DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Wednesday, September 11, 2019

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको विधान–२०५८


राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको
विधान२०५८
प्रस्तावनाः

बहुजाति, बहुभाषी तथा विविध संस्कृतिको धनी हाम्रो मुलुकको राष्ट्रिय पहिचानलाई अभिव्यक्त गर्ने लोक संस्कृतिको धरोहरको रुपमा रहेको लोक तथा दोहोरीगीतलाई व्यवस्थित एवं मर्यादित गराउँदै नेपाली समाजको कुना कन्दरामा रहेको लोक परम्पराको मौलिकपनलाई जोगाउन तथा दुःख, पिडा, हर्ष आँसुको अभिव्यक्तिको सशक्त माध्यम बनेको लोक तथा दोहोरीगीतको मर्मलाई जीवित राख्न लोकदोहोरीसँग आवद्ध सम्पूर्ण कलाकार एवं शुभेच्छुकहरु एकजुट भै सामाजिक संस्थाको स्थापना गरेका छौं ।

परिच्छेद

१. नाम र प्रारम्भः
(क) यस संस्थाको नाम राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालहुनेछ । यसलाई अंग्रेजीमा
 (National Folk and Duet Song Academy Nepal (NFDSAN) भनिनेछ ।
(ख) यो विधान स्वीकृत भएपछि तुरुन्त लागू गरिनेछ ।

२. परिभाषा
(क) विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमा प्रतिष्ठानभन्नाले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाललाई जनाउनेछ ।
(ख) विधानभन्नाले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको विधान २०५८ लाई बुझाउनेछ ।
(ग) सदस्यभन्नाले राष्ट्रिय दोहोरीगीत प्रतिष्ठान नेपालको विधान अनुसार सदस्यता प्राप्त गरेको साधारण, आजिवन, मानार्थ, संरक्षक तथा कार्यकारीणी सदस्यलाई जनाउनेछ ।
(घ) नियमभन्नाले यस प्रतिष्ठानको केन्द्र, अञ्चल र जिल्ला तथा काठमाडौं उपत्यका समन्वय समितिको कार्य सञ्चालन गर्नका लागि बनाईएको नियमलाई सम्झनु पर्दछ ।
(ङ) लोक गीतभन्नाले जनताका कण्ठबाट सहज र स्वभाविक रुपमा अभिव्यक्त हुने जनमानसमा परम्परादेखि गाँउदै र चल्दै आएको नेपाली गीतलाई बुझाउने छ ।
(च) दोहोरीगीत भन्नाले पुरुष र महिलाको बीचमा लोकलयमा आधारित गीतको माध्यमबाट गरिने दुःख, सुख, माया, प्रीति, पीडा, वेदना आदि जस्ता भावनात्मक अभिव्यक्तिको प्रतिस्पर्धालाई बुझाउने छ ।
(छ) अधिवेशनभन्नाले यस विधान अनुसार सम्पन्न हुने जिल्ला, क्षेत्र, ईलाका, काठमाडौं उपत्यका बिशेष समिति तथा गाँउ अधिवेशन तथा महाधिवेशनभन्नाले केन्द्रमा सम्पन्न हुने महाधिवेशनलाई बुझाउनेछ ।
(ज) लोक संस्कृतिभन्नाले समाजमा प्रचलित रितिरिवाज परम्परा र मौलिक संस्कृतिलाई बुझाउनेछ ।
(झ) कार्य समितिभन्नाले केन्द्रीय समिति, जिल्ला समिति, ईलाका समिति, काठमाडांै उपत्यका बिशेष समिति, तथा गाँउ समितिहरुलाई बुझाउनेछ । साथै अञ्चल समितिलाई भने अञ्चल समन्वय समिति भनिनेछ ।
(ञ) विधान सम्बन्धी कुनै अस्पष्टता तथा अड्चन भएमा सो को स्पष्ट व्याख्या गर्ने अधिकार केन्द्रिय समितिलाई हुनेछ ।
(ट) विधानको संसोधन, परिर्माजन गर्ने अधिकार केन्द्रीय महाधिवेशनलाई हुनेछ ।
(ठ) यो प्रतिष्ठान अविछिन्न उत्तराधिकारवाला एक स्वशासित गैर नाफा मुलक संगठित संस्था हुनेछ । यसले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्ने, भोग गर्ने र बेचविखन गर्न पाउने अधिकार हुनेछ । यसले आफ्नो नामबाट नालिश उजुर गर्ने र यस उपर पनि सोही नामबाट नालिश उजुर लाग्न सक्नेछ ।

३. नियम बनाउन सकिने:

प्रतिष्ठानको उद्देश्य तथा विधान कार्यान्वयनका लागि आवश्यक परे विधानको अधिनमा रही केन्द्रीय समितिले नियम बनाई कार्यान्वयन गर्न सकिनेछ ।

४. प्रतिष्ठानको छापः
यस संस्थानको छाप राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाललेखिएको हुनेछ ।
५. प्रतिष्ठानको झण्डाः यस प्रतिष्ठानको झण्डाको अनुसूची२ मा उल्लेख भए अनुसार हुनेछ ।
६. राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय कार्यालय काठमाडौंमा र अन्य समितिका कार्यालयहरु सम्बन्धित क्षेत्रमा नै हुनेछन् ।
७. यस प्रतिष्ठानको कार्य क्षेत्र नेपाल राज्यभरी हुनेछ ।



परिच्छेद २
८. उद्देश्य तथा कार्यक्रमः
(क) यो संस्था मुनाफा रहित जनहितकारी, गैर राजनितिक सामाजिक संस्था हुनेछ । साथै नेपाली मौलिक लोक संस्कृतिको संरक्षण सम्वद्र्धनका निमित्त कृयाशिल रहनेछ ।
(ख) आफ्नो भाषा र संस्कृतिको जगेर्नाको निम्ति सबै जात जाति, भेषभुषा र भाषा भाषीहरुलाई उत्साहित गर्ने ।
(ग) लोक प्रतिभाहरुलाई आफू भित्र अन्तरनिहित प्रतिभा प्रस्फुटनको अधिकाधिक अवसर प्रदान गर्ने ।
(घ) आवश्यकता अनुसार देश वा विदेशमा लोक तथा दोहोरीगीत प्रतियोगिता सञ्चालन गर्ने गराउने ।
(ङ) लोकसंगीतको संरक्षणको निम्ति लोक बाद्य सामाग्रीहरुको अधिकाधिक प्रयोग गर्ने ।
(च) लोक संस्कृतिको क्षेत्रमा उत्कृष्ठ योगदान पु¥याउने कुनै पनि संघ संस्था, कम्पनी वा व्यक्तिलाई विशिष्ट सम्मानको व्यवस्था गर्ने ।
(छ) गीत गायन क्षेत्रमा गायक वा गायिका, बाद्यवादक लेखक, संकलक तथा यसका शुभेच्छुकहरुमा राष्ट्रियता र नेपाली मौलिकपनको भावना जगाउन कृयाशिल रहने ।
(ज) गीत गायन क्षेत्रका गायक वा गायिका तथा यसका शुभेच्छुकहरुमा आपसी मैत्रीपूर्ण सद्भाव राख्ने ।
(झ) सबै नेपालीहरुमा राष्ट्रियता र नेपाली मौलिकपनको भावना जगाउन कृयाशिल रहने, समय समयमा नेपाल सरकारको स्वीकृती लिई विभिन्न प्रकारका लेख रचना तथा सम्बन्धित सामग्रीहरु प्रकाशन गर्ने, गराउने ।
(ञ) लोकगीत र दोहोरी गीतको अध्ययन, अनुसन्धान तालिम आदिको व्यवस्था गर्ने ।
(ट) अन्य रचनात्मक तथा सृजनात्मक काम गर्ने ।

परिच्छेद
९. सदस्यता सम्बन्धी ब्यवस्थाः
१. यस संस्थाको सदस्यता सम्बन्धी प्रकार, सदस्य हुन चाहिने योग्यता तथा अन्य ब्यवस्था निम्न बमोजिम रहनेछ ।
(क) साधारण सदस्यः यस प्रतिष्ठानको उद्धेश्य, नीति तथा कार्यक्रमप्रति निष्ठा राखी संस्थाको विधानलाई पूर्णरुपमा पालना गर्न ईच्छुक, लोक दोहोरी गायक, गायिका वा लोक गीत संगीतसंग आवद्ध रही कुनै न कुनै योगदान पु¥याएका समाजका प्रतिष्ठित, नेपाली नागरिक तोकिएको शुल्क तिरी संस्थाको साधारण सदस्य बन्नका लागि योग्य मानिनेछ ।
(ख) आजीवन सदस्यः यस प्रतिष्ठानको उद्धेश्य, नीति तथा कार्यक्रम प्रति निष्ठा राखी संस्थाको विधानलाई पूर्णरुपमा पालना गर्न ईच्छुक, लोक संस्कृति संरक्षण सम्वद्र्धनमा योगदान पु¥याएका समाजका प्रतिष्ठित, नेपाली नागरिक तोकिएको शुल्क लिई संस्थाको मातहत समितिको सिफारिस तथा केन्द्रीय समितिको निर्णयले आजीवन सदस्यता प्रदान गरिनेछ ।
(ग) मानार्थ सदस्यः नेपाली लोक संस्कृतिको संरक्षण सम्वद्र्धनमा समर्पित तथा प्रतिष्ठानलाई उल्लेखनीय योगदान पु¥याउने विशिष्ठ व्यक्ति वा संस्थालाई केन्द्रीय समितिको निर्णयद्वारा तोकिएको शुल्क लिई मानार्थ सदस्यता प्रदान गर्न सकिनेछ ।
(घ) संरक्षक सदस्यः यस प्रतिष्ठानको केन्द्रीय अध्यक्ष भई सकेका ब्यक्तिहरुलाई संरक्षक सदस्यता प्रदान गरिनेछ ।
(ङ) सल्लाहकार सदस्यः नेपाली लोकगीत संगीतमा बिशिष्ठ योगदान पु¥याएका वा संस्थालाई बिशेष सहयोग पु¥याउने ब्यक्तिलाई केन्द्रीय समितिको निर्णयले सल्लाहकार सदस्यता प्रदान गर्न सकिनेछ ।
२. सदस्यता शुल्कः संस्थाको सदस्यता शुल्क सम्बन्धी ब्यवस्था निम्न बमोजिम हुनेछ ।
(क) साधारण सदस्यता शुल्क रु. ५००÷–
(ख) आजीवन सदस्यता शुल्क रु. ११,१००÷–
(ग) मानार्थ सदस्यता शुल्क रु. १,०१,०००÷–
(घ) संरक्षक सदस्यता तथा सल्लाहकार सदस्यता बापत कुनै शुल्क लिईने छैन ।

१०. अयोग्यता सम्बन्धी व्यवस्थाः
(क) प्रतिष्ठानको विरुद्ध कार्य गर्ने यसका निती तथा कार्यक्रम खलल पार्ने प्रचार गर्ने एवं यो विधान अन्तर्गत नियम पालना नगर्ने साथै तीन पटकसम्म संस्थाको अहितमा बोलेको प्रमाण केन्द्रीय कार्य समितिमा फेला परेमा सो व्यक्तिलाई सदस्यताको निम्ति अयोग्य ठानिने छ ।

११. सदस्यता नरहने अवस्थाः
(क) मृत्यु भएमा
(ख) मानसिक असन्तुलन भएमा ।
(ग) सदस्यता नविकरण नभएमा ।
(घ) राजिनामा दिई स्वीकृत भएमा ।
ङ) प्रतिष्ठानको सम्बन्धित समितिको दुई तिहाई बहुमतले अयोग्य ठहराई निष्काशन गरेमा ।





परिच्छेद

१२. प्रतिष्ठानको सांगठनिक संरचनाः
१) राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको सांगठनिक संरचना देहाय अनुसार हुनेछः
(क) राष्ट्रिय महाधिवेशन
(ख) केन्द्रीय समिति
(ग) अञ्चल अधिवेशन
(घ) अञ्चल समिति
(ङ) काठमाडौ उपत्यका समन्वय समितिको अधिवेशन
(च) काठमाडौ उपत्यका समन्वय समिति
(छ) जिल्ला अधिवेशन
(ज) जिल्ला समिति
(झ) निर्वाचन क्षेत्र अधिवेशन
(ञ) निर्वाचन क्षेत्रीय समिति

२. यस प्रतिष्ठानको विधान बमोजिम सदस्यता प्राप्त गरेका जिल्ला भित्रका सम्पूर्ण सदस्यहरुको भेलालाई जिल्ला अधिवेशन भनिनेछ ।

(क) जिल्ला अधिवेशनले अध्यक्ष १, उपाध्यक्ष २, सचिव १, महिला सचिव, सह सचिव १, कोषाध्यक्ष १ तथा सह कोषाध्यक्ष १ तथा कम्तीमा ४ जना महिला रहने गरी बढिमा २५ जनासम्मको जिल्ला कार्य समिति निर्माण गर्न सक्नेछ ।

३. अञ्चल भित्र पर्ने सवै जिल्लाको प्रतिनिधित्व हुने गरी अञ्चल समितिले निर्णय गरे अनुसारको भेलालाई अञ्चल अधिवेशन भनिनेछ ।

(क) अञ्चल अधिवेशनले अध्यक्ष १, उपाध्यक्ष खुल्ला २, उपाध्यक्ष महिला १, महासचिव १, सचिव १, महिला सचिव, कोषाध्यक्ष १ तथा सह कोषाध्यक्ष १ तथा कम्तीमा ४ जना महिला रहने गरी मनोनित सदस्य ४ सहित बढिमा ३१ जना सम्मको अञ्चल कार्य समिति निर्माण गर्न सक्नेछ । केन्द्रीय समितिले आवश्यक ठानेमा कुनै अञ्चल समितिमा उपरोक्त संख्यामा रहेको सचिवमा १ सचिव पद थप गर्न सक्ने गरी अनुमति दिन सक्नेछ ।

४. काठमाडौं उपत्यका समन्वय समितिको काम, कर्तब्य, अधिकार र कार्य समिति अञ्चल कार्य समिति सरह हुनेछ । साथै सो को मातहतमा गठन हुने उप समितिहरुको काम, कर्तब्य, अधिकार र कार्य समिति जिल्ला समिति सरह हुनेछ ।

५. केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, केन्द्रीय समितिले तोकेको मापदण्डको आधारमा अञ्चल समिति, काठमाडौं उपत्यका समन्वय समिति, जिल्ला समितिहरुले तोकेका प्रतिनिधिहरु र केन्द्रीय समितिले तोके बमोजिमका प्रतिनिधिहरुको भेलालाई राष्ट्रिय महाधिवेशन भनिनेछ ।

६. जिल्ला समिति, अञ्चल समिति, काठमाडौं उपत्यका समन्वय समिति र राष्ट्रिय महाधिवेशन क्रमश ३÷३ बर्षमा हुनेछ । देशको कुनै बिषम राष्ट्रिय परिस्थिति आई परेमा केन्द्रीय समितिको निर्णयले बढिमा ६ (छ) महिना समय थप हुन सक्नेछ ।

७. केन्द्रीय समितिः राष्ट्रिय महाधिवेशनले अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, प्रथम उपाध्यक्ष १, द्वित्तीय उपाध्यक्ष १, महिला उपाध्यक्ष १, महासचिव १, उप महासचिव १, कोषाध्यक्ष १, सचिव ३, महिला सचिव १, सहकोषाध्यक्ष १, नेपाल सरकारले तोकेको संघीय प्रदेशको संयोजक ७, आरक्षित महिला सदस्य ५, खुल्ला तर्फका सदस्य १४ समेत ३९ जनाको निर्वाचन तथा निवर्तमान केन्द्रीय अध्यक्ष पदेन सदस्य एवं केन्द्रीय समितिले मनोनित गर्ने सदस्य ५, हुने गरी जम्मा ४५ जनाको केन्द्रीय समिति हुनेछ । निवर्तमान अध्यक्षको मर्यादाक्रम अध्यक्षको भन्दा तल र बरिष्ठ उपाध्यक्ष भन्दा माथि हुनेछ ।

८. प्रत्येक आर्थिक बर्ष समाप्त भएको ३ महिना भित्र सबै समितिले बार्षिक साधारण सभा गर्नु पर्नेछ ।

९. प्रतिष्ठानको सांगठानिक संरचना सम्बन्धी अन्य ब्यवस्थाः

(क) नेपालको संविधान बमोजिम प्रदेश सम्बन्धी ब्यवस्था कार्यन्वयन हुदाँका अवस्थामा सम्बन्धित प्रदेश क्षेत्रमा पर्ने जिल्ला÷क्षेत्रलाई अञ्चल क्षेत्र सरह मानी सोही आधारमा प्रदेश समिति गठन गरिनेछ । अञ्चल समितिको काम कर्तव्य र अधिकार स्वतः प्रदेश समितिमा स्थानान्तरण हुनेछ ।

(ख) नेपाल राज्यभन्दा बाहिर बिभिन्न मुलुकमा रोजगारी वा अन्य कामका शिलशिलामा अस्थायी÷स्थायी रुपमा बसोवास गर्ने नेपाली लोक दोहोरी गीत संगीतको संरक्षण, सम्वद्र्धनका लागि प्रतिष्ठानको विधान बमोजिमको कार्य गर्न ईच्छुक नेपाली भाषीहरुलाई यस संस्थामा आवद्ध गर्नका लागि देहाय बमोजिमको ब्यवस्था गरिएको छ ।

१. कुनै १ देशमा गठित समितिलाई जिल्ला समिति र १ भन्दा बढि देशमा रहने कलाकारहरु संगठित भएमा अञ्चल समिति सरह मान्यता हुनेछ ।

२. त्यस्ता समितिहरुको काम कारवाहीलाई समन्वय एवं नियमन गर्नका लागि केन्द्रीय समितिले बैदेशिक बिभाग निर्माण गरी कार्य सञ्चालन गर्नेछ ।

३. यस विधान बमोजिमको प्रावधानपूर्व गठित विदेशका समितिहरु केन्द्रीय समितिको अनुमति पश्चात यसै विधान बमोजिम गठित भएको मानिनेछ ।

४. यसरी गठित समितिले त्यस्तो देशमा कुनै पनि कार्यक्रम गर्दा सम्बन्धित मुलुक स्थीत नेपाली राजदुतावाससंग समन्वय गरी स्विकृती लिएरमात्र गर्नेछ ।

१३. राष्ट्रिय महाधिवेशनको काम, कर्तव्य र अधिकार:

राष्ट्रिय महाधिवेशनको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछन्ः
(क) केन्द्रीय समितिको निर्वाचन सम्पन्न गर्ने ।
(ख) आर्थिक प्रतिवेदन पास गर्ने ।
(ग) सांगठनिक प्रतिवेदन पास गर्ने ।
(घ) भावी कार्य योजना तयार पार्ने ।
(ङ) केन्द्रीय समितिको कामको समिक्षा गर्ने ।
(च) निर्वाचन समिति तयार पार्ने ।
(छ) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न प्रस्तावहरु पास गर्ने ।
(ज) बिधानमा आवश्यक परिवर्तन गर्ने ।
(झ) तोकिएका सम्मान प्रदान गर्ने ।


१३.१.बार्षिक साधारण सभाका काम, कर्तब्य र अधिकार देहाय बमोजिम हुनेछन्।

(क) गत आर्थिक बर्षको कार्य प्रगतिको समीक्षा गर्ने ।
(ख) गत आर्थिक बर्षको आर्थिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने एवं चालु आर्थिक बर्षका लागि कार्य योजना तयार पार्ने ।
(ग) मातहतका समितिहरुको कार्य सम्पादनको यथार्थ मुल्यांकन गरी तथा निर्देशनका लागि जिल्ला समितिले अञ्चल समिति तथा अञ्चल समितिले केन्द्रीय समिति समक्ष सिफारिस गर्ने ।
१४. केन्द्रीय समितिको काम, कर्तब्य र अधिकारः
(क) राष्ट्रियस्तरका लोक तथा दोहोरीगीत प्रतियोगिता आयोजना गर्ने ।
(ख) राष्ट्रिय तथा अन्तराष्ट्रिय लोक तथा दोहोरीगीत प्रतियोगिताहरुमा निर्णायक तोक्ने ।
(ग) अञ्चल समन्वय समितिको गठन गर्ने ।
(घ) राष्ट्रिय महाधिवेशनका लागि तयारी गर्ने ।
(ङ) आवश्यक विभिन्न उपसमितिहरु गठन गर्ने, तिनीहरुको काम, कर्तब्य र अधिकार तोक्ने र कार्यावधि समाप्त भएपछि तिनीहरुको विघटन गर्ने ।
(च) वार्षिक कार्यक्रम तयार पार्ने ।
(छ) आर्थिक स्रोत जुटाउने ।
(ज) गोष्ठी, सेमिनार आदिको आयोजना गर्ने, सहभागी हुने
(झ) मातहतका कमिटिलाई आवश्यक सुझाव दिने ।
(ञ) संस्थाका उद्देश्य पूर्तिका लागि आवश्यक काम गर्ने ।
(ट) बिधानलाई स्पष्ट पार्ने
(ठ) कार्यालय खोल्ने र सञ्चालन गर्ने ।
(ड) आवश्यक कर्मचारी नियुक्त गर्ने र वेतन तोक्ने ।
(ढ) आजीवन, मानार्थ सदस्यता प्रदान गर्ने ।
(ण) तोकिएका सम्मान प्रदान गर्ने ।
(त) लोक संस्कृतिको जगेर्ना हुनेखालका अन्य कार्यक्रम गर्ने ।

१५. जिल्ला समितिको काम, कर्तब्य र अधिकारः

(क) जिल्ला स्तरमा लोक दोहोरीगीत प्रतियोगिताहरुको आयोजना गर्ने ।
(ख) साधारण सदस्यता वितरण गर्ने ।
(ग) आजीवन सदस्यताको लागि केन्द्रीय समितिलाई सिफारिस गर्ने ।
(घ) लोक दोहरीगीत प्रतियोगितामा सहभागी समुहहरु लैजाने ।
(ङ) जिल्ला कोषको व्यवस्था गर्ने ।
(च) कार्यालय सञ्चालन सम्बन्धी ब्यवस्था गर्ने ।
(छ) विभिन्न संघ संस्थासंग सम्बन्ध कायम गर्ने ।
(ज) सांस्कृतिक सम्पदा संरक्षणमा स्थानीय निकायहरुसँग सहकार्य गर्ने ।
(झ) केन्द्रीय तथा अञ्चल समितिले गरेको निर्देशन पालना गर्ने ।
(ञ) लोक कलाकारहरुलाई सम्मान, पुरस्कार आदिको व्यवस्था गर्ने ।
(ट) सदस्यहरुलाई सुसुचित गर्ने ।
(ठ) सदस्यता शुल्क नियमित उठाई ६० प्रतिशत जिल्ला कोषमा राखि ३० प्रतिशत केन्द्रीय कोषमा र १० प्रतिशत अञ्चलमा पठाउने ।
(ड) एउटा प्रतियोगी दोहोरी समूह अनिवार्य रुपमा बनाउनै पर्ने ।

१६. अञ्चल समितिको काम, कर्तव्य र अधिकार:

(क) अञ्चल स्तरमा लोक तथा दोहोरी गीत प्रतियोगिता आयोजना गर्ने ।
(ख) अञ्चलको बार्षिक कार्यक्रम तयार पार्ने ।
(ग) आर्थिक श्रोत जुटाउने ।
(घ) आफ्नो अञ्चल भित्र पर्ने जिल्लाहरुमा समन्वयात्मक कार्य गर्ने
(ङ) लोक कलाकार, लोक दोहोरी क्षेत्रमा बिशिष्ठ योगदान गर्ने संघ संस्था वा व्यक्तिहरुलाई सम्मान, पुरस्कार आदिको ब्यवस्था गर्ने ।
(च) केन्द्रीय समितिले तोकेका कार्यहरु गर्ने, नेपाली मौलिक लोक संस्कृति संरक्षणका निम्ति स्थानिय निकायहरुसंग सहकार्य गर्ने ।
(छ) अञ्चल अधिवेशन गर्ने गराउने ।
(ज) आफ्नो अञ्चल भित्रका विभिन्न संघ संस्थाहरुसंग सम्बन्ध कायम गर्ने ।



परिच्छेद
१७. केन्द्रीय समितिका पदाधिकारीहरुको काम कर्तब्य र अधिकार देहाय बमोजिम हुनेछन् ।

१. अध्यक्ष:
(क) समिति र सभाको बैठकको अध्यक्षता गर्ने, बैठक सञ्चालन गर्ने ।
(ख) निर्णयक मत दिने ।
(ग) प्रतिष्ठानको तर्फबाट प्रतिनिधित्व गर्ने वा प्रतिनिधि तोक्ने ।
(घ) संस्थाको नेतृत्व गर्ने ।
(ङ) आवश्यकता अनुसार बैठकहरु बोलाउन महासचिवलाई निर्देशन दिने ।
(च) अन्य पदाधिकारी एवं सदस्यहरुलाई कामको बाँडफाँड गर्ने ।
(छ) अभिलेख प्रमाणित गर्ने ।
(ज) आफ्नो अनुपस्थिती रहने समयमा कार्यबाहक अध्यक्षको जिम्मेवारी तोक्ने ।

२. बरिष्ठ उपाध्यक्षः
(क) अध्यक्षलाई सहयोग गर्ने ।
(ख) अध्यक्षको अनुपस्थितिमा निजको कार्य गर्ने ।
(ग) तोकिएका अन्य काम गर्ने ।


३. प्रथम उपाध्यक्षः
(क) बरिष्ठ उपाध्यक्षलाई सहयोग गर्ने ।
(ख) अध्यक्ष तथा बरिष्ठ उपाध्यक्षको अनुपस्थितिमा निजको कार्य गर्ने ।
(ग) तोकिएका अन्य काम गर्ने ।

४. द्वित्तीय उपाध्यक्षः
(क) प्रथम उपाध्यक्षलाई सहयोग गर्ने ।
(ख) अध्यक्ष, बरिष्ठ उपाध्यक्ष तथा प्रथम उपाध्यक्षको अनुपस्थितिमा निजको कार्य गर्ने ।
(ग) तोकिएका अन्य काम गर्ने ।

५. महिला उपाध्यक्षः
(क) अध्यक्षलाई सहयोग गर्ने ।
(ख) अध्यक्षले तोकेको जिम्मेवारी पुरा गर्ने ।
(ग) तोकिएका अन्य काम गर्ने ।

६. महासचिवः
(क) संस्थाको सचिवालयको रेखदेख र संचालन गर्ने ।
(ख) अध्यक्षको निर्देशन अनुसार बैठक र सभा बोलाउने ।
(ग) प्रतिष्ठानको अभिलेख सुरक्षित राख्ने ।
(घ) केन्द्रीय महाधिवेशनमा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्ने ।
(ङ) तोकिएका अन्य काम गर्ने ।

७. उप महासचिवको काम, कर्तव्य र अधिकार:
(क) महासचिवलाई सहयोग गर्ने ।
(ख) महासचिवले दिएको जिम्मेवारी पुरा गर्ने ।
(ग) महासचिवको अनुपस्थितीमा निजले गरी आएको कार्य गर्ने ।
(घ) कुनै कारणवश महासचिवको पद रिक्त भएमा अर्को ब्यवस्था नभएसम्म महासचिवको रुपमा कार्य गर्ने ।

८. कोषाध्यक्षको काम कर्तव्य र अधिकार:
(क) संस्थाको कोषको रेखदेख र सञ्चालन गर्ने ।
(ख) साधारण सभामा बार्षिक कार्यक्रम र बजेट तथा केन्द्रीय महाधिवेशनमा आर्थिक प्रतिवेदन पेस गर्ने ।
(ग) लेखा दुरुस्त राख्ने ।
(घ) केन्द्रीय कोषको सञ्चालन एवं नियमितरुपमा बार्षिक लेखापरीक्षण गराउने ।
ङ) तोकिएको अन्य काम गर्ने ।

९. सचिवः
(क) महासचिव एवं उपमहासचिवलाई सहयोग गर्ने ।
(ख) संस्थाको सचिवालय सञ्चालनमा सहयोग गर्ने
(ग) तोकिएको अन्य काम गर्ने ।

१०. सहकोषाध्यक्षः
क कोषाध्यक्षलाई सहयोग गर्ने ।
ख) कोषध्यक्षको अनुपस्थितीमा निजको सवै कार्य गर्ने ।

११. सदस्य:
(क) समितिको बैठकमा सक्रिय सहभागिता जनाउने ।
(ख) संस्थाको कार्यमा रचनात्मक भूमिकाको निर्वाह गर्ने ।
(ग) संस्थाको उद्धेश्य अनुरुप तय गरिएका बिभिन्न योजना, कार्यक्रमहरु सम्पन्न गर्न आवश्यक कार्य गर्ने ।
(घ) तोकिएको जिम्मेवारी पुरा गर्ने ।

१८.अञ्चल समितिका पदाधिकारीहरुको काम कर्तब्य र अधिकार देहाय बमोजिम हुनेछन् ।
१. अध्यक्ष:
(क) समिति र सभाको बैठकको अध्यक्षता गर्ने, बैठक सञ्चालन गर्ने ।
(ख) केन्द्रीय समिति र जिल्ला समितिसंग समन्वय गर्ने ।
(ग) निर्णयक मत दिने ।
(घ) अन्य पदाधिकारी एवं सदस्यहरुलाई काम तोक्ने र मुल्यांकन गर्ने ।
(ङ) अञ्चल स्तरमा प्रतिष्ठानको नेतृत्व गर्ने ।
(च) केन्द्रको निर्देशन पालना गर्ने ।
(छ) अञ्चल सम्मेलनले तोकेको काम गर्ने ।

२. बरिष्ठ उपाध्यक्षः
(क) अध्यक्षलाई सहयोग गर्ने ।
(ख) अध्यक्षको अनुपस्थितिमा निजको कार्य गर्ने ।
(ग) तोकिएका अन्य काम गर्ने ।

३. प्रथम उपाध्यक्षः
(क) बरिष्ठ उपाध्यक्षलाई सहयोग गर्ने ।
(ख) अध्यक्ष तथा बरिष्ठ उपाध्यक्षको अनुपस्थितिमा निजको कार्य गर्ने ।
(ग) तोकिएका अन्य काम गर्ने ।

४. द्वित्तीय उपाध्यक्षः
(क) प्रथम उपाध्यक्षलाई सहयोग गर्ने ।
(ख) अध्यक्ष, बरिष्ठ उपाध्यक्ष तथा प्रथम उपाध्यक्षको अनुपस्थितिमा निजको कार्य गर्ने ।
(ग) तोकिएका अन्य काम गर्ने ।

५. महिला उपाध्यक्षः
(क) उपाध्यक्षहरुसंग मिलेर गर्ने ।
(ख) अध्यक्ष, बरिष्ठ उपाध्यक्ष तथा प्रथम उपाध्यक्षको अनुपस्थितिमा निजको कार्य गर्ने ।
(ग) तोकिएका अन्य काम गर्ने ।

६. महासचिवः
(क) कार्यालय संचालन सम्बन्धी जिम्मेवारी लिने ।
(ख) अध्यक्षको निर्देशन अनुसार बैठक र सभा बोलाउने ।
(ग) अञ्चल सम्मेलनमा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्ने ।
(ङ) तोकिएका अन्य काम गर्ने ।

७. कोषाध्यक्ष:
(क) संस्थाको कोषको रेखदेख र सञ्चालन गर्ने ।
(ख) साधारण सभामा बार्षिक कार्यक्रम र बजेट तथा केन्द्रीय महाधिबेशनमा आर्थिक प्रतिवेदन पेस गर्ने ।
(ग) लेखा दुरुस्त राख्ने ।
(घ) केन्द्रीय कोषको सञ्चालन एवं नियमितरुपमा बार्षिक लेखापरीक्षण गराउने ।
(ङ) तोकिएको अन्य काम गर्ने ।

८. सचिवः
(क) महासचिवलाई सहयोग गर्ने ।
(ख) महासचिवको अनुपस्थितीमा महासचिवको सवै काम गर्ने ।

९. सहकोषाध्यक्षः
(क) कोषाध्यक्षलाई सहयोग गर्ने ।
(ख) कोषाध्यक्षको अनुपस्थितीमा निजको सवै कार्य गर्ने ।

१०. सदस्य:
(क) समितिको बैठकमा सक्रिय सहभागिता जनाउने ।
(ख) संस्थाको कार्यमा रचनात्मक भूमिकाको निर्वाह गर्ने ।
(ग) संस्थाको उद्धेश्य अनुरुप तय गरिएका बिभिन्न योजना, कार्यक्रमहरु सम्पन्न गर्न आवश्यक कार्य गर्ने ।
(घ) तोकिएको जिम्मेवारी पुरा गर्ने ।

१९. जिल्ला समितिका पदाधिकारीहरुको काम कर्तब्य र अधिकार देहाय बमोजिम हुनेछन् ।

१. अध्यक्ष:
(क) समिति र सभाको बैठकको अध्यक्षता गर्ने, बैठक सञ्चालन गर्ने ।
(ख) केन्द्रीय समिति र अञ्चल समितिसंग समन्वय गर्ने ।
(ग) निर्णयक मत दिने ।
(घ) अन्य पदाधिकारी एवं सदस्यहरुलाई काम तोक्ने र मुल्यांकन गर्ने ।
(ङ) जिल्ला स्तरमा प्रतिष्ठानको नेतृत्व गर्ने ।
(च) केन्द्र तथा अञ्चलको निर्देशन पालना गर्ने ।
(छ) जिल्ला सम्मेलनले तोकेको काम गर्ने ।
(ज) क्षेत्रीय समितिहरुलाई आवश्यक निर्देशन दिने ।

२. प्रथम उपाध्यक्षः
(क) अध्यक्षलाई सहयोग गर्ने ।
(ख) अध्यक्षको अनुपस्थितिमा निजको कार्य गर्ने ।
(ग) तोकिएका अन्य काम गर्ने ।

३. द्वित्तीय उपाध्यक्षः
(क) प्रथम उपाध्यक्षलाई सहयोग गर्ने ।
(ख) अध्यक्ष, तथा प्रथम उपाध्यक्षको अनुपस्थितिमा निजको कार्य गर्ने ।
ग) तोकिएका अन्य काम गर्ने ।

४. सचिवः
(क) कार्यालय संचालन सम्बन्धी जिम्मेवारी लिने ।
(ख) अध्यक्षको निर्देशन अनुसार बैठक र सभा बोलाउने ।

५. कोषाध्यक्ष:
(क) संस्थाको कोषको रेखदेख र सञ्चालन गर्ने ।
(ख) साधारण सभामा बार्षिक कार्यक्रम र बजेट तथा जिल्ला अधिवेशनमा आर्थिक प्रतिवेदन पेस गर्ने ।
(ग) लेखा दुरुस्त राख्ने ।
(घ) कोषको सञ्चालन एवं नियमितरुपमा बार्षिक लेखापरीक्षण गराउने ।
(ङ) तोकिएको अन्य काम गर्ने ।

६. सहसचिवः
(क) सचिवलाई सहयोग गर्ने ।
(ख) सचिवको अनुपस्थितिमा महासचिवको सवै काम गर्ने ।

७. सहकोषाध्यक्षः
(क) कोषाध्यक्षलाई सहयोग गर्ने ।
(ख) कोषाध्यक्षको अनुपस्थितीमा निजको सवै कार्य गर्ने ।

९. सदस्य:
(क) समितिको बैठकमा सक्रिय सहभागिता जनाउने ।
(ख) संस्थाको कार्यमा रचनात्मक भूमिकाको निर्वाह गर्ने ।
(ग) संस्थाको उद्धेश्य अनुरुप तय गरिएका बिभिन्न योजना, कार्यक्रमहरु सम्पन्न गर्न आवश्यक कार्य गर्ने ।
(घ) तोकिएको जिम्मेवारी पुरा गर्ने ।

परिच्छेद

२०. आर्थिक ब्यवस्था
क) यस संस्थाको हरेक समितिको एउटा कोष रहनेछ । कोषलाई बिभिन्न श्रोतबाट प्राप्त हुने आम्दानी, केन्द्रीय समिति र अञ्चल समितिको हकमा अध्यक्ष, महासचिव र कोषाध्यक्ष गरी तीन जनाको संयुक्त दस्तखतबाट तथा जिल्ला समितिको हकमा अध्यक्ष, महासचिव र कोषाध्यक्ष गरी तीन जनाको संयुक्त दस्तखतबाट सञ्चालन हुने गरी पायक पर्ने बैंकमा खाता खोली सञ्चालन गरी ब्यवस्थित गर्नु पर्नेछ ।
(ख) प्रतिष्ठानको आयस्रोत देहाय बमोजिम हुनेछ ।
(क) सदस्यता वितरण तथा नविकरण शुल्क,
(ख) कोषमा जम्मा गरिने मासिक शुल्क,
(ग) राष्ट्रिय तथा नेपाल सरकारको पूर्व स्वीकृति लिई अन्र्तराष्ट्रिय दातृसंस्था तथा व्यक्तिबाट प्राप्त हुने सहयोग वा सहायताको रकम ।
(घ) सरकारी अनुदान रकम ।
(ङ) प्रतिष्ठानले बेला बेलामा आयोजना गरेका विभिन्न कार्यक्रमहरुबाट प्राप्त हुने आम्दानी ।

२१. लेखापरीक्षणः
(क) यस प्रतिष्ठानको वार्षिक आयव्ययलाई नेपाल सरकारको मान्यता प्राप्त लेखा परिक्षकद्वारा आर्थिक वर्षको समाप्ती पछि लेखा परिक्षण गराइने छ ।
(ख) उक्त लेखापरिक्षक प्रतिवेदन प्रत्येक वर्ष स्थानीय अधिकारीको कार्यालय र समाज कल्याण परिषद्मा पेश गरिने छ ।

२२. संक्रमणकालीन अवस्थाः
(क) विधान दर्ता भएको ६ महिना भित्र यस विधान अनुरुप नँया कार्य समिति गठन गरिने छ ।
(ख) विधान दर्ता गर्दा भएको तदर्थ समिति पहिलो सम्मेलन नभएसम्म कायम रहनेछ ।
(ग) यो विधान दर्ता गर्न भन्दा अगाडि भए गरेका सम्पूर्ण कार्यहरु यसै विधान बमोजिम भएको मानिनेछ ।

परिच्छेद
२३. निर्वाचन सम्बन्धी व्यवस्थाः
१. प्रतिष्ठानको निर्वाचन सम्बन्धी व्यवस्था देहाय बमोजिम हुनेछ ।
(क) राष्ट्रिय महाधिवेशनले केन्द्रीय समितिको निर्वाचन गर्नेछ ।
(ख) अञ्चल, काठमाडौं उपत्यका समन्वय समिति, जिल्ला समिति तथा अन्य समितिहरुको अधिवेशनले सम्बन्धित समितिको निर्वाचन गर्नेछ ।
(ग) निर्वाचनमा उम्मेदवार हुन जिल्ला समितिको लागि सदस्यता लिएको १ बर्ष, अञ्चल तथा काठमाडौं उपत्यका समन्वय समिति वा केन्द्रीय समितिको हकमा मातहतको समितिमा १ कार्यकाल काम गरेको हुनुपर्ने र अध्यक्ष पदको उम्मेदवार हुनका लागि सम्बन्धित समितिको पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनु पर्नेछ ।
(घ) कुनै पनि समितिको अध्यक्ष दुई कार्यकाल भन्दा बढि कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवार हुन पाउने छैन ।
(ङ) यस विधानको दफा १२ बमोजिमका प्रतिनिधिहरुले सम्बन्धित समितिको निर्वाचनमा भाग लिन पाउनेछन् ।
२. महाधिवेशन÷अधिवेशन तयारी बैठकद्वारा सम्बन्धित समितिले एक संयोजक र दुई सदस्य गरी ३ सदस्यीय निर्वाचन समिति गठन गरिनेछ ।
३. निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यबिधि निर्वाचन समितिले नै तयार गर्नेछ ।
४. निर्वाचित पदाधिकारीहरुले निर्वाचन समितिको संयोजकबाट विधानको अनुसूची३ मा उल्लेख भए बमोजिम ढाँचामा पद तथा गोपनियताको सपथग्रहण गर्नेछन् ।

२४. गणपुरक संख्याः
(क) यस प्रतिष्ठानको राष्ट्रिय महाधिवेशन तथा अन्य अधिवेशनहरुको गणपुरक संख्या ६० प्रतिशत सदस्यहरुको उपस्थितिलाई मानिनेछ । यदि पहिलो पटकमा आवश्यक संख्या नपुगी हुन नसकेमा अन्य पटकका लागि ५१ प्रतिशत उपस्थितिलाई गणपूरक संख्या भएको मानिनेछ ।
(ख) यस प्रतिष्ठानको हरेक तहको बैठकको गणपूरक संख्या ५१ प्रतिशतलाई मानिने छ भने बहुमत भन्नाले उपस्थित संख्याको ५१ प्रतिशतलाई मानिनेछ ।


२५. अविश्वासको प्रस्तावः
प्रतिष्ठानको कुनैपनि पदाधिकारीका विरुद्ध उपयुक्त कारण देखाई अविश्वासको प्रस्ताव दर्ता गर्न एक तिहाई सदस्यहरुको हस्ताक्षर आवश्यक पर्नेछ । सम्बन्धित समितिले दुई तिहाई बहुमतबाट पारित गरेमा अभियोग लागेको सदस्यलाई समितिबाट हटाई अर्को व्यक्ति मनोनयन गरिनेछ तर अभियोग लागेको व्यक्तिलाई सफाई दिने मौकाबाट बञ्चित गरिने छैन ।

२६. विधान संशोधन र नियमावलीः
(१) यस विधानमा कुनै दफा थप्नु वा हटाउनु परेमा वा भाषा परिमार्जन गर्नु परेमा केन्द्रीय महाधिवेशनको दुई तिहाई सदस्यहरुबाट पारित गरी स्थानीय अधिकारीबाट स्वीकृत गराउनु पर्नेछ ।

(२) प्रचलित कानूनको अधिनमा रही यो विधानसँग नबाझिने गरी प्र्रतिष्ठानको उद्देश्य हासिल गर्न केन्द्रीय समितिले विभिन्न नियम उपनियमहरु बनाई लागू गर्न सक्नेछ ।

२७. दण्ड, सजाय प्रशंसा एवम् पुरस्कारः
(१) यस प्रतिष्ठानप्रति कसैले हानी नोक्सानी पुग्ने काम गरेमा प्रतिष्ठानको निर्णय बमोजिम हर्जना असुली वा आवश्यकता अनुरुप गल्तीको प्रकृति हेरी सम्बन्धित निकायमा कारवाही चलाउन सक्नेछ ।

(२) यस प्रतिष्ठानको हितका निम्ति उल्लेखनीय योगदान पु¥याउने जो सुकैलाई पनि केन्द्रीय समिति तथा अन्य समितिहरुले पुरस्कार तथा प्रशंसा पत्र प्रदान गर्न सक्नेछन् ।


२८. संस्था विघटनः
यस विधान बमोजिम कार्य गर्न नसकी वा अन्य कुनै कारणबाट संस्था बिघटन भएमा यसको सम्पूर्ण जायजेथा (चल अचल सम्पत्ती) नेपाल सरकारमा सर्नेछ ।

२९. बचाउः
यस विधानमा जुनसुकै कुरा लेखिएको भएता पनि प्रचलित ऐन कानुनसँग बाझिन गएमा बाझिएको हदसम्म स्वतः अमान्य हुनेछ ।


अनुसूची

प्रतिष्ठानको लोगो निम्नानुसारको हुनेछ:

यस प्रतिष्ठानको लोगो ३ से.मी. चौडाई ४.५ से.मी. लम्बाईको अण्डाकार घेराभित्र माथिल्लो भागमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपालतथा तल्लो भागमा सम्बन्धित कार्यसमिति लेखिएको
हुनेछ । विच भागमा अनुसूची२ मा उल्लेख गरिए अनुसारको चित्र अंकित हुनेछ ।


  
अनुसूची

प्रतिष्ठानको झण्डा देहाय अनुसारको हुनेछ ।

यस राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपालको झण्डा १ मी. लम्बाइ र ०.७५ मी. चौडाइ साइजको निलो रङको कपडाको बीच भागमा नेपालको नक्शा बनाई नक्शा भित्र पश्चिमबाट पूर्व फर्केको पुरुष, पूर्वबाट पश्चिम फर्केको महिलाको चित्र बनाई बीच भागमा मादललाई बाँसुरी र सारङ्गीले क्रस गरेको चित्र अंकित हुनेछ ।

अनुसूची
शपथः
म.....................यस गरिमामय राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अधिवेशनबाट .............................. पदमा निर्वाचित÷मनोनित भएको यस घडीमा अधिवेशन समक्ष यो सपथ लिन्छुकी, म मेरो सामथ्र्यले भ्याएसम्म व्यक्तिगत स्वार्थ भन्दा पर रहेर प्रतिष्ठानको हितका लागि दत्तचित्त भएर काम गर्नेछु । नेपाली लोक संस्कृतिको संरक्षण सम्वर्धनमा दिलोज्यानले समर्पित हुनेछु । म आवद्ध यस संस्थाको अहितमा पदमा रहदा वा नरहदा कुनै काम गर्ने, गराउने छैन । साथै संस्थाको गोपनियता समेत भंग गर्ने छैन ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालः जिन्दावाद !

जय लोकदोहोरी ।




संस्थापक कार्य समिति २०५८

१. अमर विरही गुरुङ्ग -अध्यक्ष
२. दुर्गा रायमाझी -उपाध्यक्ष
३. तेजबहादुर के.सी. -सचिव
४. चन्द्र शर्मा÷रमेश वि.जी. -सहसचिव
५. शान्ता न्यौपाने÷शान्ति गुरुङ्ग÷सीता थापा -कोषाध्यक्ष
६. प्रजापति पराजुली -सदस्य
७. पुरुषोत्तम न्यौपाने -सदस्य
८. हरिप्रसाद न्यौपाने -सदस्य
९. देवी गौतम -सदस्य
१०. कृष्ण बहादुर गुरुङ्ग -सदस्य
११. रामचन्द्र अर्याल -सदस्य
१२. धनकुमारी थापा -सदस्य
१३. गजेन्द्र आले -सदस्य
१४. शिबु गिरी -सदस्य
१५. मधुराम दुवाडी -सदस्य
१६. लक्ष्मी पुन -सदस्य
१७. सृजना विरही थापा -सदस्य
१८. शिवनारायण जोशी -सदस्य

No comments: