DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Wednesday, June 12, 2019

पत्रकार महासंघ कतार शाखाले प्रशिक्षण कार्यक्रम गर्दै



तिलु शर्मा पौडेल,
दोहा कतार; नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल कतार आइपुगेका छन् । पत्रकार महासंघ कतार शाखाले आउदो सुक्रबार आयोजना गर्न लागेको कार्यक्रममा प्रशिक्षणको लागि आएका पोख्रेलले कतारमा रहेका नेपाली पत्रकार एवं कार्यक्रममा सहभागीहरु संग साक्षात्कार गर्नेछन् ।

महासंघ कतार शाखाकै आयोजनामा सोही दिन हुने सांस्कृतिक कार्यक्रमका लागी प्रसिद्द कलाकारद्वय उदय सोताङ र मनिला सोताङले पनि यही १४ जुनमा लाइभ प्रस्तुती दिने छन् । यो जोडीको आगमनले कतारबासी नेपाली निकै हर्सित भएका छन् । आफुहरुले कतारवासीको माया पाउनेमा ढुक्क रहेको सोताङ दम्पतीले बिस्वास गरेका छन ।

अतिथि स्वागतका लागि पत्रकार महासंघका अध्यक्ष करिम बक्स मियाँ उदयमनिला युगल सांगितिक साँझ-२०७६का कार्यक्रम संयोजक तीर्थ संगम राई, एन आर एन एनसीसीका यूवा संयोजक एवं व्यवसायी माया केसी, पत्रकार दीपजंग शाह, अम्बिका खत्री, सुवास गजमेर लगाएतका व्यक्तिहरुले उनीहरुलाई हमाद ईन्टरनेसनल एयरपोर्टमा भव्य स्वागत गरेका थिए । पोखरेल कतारमा रहुन्जेल पत्रकारहरुका अलावा यहाँ कार्यरत मजदुर, व्यवसायी, कुटनितिक नियोग तथा बुद्धि-जिवीसंग पनि भेटघाट गर्नेछन् ।


No comments: