DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Wednesday, February 10, 2021

प्रवासी नेपाली एकता मञ्च कतार मातहत इकाईहरू गठन

 

मिति २०२१ - फेब्रुअरी  - ९ तारिख तदनुसार २०७७ साल - माघ - २७ गतेको दिन  कतारको लेबर सिटीमा बसेको प्रवासी नेपाली एकता मञ्च को भेलाले पूर्ण कुमार योङ्गहाङ्ग को अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।    प्रवासी नेपाली एकता मञ्च-कतार को मातहतमा सङ्गठन निर्माणको को कार्यमा एउटा नयाँ इँटा थप्दै नगर कमिटी नम्बर - ६ (लेबर सिटी ) गठन भएको  उपलक्ष्यमा  कार्यसमितिलाई प्रवासी नेपाली एकता  मञ्च कतारका अध्यक्ष चानक पोखरेलले सफल कार्यकालको शुभकामना दिएका छन्  । नेकपा मजदुरको पार्टी भएकोले मजदुरहरूलाई सङ्गठित गर्दै पार्टीलाई मजबुत बनाउँदै लैजाने प्रयास स्वरूप यो इकाई गठन गरिएको कुरा अध्यक्ष पोखरेल ले बताए ।   

नयाँ इकाई कार्यसमितिमा पूर्ण कुमार  योङ्गहाङ्ग अध्यक्ष, गणेश दुलाल सचिव रहेका छन् भने सदस्यहरूमा दावा छिरिङ तामाङ, योगेन्द्र कट्टेल, पुष्प बहादुर बुढाथोकी, दिल बहादुर भट्टराई, हेम दोर्जे तामाङ, जितु नेपाल, हरि बहादुर नेपाल, तोयाराज खतिवडा, श्री कुमार राई, दाताराम चौधरी, सुमन महत, टेकनाथ खत्री, अमृत दमाई, भुरण शाह र शुक्र लिम्बु रहेको कुरा समेत प्रवासी नेपाली मञ्च कतार का अध्यक्ष चानक पोखरेल ले बताए ।

No comments: