DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Tuesday, July 11, 2017

हनी ट्रयाप पुजा घर्ति हिमान्चल प्रदेश बाट पक्राउ परिन


२७ असार, दाङ । तुलसीपुरका प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा संलग्न युवती भारत को हिमान्चल प्रदेशमा रहेको उनको आफन्त को घर बाट पक्राउ परेकी छन् । व्यवसायी श्रेष्ठलाई ‘हनी ट्र्यापिङ’ मा पारेर अपहरण गरी फिरौति माग्ने कार्यमा “पूजा घर्ती” नामकी युवतीको संलग्नता खुले पनि उनी फरार थिइन् ।


ब्याबाहरिक रुपमा “हनी ट्रयाप” भनिए पनि कसरि गरिव युवती लाइ धनाड्य पुरुष लाइ बोलाउन प्रयोग गरियो कुन किसिमका आशा अथवा लोभ लालच मा पारियो अथवा कस्तो किसिमको दवाव मा पारेर उनले राजकुमार लाइ फोन गरेर बोलाईन भन्ने कुरा अब छिट्टै सार्वजानिक हुनेछ ।

अपहरण पश्चात हत्या गरिएका तुलसीपुरका व्यापारी श्रेष्ठको अपहरणमा संलग्न भनिएकी ती युवतीलाई भारतको हिमान्चल प्रदेशबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।ब्यापारी को हत्या लगत्तै उनि भारत पसेको अनुमान प्रहरी ले गरेको छ, उनलाई आजै साँझ अञ्चल प्रहरी कार्यालय तुलसीपुरले सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

श्रेष्ठको हत्यामा संलग्न अन्य चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

पूजा घर्तीले फोन गरेर बोलाएपछि श्रेष्ठ सल्यानतर्फ जाँदै गर्दा अज्ञात समूहले बाटोबाटै अपहरण गरेको थियो । श्रेष्ठसँगै वेपत्ता भएका स्काभेटरको ठेक्कापट्टा गर्ने रणबहादुर घर्तीमगरको अवस्था भने अझै अज्ञात छ । रण बहादुर आफै पिडित हुन् या बराज कुमार श्रेष्ठ को अपहरण र हत्यामा उनि पनि संलग्न थिए भन्ने कुरा पुजा घर्ति संगको सोधपुछ पछी खुल्ने कुरा पनि प्रहरी ले अनुमान गरेका छन् । अपहरण को तिन दिन पछी नै पिडितको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत जेठ २७ गते अपहरणमा परेका श्रेष्ठको शव भने यही असार १६ गते फेला परेको थियो ।

तुलसीपुर बजारस्थित बुटवल बस्त्रालयका सन्चालक ५२ वर्षीय श्रेष्ठको पैसाकै लागि अपहरण भएको खुलेको छ । प्रहरीकाअनुसार अपहरणकारीले एकपटक परिवारलाई सम्पर्क गरी ३ करोड फिरौती मागेका थिए, तर त्यतिबेला उनको हत्या भइसकेको थियो । शव सल्यानको छत्रेश्वरी गाउँपालिका-४ झिम्पे भन्ने स्थानमा ढुंगाको थुप्रोमा पुरिएको अवस्थामा भेटिएको थियो ।

घटना अनुसन्धान गर्न नेपाल प्रहरीले चार सदस्यीय समिति गठन गरेको थियो । अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख एसएसपी ज्ञानविक्रम शाहको संयोजकत्वमा गठित समितिमा दाङ, सल्यान र बाँकेका प्रहरी प्रमुख सदस्य थिए ।

पुजा घर्ति को गिरफ्तारी संगै राजकुमार अपहरण र हत्याकाण्ड को वास्तविकता उजागार त हुनेनै भयो अब आम सर्वसाधारण र ब्यापारी हरु ले पनि कोहि नचिनेको मान्छे ले फोन गरेर बोलाउदैमा आखा चिम्लेर भेट्न जाने अथवा कुनै प्रकारको लक्ष्मण रेखा या अनुशाशन कायम गर्ने भन्ने कुरा गम्भीर भएर सोच्नु पर्ने बेला भएको छ । पुजा घर्ति दोषी देखिए कानुन बमोजिम सजाय त पाउलिन उनले सजाय पाउदैमा राजकुमार श्रेष्ठ फर्केर आउने छैनन् । उमेरले ५२ वर्ष पुगिसकेका र जिन्दगी को उत्तरार्ध मा रहेका मान्छे युवती को निमंत्रनामा लोभिएर भेट्न जादा भएको उनको मृत्यु ले अरु हरु लाइ पनि सजग हुन सिकाएको छ । 

दुर्गा पंगेनी 
dpangeni@gmail.com