DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Thursday, December 10, 2020

कतारमा फेरिएका लेवर कानुन -


स्रोत : गैर आवासीय नेपाली संघ कतार शाखाका अध्यक्ष मोहमद मुक्तादा मुसलमान 


सन्देश संचरना:

१. आफनो अधिकारहरुको बारेमा जान्नुहोस

·       प्रवासीहरुको बर्हिगमन अनुमति हटाएको

·       य वर्हिगमन अनुमति लिनु पर्ने प्रवधान २०१८ बाट नै हटाउन शुरु गरिएको र २०२० सम्ममा सबै कामदारलाई हुने गरि लागु गरिएको ।

·        वहिर्गमन अनुमति सेना र कम्पनीको अधिकतम ५% प्रतिशत विशेष पदमा काम गर्ने कामदारमा लागु हुनेछ।

·        कानुनतः प्रवासीहरु अस्थायी रुपमा मुलुकबाट बाहिर जान सक्नेछन् ,अथवा स्थायी रुपमा मुलुकबाट आफनो करार अवधि रहँदै जान सक्नेछन् र रोजगारदाताको अनुमति विना जान सक्नेछन् ।

·        रोजगारदाता र कामदारको अधिकार सुरक्षित गर्नको लागि कामदारले रोजगारदातालाई आफनो प्रस्थान को ७२घण्टा अगाडि अनिवार्य रुपमा जानकारी गराउनु पर्ने छ ।

·       रोजगारदाताले प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालय (ADSLA)  मा आफनो कामदारका ५% प्रतिशत कामदारको लागि नामावली सहित प्रस्थान अनुमति लिनु पर्ने निवेदन पेश गर्न सक्नेछन ।

-नो अब्जेक्सन (स्विकृत) प्रमाण पत्र हटाइएको

·       कतारले कामदारको लागि आवश्यक नो अब्जेक्सन पत्र तत्कालबाट लागु हुने गरि हटाएको छ ,कामदारले चाहेको खण्डमा निम्न कुराहरु उपलब्ध गरएर आफनो करार समाप्त गर्न सक्नेछन:-

·       दुइ वर्ष वा सो भन्दा कम काम गरेका कामदारको हकमा एक महिनाको लिखित जानकारी रोजगारदाता कम्पनीलाई दिनु पर्ने छ ।

·       दुइ वर्ष वा सो भन्दा बढी काम गरेको कामदारको हकमा रोजगारदाता लाई दुइ महिनाको लिखित जानकारी दिनु पर्ने छ ।

-न्युनतम तलव कतारी रियाल १,०००

·       कतारको सबै क्षेत्रमा काम गर्ने कामदारको हकमा (घरेलु कामदार सहित) न्युनतम तलवमान कतारी रियाल १,००० प्रति महिना पाउने व्यवस्था लागु गरिएको छ ।

·       यदि कुनै रोजगारदाता कम्पनीले आवास व्यवस्था र खानाको व्यवस्था नगरेको खण्डमा आवास बापत कतारि रियाल ५०० र खाना वापतको कतारि रियाल ३०० उपलब्ध गराउनु पर्ने छ ।

·        तलव संरक्षण प्रणाली    य विद्युतिय प्रणालीबाट मन्त्रालयलाई २४÷७ समय नै कम्पनीलाई हेर्न र कामदारको तलवको बारेमा कुनै ढिलाई भए रोजगारदातालाई सुचना दिन काम गर्ने छ ।

·       कुनै पनि कम्पनीले यो नियमको उलघंन गरेमा रोजगारदातालाई कम्तीमा १ वर्षको जेल सजाय र कतारि रियाल १०,००० सम्म अधिकतम जरिवाना गर्न सक्ने छ । साथै रोजगारदाता र प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालय विचमा हुने सम्पुर्ण कारोबार निलम्बल गरिने छ र रोजगारताले कुनै पनि नयाँ कामदार ल्याउन आबेदन दिन सक्ने छैन ।

कोभिड १९ नियमन (यो खण्ड यस महामारीको अन्त्य संगै हटाइने छ)

·        सुलव स्वास्थ्य सेवा

·       कोरोनाभाइरसको परिक्षण सम्पुर्ण कतारी नागरिक र आप्रवासीहरुको लागि निःशुल्क गरिएको छ ,यदि कसैको परिणाम संक्रमित भएको प्रमाणित भए निःशुल्क रुपमा तुरुन्त उच्च स्तरको मेडिकल उपचार उपलब्ध गराइने छ ।

·        यदि कोही व्यक्तिको बैद्य रुपमा कामगर्ने भिसा अनुमति पत्र छैन भने पनि त्यस्ता कामदारहरुलाई पनि कुनै डर वा जरिवाना विना निःशुल्क रुपमा उपचार दिइनेछ ।

-तलव

·       कुनै पनि कामदार जो क्वारेन्टाइनमा भएका वा उपचाररत भएका कामदाररुले पुरा तलव पाउने छन र उक्त कार्यको लागि सरकारको तर्फबाट कतारि रियाल ५ अर्व (अमेरिकी डलर १.३७ अर्व रोजागारदाता कम्पनीलाई कामदारको तलव र अन्य भाडाहरुको लागि बैंक मार्फत उपलब्ध गराउने प्रतिवद्दता रहेको छ ।

- आवास

·       सरकारको तर्फबाट सार्वजनिक स्थान तथा सरकारी स्थानहरुको सर सफाइ गर्ने कार्य भइरहेको छ । कामदारको आवास अनिवार्य रुपमा प्रति व्यक्ति ६ मिटरको दुरी तय हुने गरि व्यवस्था गरिएको हुनु पर्ने छ । प्रति कोठामा ४ जना कामदार मात्र बस्न पाउने व्यवस्था गरिएको हुनु पर्ने छ भने अन्य स्थानहरुको प्रयोगको लागि सरकारले निर्देशित गरेका मापदण्डहरु पुरा गरेको हुनु पर्ने छ ।

·        ति क्षेत्रहरु जहाँ कुनैपनि गतिविधिहरु वा सेवाहरु प्रदान गर्न रोकिएको छ उक्त क्षेत्रहरुमा रोजागारदाताले निःशुल्क रुपमा खाना र आवासको व्यवस्था गर्नु पर्ने छ , रोजगारदाताले कामगर्ने स्थानको अवधि सकिएको छ भने पनि कामदारलाई आफनो मुलुक फर्किनको लागि उडानहरु सुचारु    नहुन्जेल सम्म अनिवार्य रुपमा निःशुल्क रुपमा खाना र आवासको व्यवस्था गर्नु पर्ने छ ।

·       मन्त्रालय परिषदको मार्च २०२० को आदेश अनुसार कामदारलाई ओसारपसार गर्ने सवारी साधनहरुमा कामदारहरुको संख्या ५० प्रतिशत वा सो भन्दा कम हुनुपर्ने प्रावधान गरिएको छ । कामदारले फेस मास्क लगाएको निश्चित गर्नु पर्ने छ भने काम गर्ने स्थानमा स्यानिटाइजर वितरण गर्नु पर्ने छ । रोजगारदाताले कामदारलाई कार्यक्षेत्र भित्र भिडभाड हुन नदिने तथा सामाजिक दुरी कायम राख्दै काम लगाउनु पर्ने छ ।

 गर्मी महिनामा जुन १५ देखि ३१ अगस्त सम्म काम गर्न प्रतिवन्धका बारेमा

·       घाम लाग्ने खुल्ला कार्यक्षेत्रमा विहान ११ः३० देखि दिउँसो ३ बजेसम्म काम गर्न प्रतिवन्ध गरिएको छ भने विहानको काम गर्ने अधिकतम समय ५ घण्टाको गरिएको छ । यो नियमको उलंघन गर्ने रोजगारदातालाई १ महिना सम्म अविधिको लागि कार्यक्षेत्र बन्द गर्ने मन्त्रालयको निर्णय रहेको छ । कार्यक्षेत्र बन्द गर्ने निर्णय नियम उलंघनको मापदण्डको आधारमा हुनुका साथै अरु थप कानुनी कारवाही पनि गर्न सकिने छ ।

-राहदानी जफत रोक्नका लागि नयाँ प्रावधानहरुः

·       राहदानी जफत रोक्नका लागि नयाँ नियम लागु गरिएको छ जसमा रोजगारदाताले कुनै पनि कामदारको राहदानी राखेको पाइएमा रोजगारदातालाइ कतारि रियाल १०,००० को जरिवाना लाग्ने छ ।

- सयुंक्त समिति

·       कम्पनीहरुमा यदि ३० वा सो भान्दा भन्दा बढी कामदार भए उनीहरुले आफनो प्रतिनिधि चयन गर्न पाउने प्रावधान रहेको छ ।

·        सबै कामदारले आफनो प्रतिनिधि संयुक्त समितिको लागि चयन गर्नेछन र रोजगारदाताले कामदारको तर्फबाट रोजगारदाताको प्रतिनिधि चयन गर्नेछन् जसले कानुनी रुपमा रोजगारदाताको व्यवस्थापन पक्षसंग प्रतिनिधित्व गर्नेछन् ।

·        संयुक्त समितिको कार्य अवधि २ वर्षको हुनेछ ।

·        संयुक्त समितिले कम्पनीका तमाम समस्याहरुको अध्ययन गर्ने छ जसमा कामको संगठानिक ढाँचा, कामको नतिजा बढाउने र विकास गर्ने,कामदारको तालीम, जोखिम नियन्त्रणका तरिकाहरु, पेशागत सुरक्षाका बारेमा जानकारी र स्वास्थ्य नियम र कामदारको सामान्य संस्कार विकासको लागि कार्य गर्ने छन् ।

- श्रम निरिक्षण निति र व्यवसायिक सुरक्षा र स्वास्थ्य

  • ·        यो नितिको उद्देश्य रणनितिको विकास गर्नु , कामदारसंग तथ्य संकलकको कार्य गर्दै स्वास्थ्य र सुरक्षाका मापदण्डहरुको यकिन गर्नु रहेको छ । उक्त कार्य प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालयका तालिम प्राप्त अधिकृतहरुबाट आकस्मिक अनुगमन हुने छ जसलाई कम्पनीले श्रम नियमको उलंघन गरे बापत कम्पनीहरुलाई उद्दरण ९ऋष्तबतष्यलक० जारी गर्ने अधिकार समेत रहनेछ ।

-आश्रयस्थान

  • ·        मानव हेरचाह केन्द्रको स्थापना भएको छ जहाँ तस्करीबाट पिडित श्रम शोषणमा परेका महिला र पुरुष रहने प्रवधान रहेको छ । उक्त आश्रयस्थल अल मामुरा मा रहेको छ जसमा कुल ६ भवन रहेको र प्रत्येक भवनमा ५२ व्यक्ति रहने सक्ने प्रावधान रहेको छ ।

२. कतार भिसा सेन्टर मार्फत आवेदन दिन सकिने 

  • ·       यो खण्डको उद्देश्य एन जि ओ र खास कामदारको लागि काममा भर्ती हुनको लागि रहेको छ । कतार भिसा सेन्टर कतारको आन्तरिक मन्त्रालय , प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालय, पराराष्ट्र मन्त्रालय , स्वास्थ्य मन्त्रालय को पहल र प्रत्यक्ष निगरानीमा रहेको छ , जसले कुनै पनि कामदार कतार आएपछि चाँडै आफनो काममा जान सकुन भन्ने हो । यसको अर्को उद्देश्य एकिकृत भिसा प्रणाली को विकास गर्नुका साथै भर्ती प्रकृयालाई लाई सहज बनाउने र कामदारको आफनो मुलुकमा हुने आर्थिक शोषणको पनि सुरक्षा गर्दछ ।
  • ·       कतार भिसा सेन्टरले सम्बन्धित मुलुकबाट कतार आउन आवेदन दिएकाहरुको बायोमेट्रिक डाटा लिने, महत्वपुर्ण डाटा दर्ता, स्वास्थ्य परिक्षण र करार पत्र हस्ताक्षर का प्रकृयाहरु पुरा गर्दछ ।
  • ·       कतारले हालसम्म ६ मुलुकहरुमा २० कतार भिसा सेन्टरको स्थापना गरेको छ । कतार भिसा सेन्टर पाकिस्तान,बंगलादेश,श्रीलंका, भारत, नेपाल र फिलिपिन्समा रहेको छ ।
  • ·       कतार भिसा सेन्टरको बारेमा थप जानकारीको लागि https://www.qatarvisacenter.com/ मा लग इन गर्न सकिने छ ।

 

३. सिकायत

- सिकायत कसरी दर्ता गराउने

  • ·       विदेशि कामदारहरुले आफनो स्मार्टफोनबाट ‘Amerni’ एप्स मार्फत आफनो सिकायत दर्ता गर्न सक्नेछन जसले विद्दुतिय माध्यमबाट ३३ भाषामा सेवा दिने छ । यो एप्सले कुनै पनि कामदार जो सिधा मन्त्रालय संग सम्पर्क राख्न सक्दैनन त्यस्ता कामदारहरुको सिकायत दर्ता लिने र गोपनीयता पनि राख्ने गरिन्छ ।
  • ·        प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालय ले संचालन गरेको स्वयं सेवा कियोस्क मार्फत कामदारले आफनो सिकायत आफनो परिचय विना नै १० भाषामा कतारको जुनसुकै स्थानबाट दिन सक्नेछन्।
  • ·       कामदारहरु अल साहानिया र औधोगिक क्षेत्रमा रहेको प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालयमा आफनो सिकायत दर्ता गराउन जान सक्नेछन् । कार्यालय संचालन समय आइतबार देखि विहिबार सम्म विहान ७:३० बजेदेखि विहान १२:३० बजेसम्म हुनेछ । सिकायत गर्नको लागि रोजगारदाताले श्रम नियम उलंघन गरेको प्रमाणहरु पेश गर्नु पर्ने छ ।
  • ·       अनलाइन सिकायत दर्ताको लागि कामदारले तलको लिंक मार्फत आवेदन दिन सक्नेछन्:

https://www.adlsa.gov.qa/en/contact/complaints-and-suggestions

श्रम विवाद समाधान समिति

  • ·        यो समतिले कामदारको न्यायको लागि बाटो खुल्ला गर्ने कार्य गर्ने छ । जब श्रमको बारेमा विवाद हुन्छ कामदार र रोजगारदाता प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालय मा विवाद प्रस्तुत गर्नु पर्ने हुन्छ जसले उक्त विवादको बारेमा छानवीन गरेर ७ दिन भित्र समाधान गर्ने छ ।
  • ·       जव श्रम विवाद समाधान समितिमा पुग्दछ , उक्त समितिले सबै विवादहरुको अध्ययन गरेर आफनो निर्णय बढीमा ३ हप्तामा दिनेछ ।
  • ·        गुनासो दर्ता गर्नको लागि कामदारको प्रतिनिधिले पनि गर्न सक्नेछन ।

 कामदारको सहयोग र बीमा कोष

·       य यो कोषको उद्देश्य श्रम विवाद समितिद्धारा जव रोजगारदाता कम्पनी धरासायी अवस्थामा हुन्छ त्यस समयमा कामदारको अर्थिक पक्षमा सहयोग गर्ने गरी खडा गरिएको छ ।

४ . आवेदन अवस्था

·       य आवेदकले आफनो निवेदनको बारेमा जानकारी लिनको लागि तलको लिंकमा गएर फर्म भर्न सक्नेछन ः

https://e.adlsa.gov.qa/laborcomplaint/Defult.aspx 

५. महत्वपूर्ण प्रश्न उत्तरहरु

 मैले आफनो उजुरी कसरी दर्ता गर्ने ?

  • ·       उजुरी दर्ताको लागि अनलाइनको माध्यमबाट निम्न लिंकमा गएर आफनो गुनासो उजुरी दर्ता गर्न सकिने छ:

https://www.adlsa.gov.qa/en/site/contact/complaints-and-suggestions  

·        ‘Amerni’ एप्स डाउनलोड गरेर फारम भर्ने

  • ·        ब्यक्ति स्वयं गएर उजुरी दर्ता गर्नको लागि अल साहानिया र औधोगिक क्षेत्रमा रहेको प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालय मा आफनो सिकायत दर्ता गराउन जान सक्नेछन् । कार्यालय संचालन समय आइतबार देखि विहिबार सम्म विहान ७:३० बजेदेखि विहान १२:३० बजेसम्म हुनेछ ।

-मैले आफनो उजुरीको बारेमा कसरी चेक गर्ने ?

  • ·       तलको लिंकमा गएर आफनो विवरण भरेर :

https://e.adlsa.gov.qa/LaborComplaint/Default.aspz  

 

-मैले मेरो तलव पाइन , मैले के गर्ने ?

  • ·        माथि उल्लेख गरिएका माध्यमहरुबाट उजुरी दर्ता गर्ने, प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालयले यसको बाँकी प्रकृया गर्ने छ

मेरो उजुरी समितिमा जानकारी भइसकेको छ , समाधान हुन कति समय लाग्छ ?

·        अदालतको पहिलो सत्रदेखि बढीमा ३ हप्तामा समाधान हुनेछ ।

मैले आफनो रोजगारदाता लाई आफनो काम परिवर्तन गर्ने बारेमा कसरी जानकारी गराउने?

  • ·       कामदारले आफनो रोजगारदातालाई विद्दुतिय माध्यमबाट प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालय मा निम्न लिंकमा गएर जानकारी दिन सक्नेछन:

http://enotice.adlsa.gov.qa/Login.aspz?ReturnUrl=%2f

 

  • ·       कामदार र नयाँ रोजगारदाताले काम परिवर्तनको बारेमा एस एम एस प्राप्त गर्ने छन ् ।
  • ·        नयाँ रोजगारदाताले प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालय को डिजिटल प्रणालीबाट करार पत्र तयार गरिदिने छन् ।
  • ·       नयाँ रोजगारदाता कम्पनीले करार पत्र प्रिन्ट गरेर कामदारको सही लिनेछन् ।
  • ·      नयाँ रोजगारदाताले उक्त करार पत्र प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालय को डिजिटल प्रणालीबाट कतारी रियाल ६० तिरेर अपलोड गर्नेछन् ।
  • ·      जब करार पत्र प्रमाणिकरण भएर आउँछ तब नयाँ रोजगारदाता कम्पनीले कामदारको नयाँ कतार आइ डि को लागि आवेदन गर्नेछन् ।
  • ·       मेरो अन्य केही प्रश्नहरु छन् जसको उत्तर यहाँ छैनन त्यो अवस्थाा मा मैले कहाँ सम्पर्क गर्ने ?
  • ·       प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालय को हट लाइन नं १६००८ मा फोन गरेर अन्य जानकारी लिन सकिने छ ।

६. सामान्य अपडेट र थप प्रश्नहरुः

  • ·        तथ्यांक, संख्या र साधारण जानकारीको लागि कतार आउन चाहने कामदारहरुले प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालय (ADLSA) मा लग इन गरेर जानकारी लिन सक्नेछन् । तर अन्य श्रम विवाद, कार्य क्षेत्र अनुगमन, कोषबाट लाभ लिने इत्यादि हरु यसमा सामेल छैनन् ।
  • ·       प्रश्न र अन्य जानकारी लिनको लागि जुन उत्तर पाउन सकिदैन प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालय (ADLSA) मा एउटा लिंक दिइने छ र त्यसबाट जानकारी लिन सकिने छ अथवा प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालय (ADLSA) को हटलाइन नम्बर १६००८ मा कल गरेर जानकारी प्राप्त गर्न सकिने छ ।

७. कल गर्नको लागि महत्वपुर्ण नम्बरहरु:

  • ·       प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालय (ADLSA) हटलाइन नं १६००८
  • ·       प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालय (ADLSA) नं ४०२८८८८८
  • ·        प्रहरी, आगलागी, एम्बलेन्स :- ९९९


No comments: