DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Wednesday, May 1, 2013

यसरी दुर्घटना भयो अमेरिकी विमान अफगानिस्तानमा

images१८ बैशाख, एजेन्सी । अफगानिस्तानको राजधानी काबुल स्थित बगराममा दुर्घटना भएको अमेरिकी कार्गो विमान दुर्घटनाको भिडियो सार्वजनिक भएको छ । दुर्घटनामा परी कार्गो विमानमा रहेका ६ जना चालक दलका सदस्य र एक यात्रुको मृत्यु भएको थियो । दुबईका लागी उडेको उक्त कार्गो विमानलाई आफूहरूले खसालेको तालिवानीहरुले दावी गरेका छन् । तर, सेनाले भने यसको अस्विकार गर्दै उक्त समयमा उक्त क्षेत्रमा कुनै आक्रमण नभएको बताएको छ । उक्त कार्गो विमान अमेरिकाको एक प्राइभेट कम्पनी नेशनल एयर कार्गो कम्पनीको भएको बताइएको छ । विमान दुर्घटनाका विषयमा अफगानिस्तान सैनिकसँग मिलेर अमेरिका ले पनि अनुसन्धान गरिरहेको छ । दुर्घटनाको कारणबारे प्रष्ट कारण खुल्न नसकेको भन्दै थप अनुसन्धानपछी मात्र दुर्घटनाको कारणबारे थाहा हुने बताइएको छ ।

No comments: