DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Friday, April 29, 2016

दोहामा म्याग्दी प्रवासी नेपाली संघको साँस्कृतीक कार्यक्रम हुदै


तिलु शर्मा पौडेल 
दोहा कतार 
 ~म्याग्दी प्रबासी नेपाली संघ,राष्टिय कार्यकारी समिति-कतार(मोना कतार) ले आगामी मे २७ तारिक २०१६ मा मोना कतारको दोस्रो प्रस्तुतिको रुपमा बिबिध सास्कृतिक कार्यक्रम गर्ने भएको छ 
जिल्ला भित्र र बाहिर समेत सामाजिक क्षेत्रमा निकै चर्चित 'मोना कतारले' यस पटक कार्यक्रम म्याग्दी प्रबासी हरुको र  जिल्लाको समेत महत्वपूर्ण मानिएको फ्री वाइफाई प्रोजेक्ट लाइ आर्थिक रुपमा सहयोग पुराउनको लागि “ग्रामिण सञ्चार बिकासका लागि सहयोगार्थ” शिर्षक मा कार्यक्रम  आयोजना गर्न लागिएको हो । 

यो आयोजनालाई सफलतापुर्बक संम्पन्न गर्न सस्थाका बरिस्ठ उपाध्यक्ष किरण शाही संयोजक तथा तिलु शर्मा पौडेल उपसंयोजक रहने गरि  ७ सदस्यीय एक सास्कृतिक समिति समेत गठन गरिएको छ l निकै नै छोटो समयामा कार्यक्रमलाई सफल बनाउनु पर्ने चुनौति मोना कतार सामु रहेको छ निकै पहिले देखि कार्यक्रम आयोजना गर्ने बिशेष प्रयास भै रहदा पनि कहिले आन्तरिक र कहिले बाह्य कारणले गर्दा कार्यक्रम गर्न ढिलाई हुन् पुगेको हो l 

नाफामुलक रुपमा आयोजना गर्न लागियको यस कार्यक्रममा सबै म्याग्देलीको साथ् र सहयोगको अपेक्षा आफु र सस्थाले गरेको बताउनु हुन्छ अध्यक्ष गणेश श्रेष्ठ  ! दोहामा हरेक हप्ता एक न एक सस्थाले एउटा न एउटा सास्कृतिक कार्यक्रम आयोजना गरि रहेने भएको हुदा हाम्रो यस कार्यक्रमलाई छोटो समयमा नै उत्कृस्ट रुपमा सफल बनाउनु  पर्ने चुनौती आफु सामु रहेको स्वीकार गर्दै कुनै पनि हालतमा यो कार्यकम सफल बनाउने प्रतिबद्धता जाहेर गर्नु हुन्छ संयोजक किरण शाही l  

गत बर्ष नेपालबाट लोक गायक खड्क गर्बुजालाइ  आमन्त्रण गरि एकल साझ सम्पन्न गरेको मोना कतारले यसपटक भने  तिन जना चर्चित  कलाकारलाइ कतार उतार्दै छ जस्मा लोक गायिका निशा केसी, लोक गायक पुरुषोत्तम गैह्रे र पप  तथा आधुनिक गायक गगन पुन रहेका छन l उक्त कार्यकर्म नज्मा मा अबस्थित सालिमार रेस्टुरेन्ट प्यालेसमा सम्पन्न हुदैछ l 

No comments: