले कमिसनको रूपमा आर्थिक लाभ कति लिएका थिए? यसको जाँचबुझ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गराउनु पर्नेमा खरिद प्रक्रियामा संलग्न भएका सदस्यहरू नै फस्न पुगेको सूचना प्रकाशित गर्नु जिम्मेवारीको काम हुन सक्छ त ? कि तत्कालीन खरिद समितिका मान्छेहरू नै अहिले कार्यकारी पदमा भएको कारण दूधले नुहाइदिने प्रपंचागरिएको हो ?

अर्को महत्त्वपूर्ण प्रश्न बालुवाटारको जमिन नै किन भन्ने पनि हो । एनआरएन भवन काठमाडौँमा जहाँ बनाएको भए पनि फरक पर्थेन । यसको मतलब सहरको बिचोबिच महँगो जग्गा किनेर भवन बनाउनु भन्दा अलिकति बाहिर फराकिलो स्थानमा सस्तो जमिन किनेर भवन बनाएको भए पनि हुन्थ्यो । किनकि जहाँ एनआरएन भवन बन्थ्यो त्यो ओरीपरी स्वाभाविकै रूपमा छिट्टै विकाश हुन जान्थ्यो । निजी क्षेत्र आकर्षित हुन्थ्यो र एनआरएन बहु उद्येश्यिय भवन ओरीपरी जमिनको भाउ पनि बढ्थ्यो । त्यहीँ नयाँ सहर बस्न सुरु हुन्थ्यो-त्यसैले पनि प्रलोभनमा नपरी या अतिरिक्त लाभ नभई साँघुरो र मुद्दा मामिलामा फसेको बालुवाटारको जमिन किनिएको पक्कै होइन।

अब नेतृत्वले हरेक एनआरएन लाई यो कुराको खुलस्त हुने गरी जवाफ दिनुपर्छ। किन मुद्दा मामिलामा फसेकै जमिन खरिद गरियो? किन निर्माणाधीन अवस्थामा समेत अदालतले पछि सरकारी ठहरे कानुन बमोजिम हुनेभन्ने आदेश दिँदा पनि निर्माण सुचारु राखियो? अदालतले त्यहाँ निर्माण कार्य नरोक्नु भन्ने आदेश विशेष परिस्थिति दर्साउँदै दिएको थियो । जमिन सरकारी होइन भनेको थिएन र खरिदकर्ताहरू सबैलाई थाहा थियो त्यो जमिन लामो समयदेखिको विवादित जमिन हो भनेर फेरि पनि त्यस्तो मुद्दा मामलाको भुमरीमा कुन प्रलोभन र कति कमिसनको लोभले फसेका थिए खरिदकर्ताहरू ? अब तल्लो तहमा रहेका गैह्र आवासीय नेपाली मजदुरले समेत बुझ्ने भाषामा जवाफ माग्नुपर्ने  समय आएको छ ।

पछि यो जमिन सरकारी करण हुने भन्ने लगभग निश्चित भइसकेपछि पनि करोडौँ रुपियाँ भौतिक निर्माणमा किन खर्च गरियो? विवादित जमिन हो भन्ने थाहा पाउँदा पाउँदै पनि निर्माण कार्य नरोकिनु ले के दर्साउँछ ? प्रश्न गरौँ, निर्माण सामाग्री खरिदबाट पनि भ्रष्टाचार को गन्ध आइरहेको छ । कार्यकारी पदमा बस्नेले त्यो गन्ध महसुस नगरेका होलान् तर तलबाट नियाल्दा त्यहाँ आम मजदुरबाट उठाएको पैसा हिनामिना भएको छैन भनेर ठोकुवा गर्न सकिने अवस्था छैन । 

कि अहिलेको एनआरएन नेतृत्व नेकपा समर्थित रहेको कारण ओली नेतृत्वको सरकारबाट त्यो सम्पत्ति सम्पूर्ण रूपमा फिर्ता या बकस पाउने सम्भावना छ भने कोही जबाफदेही हुनु नपर्ला नत्र  यसरी एनआरएनको पैसा स्वाहा पारिदा नेतृत्वले जिम्मेवारी लिनु पर्दैन र ?अब  यो कुराको एनआरएन नेतृत्वले चित्त बुझ्दो जवाफ दिनुपर्छ।

एनआरएन निर्वाचनमा बगेको डलरको खोलो कतै यस्तै जमिनको सौदा बाजी बाट आएको त थिएन? प्रश्न गरौँ र जवाफ मागौँ ।

जनता टाइम्स पत्रिका ले जनाए अनुसार: बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खरिदमा गैर आवासीय नेपाली संघ एनआरएनए) का अध्यक्ष कुमार पन्त र उपाध्यक्ष डा. बद्री केसी नै प्रत्यक्ष रुपमा संलग्न रहेको तथ्य खुलेको छ । सरकारी जग्गा हो भन्ने जान्दा जान्दै तात्कालिन अध्यक्ष शेष घलेलाई साथ दिई कमिशनको लोभमा सरकारी जग्गा एनआरएनएको भवन निर्माणका लागि खरिद गर्नेमा संघभित्र निकै इमान्दार भनेर चिनिएका अध्यक्ष पन्त र उपाध्यक्ष केसी नै प्रत्यक्ष संलग्न रहेको तथ्य बाहिर आएको हो । यसरि आरोप लाग्दा समेत ति पदाधिकारीहरुले मौनता साँधेर बस्न सुहाउछ र ?

 प्रश्न गरौँ, प्रश्न गर्नु हाम्रो अधिकार हो र यो प्रश्नको जवाफ दिनु पदाधिकारी हरुको जिम्मेवारी हो 

-तिलु शर्मा पौडेल  : (लेखक मोना कतारका अध्यक्ष हुन् )


Sunday, January 19, 2020

"मुटु उपहार" पन्चे बाजा गीतले बजार पिट्दै

January 19, 2020 0

मुटु उपहार पन्चे बाजा गीतले बजार पिट्दै

हे पानी खायौ बिर्सियौ कुवा
घाइते मुटु सानीलाई गर्दुवा
ज्याग्दी खोला उर्लिएर भयो वारको पार
ए ! आज देखि पराइ हुने मायालाई उनकै यादमा तडपिनि यो मुटु उपहार
माथिका गीतका टुक्का चर्चित गायक बद्री पङ्गेनीले गएका हुन् ।

उनलाई स्वरमा साथ दिँदै चर्चित गायिका सम्झना भण्डारीले

हे बाउ आमाको बचन काट्नलाई
जे पर्छ त्यही सकिन आटनलाइ
ज्याग्दी खोला उर्लिएर भयो वारको पार
मलाइ सम्झी कहिल्यै नि नरोऊ मायालु त्यही हुनेछ मेरो निम्ति तिम्रो उपहार
भनेर साथ दिँदै गायकी छिन भने हेमन्त कान्छा रसाइलीको पनि स्वर सुन्न सकिन्छ ।

श्रीराम काफ्लेको शब्दमा तयार भएको उक्त गीतले डिजिटल दुनियाँमा माया पाइरहेको छ । हेमन्त कान्छा रसाइली को एरेन्ज रहेको उक्त गीतमा गोपाल पोखरेल ठुलेले सङ्गीत भरेका छन् । दुर्गा पौडेलले छायाकन गरेको भिडियो मा गोपाल पोखरेल ठुले, रबिना भण्डारी , उषा सुबेदी, अर्जुन लम्साल लगायतले अभिनय गरेका छन् । निर्देशन को बागडोर शंकर बिसीले समालेका छन् ।

बाबा इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत बजारमा आएको उक्त पञ्चेबाजा गीतलाई कृष्ण फिल्म्सले पोस्ट प्रोडक्सन गरेको हो भने नवीन घर्ती मगरले सम्पादन गरेका हुन्


Wednesday, January 8, 2020

मिलेनियम च्यालेन्ज सम्झौता (MCC)

January 08, 2020 0
मिलेनियम च्यालेन्ज सम्झौता (MCC)

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तर्फबाट
(अर्थ मन्त्रालय)
तथा
संयुक्त राज्य अमेरिकाको तर्फबाट
(मिलेनियम च्यालेन्ज कर्पोरेसन)
बीच
सम्पन्न
मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट)

मिलेनियम च्यालेन्ज सम्झौता
प्रस्तावना
सम्झौताको पुरा दस्ताबेज पढ्न यहाँ क्लिक गर्नुहोला :  (के हो एम सी सी सम्झौता?) 



प्रस्तुत मिलेनियम च्यालेन्ज सम्झौता (सम्झौता”) संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नेपाल”) को तर्फबाट अर्थ मन्त्रालय (सरकारे) तथा संयुक्त राज्य अमेरिकाको तर्फबाट संयुक्त राज्य अमेरिकाको सरकारी निगम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि”) बीच सम्पन्न भयो । (यस सम्झौतामा एमसिसि तथा सरकारलाई एकल रूपमा (पक्ष”) र सामूहिक रुपमा (पक्षहरू”) भनी सम्बोधन गरिएको छ । यस सम्झौतामा प्रयोग भएका शब्दहरूको अर्थ अनुसूची ६ मा उल्लेख भए बमोजिम हुनेछ ।
नेपालको आर्थिक विकास र गरिबी निवारण प्रवद्र्धन गर्ने साझा लक्ष्यप्रति पक्षहरू प्रतिबद्घ रहेका तथा यस सम्झौता अन्तर्गत एमसिसिको सहायताले नेपालको सुशासन, आर्थिक स्वतन्त्रता तथा जनतामा गरिने लगानीे सुदृढ गर्ने प्रतिबद्धतालाई सहयोग पुग्ने कुरालाई स्वीकार गर्दै;
सरकारले एमसिसिको सहायताको उपयोगका सम्बन्धमा प्राथमिकता निर्धारण गर्न निजी क्षेत्र र नागरिक समाजसँग परामर्श गरी दिगो आर्थिक समृद्धि हासिल गर्न तथा गरिबी न्यूनीकरण गर्र्न एमसिसिको सहायताको लागि प्रस्ताव बनाई पेश गरेको कुरालाई स्मरण गर्दै;
एमसिसिले नेपाललाई प्रस्तुत सम्झौतामा उल्लेख गरिएका लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि सम्झौतामा उल्लेख गरिएका कार्यक्रमहरू कार्यान्वयन गर्न सहयोग गर्न इच्छुक रहेको कुरालाई स्वीकार गर्दै;
पक्षहरू देहाय बमोजिम गर्न सहमत भएका छन्ः

धारा १.
लक्ष्य र उद्देश्य
दफा १.१ सम्झौताको लक्ष्य. आर्थिक विकास मार्फत नेपालमा गरिबी न्यूनीकरण गर्ने प्रस्तुत सम्झौताको लक्ष्य (सम्झौताको लक्ष्ये) रहेको छ । एमसिसिको सहायता नेपालको सुशासन, आर्थिक स्वतन्त्रता र नेपाली जनतामा गरिने लगानीलाई सबल बनाउन उपलब्ध हुनेछ ।
दफा १.२ परियोजनाको उद्देश्य. अनुसुची १ मा उल्लेख भए बमोजिमका परियोजनाहरू (प्रत्येकको हकमा परियोजनार सामूहिक रुपमा परियोजनाहरू”) कार्यक्रममा समावेश छन् । प्रत्येक परियोजनाको उद्देश्य (प्रत्येकको हकमापरियोजना उद्देश्यर सामूहिक रुपमा परियोजना उद्देश्यहरू”) देहाय बमोजिम रहेका छन्ः
क) उर्जा व्यापारलाई सहजीकरण गरी तथा नेपालको विद्युत ग्रिडमा विद्युत आपूर्तिको उपलब्धता तथा स्थिरतामा सुधार गरी विद्युतको उपभोग वृद्धि गर्ने,
ख) रणनीतिक सडक सञ्जालमा सडकको गुणस्तर कायम राख्ने ।

धारा २.
वित्तीय व्यवस्था र स्रोत

दफा २.१ कार्यक्रम वित्तीय व्यवस्था. दफा ७.३ बमोजिम यो सम्झौता लागू भए पछि, यस सम्झौताका शर्तहरू बमोजिम एमसिसिले सरकारलाई पैतालिस करोड पन्चानब्बे लाख (४५,९५,००,०००) अमेरिकी डलर भन्दा बढी नहुने गरी (कार्यक्रम वित्तीय व्यवस्था”) सरकारको कार्यक्रम कार्यान्वयन गर्ने प्रयोजनका लागि रकम उपलब्ध गराउनेछ । कार्यक्रम वित्तीय व्यवस्थाको विनियोजन अनुसूची २ मा सामान्य रुपमा उल्लिखित छ ।
दफा २.२ सम्झौता सिडिएफ.
(क) प्रस्तुत सम्झौतामा हस्ताक्षर भए पछि, एमसिसिले सरकारलाई यस सम्झौताका शर्तहरू बमोजिम दफा २.१ मा उल्लेख गरिएको कार्यक्रम वित्तीय व्यवस्थाका अतिरिक्त थप चार करोड पाँच लाख (४,०५,००,०००) अमेरिकी डलर भन्दा बढी नहुने गरी (सम्झौता सिडिएफ”) मिलेनियम च्यालेन्ज ऐन, २००३ को दफा ६०९ (छ), संशोधन समेत (एमसिए ऐन”) अन्तर्गत देहायका प्रयोजनको लागि एवं यस सम्झौता कार्यान्वयनलाई सहज बनाउन सरकारले उपयोग गर्ने गरी रकम उपलब्ध गराउनेछः
(१) वित्तीय व्यवस्थापन र खरिद सम्बन्धी कार्य;
(२) प्रशासनिक कार्यहरू (कर्मचारीको तलब जस्ता प्रारम्भिक खर्च समेत) र बहाल, कम्प्युटर र अन्य सूचना प्रविधि वा पूँजीगत उपकरण जस्ता अन्य प्रशासनिक सहायक खर्चहरू;
(३) अनुगमन र मूल्याङ्कन सम्बन्धी कार्यहरू;
(४) सम्भाव्यता, डिजाइन, र अन्य परियोजना तयारी अध्ययन कार्यहरू;
(५) एमसिसिले स्वीकृत गरेका सम्झौता कार्यान्वयनलाई सहज बनाउने अन्य कार्यहरू ।
सम्झौता सिडिएफको विनियोजन अनुसूची २ मा सामान्य रुपमा उल्लिखित छ ।
(ख) यो दफा २.२ तथा सम्झौता सिडिएफका हकमा लागू हुने यस सम्झौताका अन्य व्यवस्थाहरू दफा ७.५ बमोजिम सम्झौता सिडिएफको प्रयोजनका लागि मात्र यस सम्झौतामा एमसिसि र सरकारले हस्ताक्षर गरेको मितिदेखि लाागू हुनेछन् ।
(ग) सम्झौता सिडिएफको प्रत्येक भुक्तानी अनुसूची ४ मा उल्लेख भए बमोजिमका त्यस्तो भुक्तानी सम्बन्धी पूर्व शर्तहरूको परिपालनाको अधिनमा रहनेछ ।
(घ) एमसिसिले दफा २.२ (क) अन्तर्गत उपलब्ध सम्झौता सिडिएफको कुल रकम दफा २.२(क) मा उल्लेख गरिएका प्रयोजनका लागि मुनासिब रुपमा उपयोग हुन सक्ने रकम भन्दा बढी भएको भनी निर्धारण गरेमा सरकारलाई लिखित सूचना दिएर एमसिसिले दफा २.२ (क) अन्तर्गत उपलब्ध सम्झौता सिडिएफको रकमलाई कम गरी बढी भएको रकम (अधिक सम्झौता सिडिएफ रकम”)े फिर्ता गर्न सक्नेछ । यस्तो अवस्थामा दफा २.२ (क) अन्तर्गत सरकारलाई उपलब्ध गराइने सम्झौता सिडिएफको रकमबाट अधिक सम्झौता सिडिएफ रकम घटाइनेछ र उक्त अधिक सम्झौता सिडिएफ रकमका सम्बन्धमा एमसिसिको कुनै थप दायित्व रहने छैन ।
(ङ) एमसिसिले चाहेमा सरकारलाई लिखित सूचना दिएर सरकारलाई त्यस्तो अधिक सम्झौता सिडिएफ रकमको कुल रकम वा केही हिस्सा बराबरको रकम कार्यक्रम वित्तीय व्यवस्थामा थप हुने गरी उपलब्ध गराउने विकल्प छनौट गर्न सक्नेछ, र त्यस्तो थप कार्यक्रम वित्तीय व्यवस्थाको हकमा लागू हुने कार्यक्रम वित्तीय व्यवस्थामा लागू हुने प्रस्तुत सम्झौताका शर्त तथा बन्देजहरू लागू हुनेछन् ।
दफा २.३ एमसिसि वित्तीय व्यवस्था. प्रस्तुत सम्झौतामा कार्यक्रम वित्तीय व्यवस्था र सम्झौता सिडिएफलाई सामूहिक रुपमा एमसिसि वित्तीय व्यवस्थाभनिएको छ र यसले प्रस्तुत सम्झौता अन्तर्गत सरकारले भुक्तानी दिएको कार्यक्रम वित्तीय व्यवस्था र सम्झौता सिडिएफको फिर्ता वा सोधभर्ना समेत जनाउँछ ।
दफा २.४ भुक्तानी. एमसिसिले प्रस्तुत सम्झौता तथा कार्यक्रम कार्यान्वयन सम्झौता बमोजिम कार्यक्रमको कार्यान्वयनको क्रममा भएका खर्चको लागि एमसिसि वित्तीय व्यवस्थाको भुक्तानी (भुक्तानी”) गर्नेछ । लागू हुने सबै पूर्व शर्तहरूको परिपालना भएमा एमसिसिले सरकारलाई उपलब्ध हुने भुक्तानीको रकम (क) नेपाल सरकारले खोलेको र एमसिसिद्वारा स्वीकृत एक वा एक भन्दा बढी बैंक खाता (प्रत्येकलाई स्वीकृत खाताभनिने) मा जम्मा गरी वा (ख) कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित वस्तु, कार्य वा सेवाको प्रदायकलाई प्रत्यक्ष भुक्तानी गरी दिइनेछ । एमसिसि वित्तीय व्यवस्था कार्यक्रम सम्बन्धी खर्चमा मात्र उपयोग गर्न सकिनेछ ।
दफा २.५ ब्याज. एमसिसि वित्तीय व्यवस्थालाई कार्यक्रम प्रयोजनका लागि उपयोग गर्नु पूर्व उक्त एमसिसि वित्तीय व्यवस्थामा प्राप्त हुने कुनै पनि ब्याज वा अन्य आय कार्यक्रम कार्यान्वयन सम्झौता बमोजिम सरकारले एमसिसिलाई भुक्तानी दिने वा हस्तान्तरण गर्नेछ ।
दफा २.६ सरकारी स्रोत; बजेट.
(क) सरकारले प्रस्तुत सम्झौता अन्तर्गत सरकारको दायित्व परिपालनाका लागि आवश्यक सम्पूर्ण आर्थिक तथा अन्य स्रोतहरू उपलब्ध गराउनुका साथै आवश्यक सम्पूर्ण कार्य गर्नेछ । यसका अतिरिक्त, सरकारले प्रस्तुत सम्झौताका कार्यक्रमका परियोजना उद्देश्यहरू प्राप्त गर्न अनिवार्य योगदान (सरकारको योगदान”) गर्नेछ । अनुसूची २ मा सरकारको योगदानको बारेमा थप उल्लेख गरिएको छ ।
(ख) कार्यक्रम अवधिभर सरकारले आफ्नो वार्षिक बजेटमा प्रत्येक आर्थिक वर्षमा सरकारलाई प्राप्त भएको वा हुने अनुमानित एमसिसि वित्तीय व्यवस्थाको पूर्ण रुपमा लेखा राखिएको सुनिश्चित गर्न सर्वोत्तम प्रयत्न गर्नेछ ।
(ग) प्रस्तुत सम्झौता तथा कार्यक्रम अन्तर्गत लक्षित गरिएका क्रियाकलापहरूका लागि सरकारले एमसिसि बाहेक अन्य श्रोतबाट प्राप्त हुने सामान्य र अपेक्षित स्रोतहरू वा बजेट घटाउने छैन ।
(घ) सरकारले एमसिसिलाई लिखित रुपमा अन्यथा सूचना दिएकोमा बाहेक, प्रस्तुत सम्झौता तथा कार्यक्रम अन्तर्गत लक्षित गरिएका क्रियाकलापहरूका सम्बन्धमा एमसिसि वित्तीय व्यवस्था सरकारले अन्य तवरले प्राप्त गर्ने वा बजेट विनियोजन गर्ने स्रोतहरूको अतिरिक्त हुनेछ ।
दफा २.७. एमसिसि वित्तीय व्यवस्थाको उपयोगको सीमा. प्रस्तुत सम्झौतामा उल्लेख गरिएको वा सरकारलाई लिखित रुपमा सूचित गरिएको संयुक्त राज्य अमेरिकाको कानून वा नीति उल्लंघन गर्न सक्ने देहाय बमोजिमका प्रयोजन समेतका कुनै पनि प्रयोजनको लागि एमसिसि वित्तीय व्यवस्थाको उपयोग नगरिएको सरकारले सुनिश्चित गर्नेछः
(क) सेना, प्रहरी, मिलिसिया, राष्ट्रिय सुरक्षा वा अन्य अर्धसैन्य सङ्गठन वा इकाईको प्रशिक्षण वा सहयोगको लागि;
(ख) संयुक्त राज्य अमेरिकाको रोजगारीमा सारभूत क्षति पु¥याउन सक्ने वा संयुक्त राज्यको उत्पादनमा मूलभूत विस्थापन गर्न सक्ने कुनै पनि क्रियाकलापको लागि;
(ग) एमसिसिको वातावरणीय निर्देशिका तथा तत् सम्बन्धमा जारी भएका अन्य निर्देशिकाहरू (सामूहिक रूपमाएमसिसि वातावरणीय निर्र्देिशकाहरू”) मा थप उल्लेख गरिएका वातावरण, स्वास्थ्य वा सुरक्षामा सारभूत जोखिम हुन सक्ने किसिमका कुनै पनि क्रियाकलाप गर्ने वा सो सम्बन्धमा खर्च गर्ने वा त्यस्ता क्रियाकलाप सम्बन्धी अन्य कुनै पनि तवरले सहयोग गर्नका लागि; वा
(घ) परिवार नियोजनको साधनको रुपमा गर्भपतन गर्न लगाउन वा कुनै पनि व्यक्तिलाई गर्भपतन गर्न उक्साउने वा जबरजस्ती गर्ने, परिवार नियोजनको साधनका रुपमा अस्वेच्छिक बन्द्याकरण गर्न लगाउने वा जबरजस्ती गरी वा आर्थिक प्रलोभन देखाई कुनै पनि व्यक्तिलाई बन्द्याकरण गर्न लगाउने वा परिवार नियोजनको साधनको रुपमा गर्भपतन वा अस्वेच्छिक बन्द्याकरण गर्ने कार्य, वा विधिसँग, पूर्ण वा आंशिक, रुपमा सम्बन्धित कुनै बायोमेडिकल अनुसन्धान कार्यका भुक्तानी दिन ।
दफा २.८ कर.
(क) पक्षहरू लिखित रूपमा विशेषतः अन्यथा सहमत भएकोमा बाहेक, सम्पूर्ण एमसिसि वित्तीय व्यवस्थाबाट नेपालको वा नेपालमा सामान्यतया लागू हुने कुनै पनि प्रचलित वा भावी कर, शुल्क, लेभी, अनिवार्य भुक्तानी वा अन्य समान किसिमका दस्तुरहरू (नेपालमा सामान्यतया प्रचलित मुनासिब तथा गैरविभेदकारी रुपमा सेवा वापतको शुल्क बाहेक) (कर”),(जसमा नेपालको वा नेपालस्थित राष्ट्रिय, संघीय, प्रदेश वा स्थानीय सरकारी वा कर लगाउने निकायले लगाउने कर समेत समावेश हुने) बाट मुक्त रहने सरकारले सुनिश्चित गर्नेछ । उल्लिखित व्यवस्थाको सर्वसामान्यतालाई सीमित नगरी तथा विशेषतः एमसिसि वित्तीय व्यवस्था देहायका भुक्तानीबाट मुक्त हुनेछ; (१) कार्यक्रमसँग सम्बन्धित नेपालभित्र ल्याइएका कुनै वस्तु, कार्य वा सेवामा लाग्ने कुनै महसुल, भन्सार शुल्क, पैठारी कर, निकासी कर र यस्तै प्रकृतिका अन्य दस्तुर; (२) कार्यक्रमसँग सम्बन्धित वस्तु, कार्य वा सेवा सम्बन्धी कारोबारमा लाग्ने मूल्य अभिवृद्घि कर, बिक्री कर, अन्तःशुल्क, सम्पत्ति खरिद बिक्री कर, वा अन्य कारोवारमा लाग्ने यस्तै प्रकृतिका दस्तुर; (३) कार्यक्रमसँग सम्बन्धित कुनै सम्पत्तिको स्वामित्व, कब्जा, उपभोगमा लाग्ने कर वा अन्य यस्तै प्रकृतिका दस्तुर; तथा (४) कार्यक्रमका सम्बन्धमा गरिएका कार्यहरू सम्बन्धी आय, मुनाफा, वा कुल (ग्रस) प्राप्तिमा लाग्ने कर वा अन्य समान दस्तुर तथा कार्यक्रमसँग सम्बन्धित कार्य गर्ने देहायमा उल्लेख भए बाहेकका प्राकृतिक व्यक्ति वा कानूनी व्यक्तिलाई लाग्ने सम्बन्धित सामाजिक सुरक्षा कर तथा यस्तै प्रकृतिका अन्य दस्तुरः (१) नेपाली नागरिक वा नेपालका स्थायी बासिन्दा प्राकृतिक व्यक्ति, (२) नेपालको कानून बमोजिम स्थापित कानूनी व्यक्ति (तर एमसिएनेपाल र यस सम्झौता अन्तर्गतका सरकारको दायित्व कार्यान्वयन गर्ने उद्देश्यले स्थापित अन्य कुनै निकाय बाहेक) ।
(ख) दफा २.८ (क) अन्तर्गतको कर छुटको व्यवस्था कार्यान्वयन गर्न निश्चित मुख्य करका सम्बन्धमा सरकारले अवलम्बन गर्ने कार्यविधि अनुसूची ७ मा उल्लेख गरिएको छ । सो कार्यविधि अन्तर्गत प्रचलित कानून बमोजिम करको भुक्तानीमा दिइएको छुट, सरकारले एमसिसिलाई एमसिएनेपाल वा करदातालाई दिने कर फिर्ता वा सोधभर्ना, वा सरकारले कार्यक्रमको हितको लागि एमसिएनेपाल वा एमसिसिलाई भुक्तान गर्ने दफा २.८(क) मा उल्लेख गरिएका विषयमा लाग्ने करको सहमति बमोजिमको रकम समेत समावेश हुन सक्नेछन् ।
(ग) दफा २.८(क) वा अनुसूची ७ मा उल्लेख भएको व्यवस्था विपरित कर भुक्तानी भएमा सरकारले अविलम्ब एमसिसि (वा एमसिसिले तोकेको अन्य पक्ष) लाई उक्त कर वापतको रकम अमेरिकी डलर वा नेपाली रूपैयाँमा सो बमोजिम कर भुक्तान भएको लिखित (एमसिसि वा एमसिएनेपालबाट) सूचना सरकारले पाएको ३० दिन (वा पक्षहरू बीच लिखित रुपमा सहमति भएको अवधि) भित्र फिर्ता गर्नेछ । त्यस्तो रकम तोकिएको समयभित्र फिर्ता गर्न नसकेमा फिर्ता नगरिएकोे रकममा दफा ५.४ बमोजिम ब्याज लाग्ने छ ।
(घ) सरकारले दफा २.८ (ग) अन्तर्गतको आफ्नो दायित्व परिपूर्तिका लागि एमसिसि वित्तीय व्यवस्था वा सो को प्रतिफल वा कार्यक्रमको सम्पत्ति प्रयोग गर्न पाउने छैन ।

दफा ६.८ एमसिसिको हैसियत.
एमसिसि प्रस्तुत सम्झौताको कार्यान्वयनको लागि संयुक्त राज्य अमेरिकाको तर्फबाट कार्यरत संयुक्त राज्य अमेरिकाको सरकारी निगम हो । प्रस्तुत सम्झौता अन्तर्गत कुनै पनि क्रियाकलाप वा अकर्मण्यताबाट उत्पन्न हुने कुनै पनि हानि वा दावी प्रति एमसिसि तथा संयुक्त राज्य अमेरिकाले दायित्व वहन गर्दैन । सरकारले एमसिसि वा संयुक्त राज्य सरकार वा एमसिसि वा संयुक्त राज्य सरकारका कुनै वर्तमान वा निवर्तमान अधिकारी वा कर्मचारी विरुद्घ प्रस्तुत सम्झौता अन्तर्गतका क्रियाकलाप वा अकर्मण्यताबाट उत्पन्न हुन सक्ने कुनै पनि हानि, नोक्सानी, चोटपटक वा मृत्यु सम्बन्धी कुनै वा सम्पूर्ण दावीहरू परित्याग गरेको छ । सरकारले उल्लिखित कुनै पनि निकायका विरुद्घ त्यस्तो हानी, नोक्सानी, चोटपटक वा मृत्युका सम्बन्धमा कुनै प्रकारको दावी वा कानूनी प्रकृया अवलम्बन नगर्ने कुरामा सहमति जनाएको छ । प्रस्तुत सम्झौता अन्तर्गतका क्रियाकलाप वा अकर्मण्यताबाट उत्पन्न हुने कुनै हानि वा दावीका सम्बन्धमा एमसिसि तथा संयुक्त राज्य सरकार वा एमसिसि वा संयुक्त राज्य सरकारका कुनै वर्तमान वा भूतपूर्व अधिकारी वा कर्मचारीहरू नेपालका कुनै पनि अदालत तथा न्यायाधिकरणको क्षेत्राधिकारबाट उन्मुक्त रहने छन् भनी सरकारले सहमत भएको छ ।

सम्झौताको पुरा दस्ताबेज पढ्न यहाँ क्लिक गर्नुहोला :  (के हो एम सी सी सम्झौता?) 

Wednesday, June 12, 2019

पत्रकार महासंघ कतार शाखाले प्रशिक्षण कार्यक्रम गर्दै

June 12, 2019 0


तिलु शर्मा पौडेल,
दोहा कतार; नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल कतार आइपुगेका छन् । पत्रकार महासंघ कतार शाखाले आउदो सुक्रबार आयोजना गर्न लागेको कार्यक्रममा प्रशिक्षणको लागि आएका पोख्रेलले कतारमा रहेका नेपाली पत्रकार एवं कार्यक्रममा सहभागीहरु संग साक्षात्कार गर्नेछन् ।

महासंघ कतार शाखाकै आयोजनामा सोही दिन हुने सांस्कृतिक कार्यक्रमका लागी प्रसिद्द कलाकारद्वय उदय सोताङ र मनिला सोताङले पनि यही १४ जुनमा लाइभ प्रस्तुती दिने छन् । यो जोडीको आगमनले कतारबासी नेपाली निकै हर्सित भएका छन् । आफुहरुले कतारवासीको माया पाउनेमा ढुक्क रहेको सोताङ दम्पतीले बिस्वास गरेका छन ।

अतिथि स्वागतका लागि पत्रकार महासंघका अध्यक्ष करिम बक्स मियाँ उदयमनिला युगल सांगितिक साँझ-२०७६का कार्यक्रम संयोजक तीर्थ संगम राई, एन आर एन एनसीसीका यूवा संयोजक एवं व्यवसायी माया केसी, पत्रकार दीपजंग शाह, अम्बिका खत्री, सुवास गजमेर लगाएतका व्यक्तिहरुले उनीहरुलाई हमाद ईन्टरनेसनल एयरपोर्टमा भव्य स्वागत गरेका थिए । पोखरेल कतारमा रहुन्जेल पत्रकारहरुका अलावा यहाँ कार्यरत मजदुर, व्यवसायी, कुटनितिक नियोग तथा बुद्धि-जिवीसंग पनि भेटघाट गर्नेछन् ।


Saturday, February 24, 2018

Bollywood actor Sridevi passes away

February 24, 2018 0


Sridevi passed away on Saturday night after a cardiac arrest, confirmed her brother-in-law Sanjay Kapoor. She was 54. The superstar of Bollywood was reportedly with her husband Boney Kapoor and daughter Khushi at the time of death.

Bollywood actor Sridevi passed away on Saturday night after a cardiac arrest, confirmed her brother-in-law Sanjay Kapoor. She was 54. “Yes, it is true that Sridevi passed away. I just landed here, I was in Dubai and now I am flying back to Dubai. It happened roughly around 11.00-11.30. I don’t know more details yet,” Sanjay confirmed the news to indianexpress.com. Sridevi was reportedly with her husband Boney Kapoor and daughter Khushi at the time of death. They were with the entire Kapoor family in UAE to attend the wedding ceremony of Mohit Marwah.

Born as Shree Amma Yanger Ayyapan, Sridevi worked in Tamil, Telugu, Malayalam and Kannada films before entering Hindi films. She started acting in the late 1960s, but her performance in Malayalam film Poombata (1971) won her the state award for best child artist.

Saturday, August 5, 2017

सबैभन्दा घनिष्ठ साथीले नै गरे अपहरण

August 05, 2017 0
श्रावण २१, २०७४- साउन १२ गते अपहरणमा परेर तीन दिनपछि मुक्त भएका बालक विवेक चौधरीको अपहरणमा संग्लन दुई मुख्य अभियुक्तलाई महानगरिय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।
अपहरणका मुख्य योजनाकार राजु विकलाई उदयपुरको गाईघाटबाट र अर्का अभियुक्त विष्णु पाण्डेलाई रामेछाप मन्थली नगरपालिका १२ स्थित घरबाटै प्रहरीले पक्रेर ल्याएको हो । अनौठो त के छ भने अपहरणका मुख्य योजनाकार राजु अपहरित बालकका बाबुका बाल्यकालदेखिका साथी हुन् ।

क्षेत्रपाटी पकनाजोलस्थित सरस्वती बोर्डिङ स्कुलको गेटबाट राजुले अपहरण गरेर काँडाघारीस्थित एक घरमा राखेका थिए । प्रहरीका अनुसार मनग्गे पैसा असुल्ने उद्देश्यले अपहरणको योजना बनाएका राजुले मन्थलीबाट विष्णुलाई पैसा कमाउने काम भएको आश्वासन दिएर काठमाडौं बोलाएका थिए ।

अपहरणको तीन दिन अघि मात्रै राजुले अनलाईन बजारबाट मोटरसाईकल भाडामा लिएका थिए । भाडाको मोटरसाईकलमा विष्णुलाई राखेर राजु विवेकलाई लिन बोर्डिङमै पुगेका थिए । विवेकलाई बीचमा राखेर उनीहरुले काडाघारीमा बस्ने विष्णुको दिदीको डेरामा पुऱ्याएका थिए । विष्णुले बच्चा आफ्नो साथीको छोरा भएको र उसको बाबु बिरामी परेकाले केही दिन राखिदिन अनुरोध गरेका थिए ।

अनौठो त के छ भने राजु बच्चा लुकाए लगत्तै आफ्ना साथी विशाललाई भेटन घरमै पुगेका थिए । छोरा अपहरणमा परेको चिन्तामा परेर बेहोस भएका विशाललाई राजुले नै अस्पताल पुर्‍याएको थिए र सलाईन चढाएर होस नर्फकिउन्जेल त्यही बसेका थिए । यिनै राजु भोलिपल्ट बालक पढ्ने बोर्डिङमा गएर स्कुलले लापरबाही गरेको भन्दै चर्को झगडासमेत गरेका थिए । त्यसैको भोलिपल्ट भने राजुले फोनमार्फत पचास लाख रुपैयाँ दिए मात्र बच्चालाई अपहरणमुक्त गर्न सकिने भन्दै बार्गेनिङ गरेका थिए । अपहरणकारी राजुले आफ्ना भिनाजुले प्रयोग गरेर थन्काईराखेको सिम मागेर त्यसैबाट विशालसँग सम्र्पक गरेका थिए ।

सुरुमा बच्चा हराएको विश्वासमा परेका अभिभावक तीन दिनपछि अर्थात १४ गते मात्रै महानगरिय अपराध महाशाखामा पुगेका थिए । अनुसन्धान टोलीले विद्यालयको गेट बाहिर र भित्र रहेको सिसी टिभी फुटेजका आधारमा अपहरणकारी बच्चासँग नजिकको चिनाजानीको मान्छे रहेको र मोटरसाईलमा राखेर लगेको निष्कर्ष निकालको थिए । त्यसैका आधारमा प्रहरीले राजुमाथी शंकाको सुई घुमाएको थियो ।

अचम्म त के छ भने बालक अपहरण गरेको तीन दिनसम्म अपहरणकारी बच्चाको बाबुसँग थिए । कतीसम्म भने अपहरणबारे महानगरिय अपराध महाशाखामा उजुरी गर्न पनि उनी आफै पुगेका थिए । प्रहरीले चौतर्फी निगरानी बढाएपछि अपहरणकारीहरु सोमबार काठमाडौं छाडेर भागेका थिए भने सोही बिहान चार बजे बाल काडाघारीबाट सकुशल उद्दार गरिएको थियो ।

अपहरणकारी राजु र बच्चाको बाबु विजय एक कक्षादेखि नौ कक्षासम्म सँगै पढेका साथी थिए । उनीहरुविच यति नजिकको सम्बन्ध थियो कि, बिजयको आर्थिक कारोवार र आम्दानीका धेरै कुरा राजुलाई थाह थियो । अपहरणकारी नजिककौ चिनेजानेको मान्छे भएको र राजु हुनसक्ने प्रहरीको शंकालाई माथि पनि विजयले विश्वास गरेका थिएनन् ।

शनिबार अपहरणकारी सार्वजनिक गरिने खबर पाउँदा बालकका बाबु विजय गोर्खाको मनकामना मन्दिरमा स परिवार पुजा गर्दै थिए । अपहरणकारी सार्वजनिक गर्ने बेलामा हतार हतार आईपुगेका विजयले छोरा अपहरणमुक्त भए बोका बली चढाउँछु भनेर मनकामना मातासँग भाकल गरेको र त्यही पूरा गर्न त्यहाँ पुगेको बताए ।

विजयले भने, ‘त्यति नजिकको साथीले अपहरण गर्ला भन्ने सपनामा पनि चिताएको थिइनँ ।’ विजयले आफ्नो बाबुले अपहरणकारी राजुलाई छोरालाई भन्दा धेरै माया गर्ने तथ्य बताउँदै भने, ‘नजिककै मान्छेले यतिसम्म हर्कत गर्न सक्दा रहेछन् ।’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले छिटो पैसा कमाउने र सजिलै धनी बन्ने मनसायले अपहरणको योजना बुनिएको बताए । उनले भने, ‘पेशेवर अपहरणकारी नभएपनि मनग्गे पैसा हात पार्ने उद्देश्यले अपहरण गरिएको देखिन्छ ।’

Friday, August 4, 2017

बुटवलमा फेरी चल्यो गोली

August 04, 2017 0

२० साउन, भैरहवा । रुपन्देहीको मणिग्राममा एक व्यवसायीलाई लक्षित गरी गोली प्रहार भएको छ । तिलोत्तमा नगरपालिकाको मणिग्राममा अज्ञात समूहले सिरिसा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीलार्इ लक्षित गरी गोली प्रहार भएको थियो ।

भण्डारीलाई लक्षित गरी दुई राउण्ड गोली प्रहार भएको थियो । तर, उनी सुरक्षित छन् ।

लगतै प्रहरीको मस्ट वान्टेड सूचिमा रहेको मनोज पुनले घटना आफूले गराएको दाबी गरेका छन् । मलेसियामा रहेको बताउने उनले व्यवसायी भण्डारीसँग ४० लाख रुपैयाँ माग गरेको तर नदिएकाले आफूले गोली चलाउन लगाएको दाबी गरे ।

मनोज युवा संघका नेता दुर्गा तिवारीको हत्याका मुख्य योजनाकार मानिएको छ र उनी फरार छन् ।

गोली प्रहार गर्ने को हुन् भन्ने केही खुलेको छैन । डीएसपी बेलबहादुर पाण्डेले भने ग्राहक बनेर गएको र तिवारी नभेटेपछि गोली चलाएर भागेको सूचना रहेका बताएका छन् ।

Tuesday, July 11, 2017

हनी ट्रयाप पुजा घर्ति हिमान्चल प्रदेश बाट पक्राउ परिन

July 11, 2017

२७ असार, दाङ । तुलसीपुरका प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा संलग्न युवती भारत को हिमान्चल प्रदेशमा रहेको उनको आफन्त को घर बाट पक्राउ परेकी छन् । व्यवसायी श्रेष्ठलाई ‘हनी ट्र्यापिङ’ मा पारेर अपहरण गरी फिरौति माग्ने कार्यमा “पूजा घर्ती” नामकी युवतीको संलग्नता खुले पनि उनी फरार थिइन् ।


ब्याबाहरिक रुपमा “हनी ट्रयाप” भनिए पनि कसरि गरिव युवती लाइ धनाड्य पुरुष लाइ बोलाउन प्रयोग गरियो कुन किसिमका आशा अथवा लोभ लालच मा पारियो अथवा कस्तो किसिमको दवाव मा पारेर उनले राजकुमार लाइ फोन गरेर बोलाईन भन्ने कुरा अब छिट्टै सार्वजानिक हुनेछ ।

अपहरण पश्चात हत्या गरिएका तुलसीपुरका व्यापारी श्रेष्ठको अपहरणमा संलग्न भनिएकी ती युवतीलाई भारतको हिमान्चल प्रदेशबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।ब्यापारी को हत्या लगत्तै उनि भारत पसेको अनुमान प्रहरी ले गरेको छ, उनलाई आजै साँझ अञ्चल प्रहरी कार्यालय तुलसीपुरले सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

श्रेष्ठको हत्यामा संलग्न अन्य चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

पूजा घर्तीले फोन गरेर बोलाएपछि श्रेष्ठ सल्यानतर्फ जाँदै गर्दा अज्ञात समूहले बाटोबाटै अपहरण गरेको थियो । श्रेष्ठसँगै वेपत्ता भएका स्काभेटरको ठेक्कापट्टा गर्ने रणबहादुर घर्तीमगरको अवस्था भने अझै अज्ञात छ । रण बहादुर आफै पिडित हुन् या बराज कुमार श्रेष्ठ को अपहरण र हत्यामा उनि पनि संलग्न थिए भन्ने कुरा पुजा घर्ति संगको सोधपुछ पछी खुल्ने कुरा पनि प्रहरी ले अनुमान गरेका छन् । अपहरण को तिन दिन पछी नै पिडितको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत जेठ २७ गते अपहरणमा परेका श्रेष्ठको शव भने यही असार १६ गते फेला परेको थियो ।

तुलसीपुर बजारस्थित बुटवल बस्त्रालयका सन्चालक ५२ वर्षीय श्रेष्ठको पैसाकै लागि अपहरण भएको खुलेको छ । प्रहरीकाअनुसार अपहरणकारीले एकपटक परिवारलाई सम्पर्क गरी ३ करोड फिरौती मागेका थिए, तर त्यतिबेला उनको हत्या भइसकेको थियो । शव सल्यानको छत्रेश्वरी गाउँपालिका-४ झिम्पे भन्ने स्थानमा ढुंगाको थुप्रोमा पुरिएको अवस्थामा भेटिएको थियो ।

घटना अनुसन्धान गर्न नेपाल प्रहरीले चार सदस्यीय समिति गठन गरेको थियो । अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख एसएसपी ज्ञानविक्रम शाहको संयोजकत्वमा गठित समितिमा दाङ, सल्यान र बाँकेका प्रहरी प्रमुख सदस्य थिए ।

पुजा घर्ति को गिरफ्तारी संगै राजकुमार अपहरण र हत्याकाण्ड को वास्तविकता उजागार त हुनेनै भयो अब आम सर्वसाधारण र ब्यापारी हरु ले पनि कोहि नचिनेको मान्छे ले फोन गरेर बोलाउदैमा आखा चिम्लेर भेट्न जाने अथवा कुनै प्रकारको लक्ष्मण रेखा या अनुशाशन कायम गर्ने भन्ने कुरा गम्भीर भएर सोच्नु पर्ने बेला भएको छ । पुजा घर्ति दोषी देखिए कानुन बमोजिम सजाय त पाउलिन उनले सजाय पाउदैमा राजकुमार श्रेष्ठ फर्केर आउने छैनन् । उमेरले ५२ वर्ष पुगिसकेका र जिन्दगी को उत्तरार्ध मा रहेका मान्छे युवती को निमंत्रनामा लोभिएर भेट्न जादा भएको उनको मृत्यु ले अरु हरु लाइ पनि सजग हुन सिकाएको छ । 

दुर्गा पंगेनी 
dpangeni@gmail.com