DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Saturday, September 5, 2015

ढाडे विरालो स्क्याण्डल,पुर्वाग्रह र मेरो भनाई




    ढाडे विरालो स्क्याण्डल र लोक तथा दोहोरी गीत प्रतिष्ठान ले निकालेको विज्ञप्ती को पुर्वाग्रह सम्वन्ध मा मेरो भनाई:

१) ढाडे विरालो गीत ज्योती मगर को हैन उक्त गीत मा उनी मोडल मात्र हुन भिडीयो त्यस्तो बन्नु मा मोडेल को दोश कति प्रतिशत हुन्छ?

२)शंकर विसी उक्त गीत का निर्देशक हुन जो लोक तथा दोहोरी गीत प्रतिष्ठान का सम्मानीत केन्द्रीय सदस्य समेत हुन,विज्ञप्ती मा ज्योती मगर को नाम आउदा शंकर विसी को नाम किन आएन? प्रतिष्ठान ले आफ्ना सदस्य ले आचार संहीता उलंघन गर्दा विधान वमोजीम कारवाही गर्नु को साटो नामै उल्येख नगरेर किन काखी च्यापेको?

३) प्रकाश कटुवाल उक्त गीत का (गायक तथा सर्जक)र श्रीदेवी देवकोटा (गायीका तथा लगानी कर्ता)दुवै लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय अन्तर्गत का सदस्य हुन जव की ज्योती मगर प्रतिष्ठान को साधारण सदस्यता समेत नलिएकी कलाकार हुन,अव प्रतिष्ठान भित्र का कलाकार को विज्ञप्ती मा नाम नलेखेर ज्योती मगर को मात्र नाम लेखीनु पुर्वाग्रह हो की हैन?

४) यदि पुर्वाग्रह हैन भने प्रतिष्ठान अध्यक्ष र महासचिव ले आफ्नो संस्था भित्र का कलाकार लाई कारवाही गरुन ज्योती मगर ले पनि आत्मालेचना गर्नुपर्छ ! 

५) लोक गीत का अगुवा हरु लाई प्रश्न मेरो- लोक गीत को अगुवा ले जस्लाई जे भने पनि हुने हो? चाहे जे सुकै होस अगुवा हुदैमा निकृष्ट शव्द प्रयोग गर्न पाईन्छ? लोक गीत लाई भट्टी मा छिराएर संस्कृती को चिर हरण भैरहदा बोल्दैनौ त तिमीहरु किन हो? नयाँ वसपार्क तिर का दोहोरी रेष्टुरेन्ट मा वेश्यावृत्ती हुन्छ भनेर पत्रकार ले स्थलगत रिपोर्ट छाप्दा आँखा चिम्लेर देहोरी को चिर हरण को स्विकृती दिने अगुवा लाई गायीका या मोडल को लुगा नाप्ने अधिकार कस्ले दियो?
       लोक गीत गाएर जड्याहा लाई पैसा उडाउन लगाउनु नेपाली लोक सँस्कृति हो? बडो संस्कृती को कुरा गर्छौ, तिमीहरु का रेष्टुरेण्ट नाम का भट्टी हरु लाई पत्रकार ले "वेश्यालय" भनेर छाप्दा कहाँ कुन दुलो मा हुन्छौ तिमी हरु? दोहोरी रेष्टुरेण्ट मा तरुनी को वक्ष स्थल मा पैसा छिराउनु नेपाली संस्कृती हो?

जवाव चाईयो!

No comments: