DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Saturday, September 12, 2015

मेहनत मा विश्वास गर्छु,नो सर्टकर्ट-विनु सुवेदी(मोडल-मेरो भेना हड•कड• को लाहुरे)



          तिज गीत मार्फत धेरै मोडल हरु को आगमन हुन्छ,डेब्यु मोडल हरु ले प्राय चर्चित गायक गायीका हरु का गीत मा लगानी नै गरेर पनि मोडलिड• गर्न मन पराउछन ताकी आगमन नै चर्चित गीत बाट होस,पुराना मोडल र फिल्म का चर्चित नायीका हरु पनि तिजको गीतमा नाच्नु लाई अवसर कै रुपमा लिन्छन,चर्चित गायीका विष्णु माझीको तिज गीत भिनाजु पल्केर मा सुमीना घिमीरे र मेन्दीलगाउ एई बुडा मा सुस्मा अधिकारी को नृत्य ले ति गीत हरु लाई थप ग्ल्यामर बनाउन मद्दत गरेको कुरा हामी माझ विदीतै छ,यस्तै मा विष्णु माझी कै पछिल्लो तिज गीत "मलाई त फिरी छ" मा महा नायक राजेस हमाल संग कन्फिडेन्सीयल एक्टिड• र दमदार नृत्य प्रस्तुत गरेर अचानक चर्चा मा आएकी शंकरदेव क्याम्पस मा विविएस तेश्रो वर्ष मा अध्ययनरत मोडल विनु सुवेदी संग हाम्रा प्रतिनिधी ले गरेको रमाईलो कुराकानी।
       तपाई को कलाकारीता मा आगमन कसरी भयो भन्ने हाम्रो प्रश्न मा विनु मुस्कुराईन र छड्के नजर घुमाउदै बोलीन-हेर्नुस मेरो घर सुर्खेत हो सुर्खेत मै रहदा म सुर्खेत डान्स आईडल कम्पिटीसन मा प्रथम भएकी थिएँ,तिनै प्रतिष्पर्धा मा प्रस्तुत मेरा भिडीयो हरु हजुर युट्युव मा पनि हेर्न सक्नुहुन्छ,त्यही प्रतिष्पर्धा जितेपछी मलाई पर्दा मा आउन रहर बढेको हो,त्यस लगत्तै घनस्याम खड्का को "हातमा बाला सोल्टिना" भन्ने गीतमा मोड्लीड• गरेपछी मेरो पर्दा मा औपचारिक आगमन भएको हो,र ईन्ट्री लाई निरन्तरता दिदै यही क्षेत्र मा लागीरहन म संघर्षरत छु,त्यसपछी मैले अन्जु पन्त को स्वार्थि रैछौ सानु तिमी भन्ने गीत मा काम गरें त्यो गीत मा गरेको मेरो अभीनय को सह्राहना गर्नुभयो दर्शक हरु ले अनी म नृत्य र अभिनय दुवै क्षेत्र मा काम गर्न सक्छु भन्ने निर्णय मा पुगें।
      कति वटा गीत मा काम गरेपछी राजेस हमाल संग अभीनय गर्ने मौका पाउनुभो भन्ने प्रश्न मा विनु भन्छीन-हुन त मेरा ८-९ वटा भिडीयो हरु सुटिड• भैसकेका छन कतिपय को काम बाँकी भएको ले रिलीज हुन वाँकी छन भने कति को काम लगभग सकिएर रिलीज को संघार मा छन।संख्यात्मक भन्दा पनि गुणात्मकता मा ध्यान दिएर अभिनय गर्ने अभिप्राय ले नै मैले धेरै भिडीयो हरु गरिन कीन की कुनै कुनै अली फरक खाल का गीत मा नाच्ने अफर पनि आईरहेका थिए तर म गीत को आशय मन नपरेसम्म गीत मा खेल्न सकिन फेरी म यो क्षेत्र मा आएको पनि कतिनै भयो र भिडीयो हरु विस्तारै बढ्दैछन जे होस म संतुष्ट छु।
       राजेस हमाल जस्तो ठुलो कलाकार संग अभिनय गर्दा कस्तो अनुभव गर्नुभो भन्ने प्रश्न मा विनु गम्भिर बनिन,बास्तव मा म आफै महसुस गर्छु कि मेरो कन्फिडेन्ट लेवल हाई छ,म छिटो नर्भस हुन्न कीन की म कुनै हालत मा हार्न चाहन्न,अँ सुरु मा राजेस हमाल संग अभिनय र नृत्य गर्ने कुरा ले थोरै नर्भस बनाएपनि राजेस सर को ब्यबाहार र हौसला ले मलाई नर्भस हुनु परेन,सिव विक सर को सपोर्ट ले पनि मैले यो गीत मा राजेस हमाल संग खुलेर अभिनय र नृत्य गर्न सकें।अग्रज को सपोर्ट र आफ्नो कन्फिडेन्ट लाई म्याच गराउन सकियो भने महत्वाकाँक्षा पुरा हुन धेरै समय लाग्दैन,अव म राजेस हमाल को सोलो हिरोईन भएर पनि यत्तीकै सजिलो संग काम गरेर देखाउन सक्छु।
      सिनेमा मा अफर आएकै होला यस्ती सुन्दरी हुनुहुन्छ भन्ने हाम्रो प्रश्न मा विनु ले निधार तिर आएको कपाल पन्छाउदै भनीन,सिनेमा खेल भन्ने सुझाव हरु आएका छन ति सुझाव हरु लाई अफर भनिहाल्न मिल्दैन होला तर पनि लुक्स र हाईट केकी अधिकारी को जस्तै छ भनेर फिल्म मा जानुपर्छ भन्ने अग्रज हरु धेरै हुनुहुन्छ सहयोग पनि गर्छु भन्नुभएको छ हेरौं केकी अधिकारी मलाई निकै मन पर्ने कलाकार हुनुहुन्छ,पहिल्यै देखी म केकी जी को अदाकारी बाट निकै प्रभावित पनि छु त्यसै ले सहि समय र सही मान्छे बाट अफर आयो भने म फिल्म पनि खेल्ने छु तर फिल्म खेल्न को लागी कुनै पनि कीसीम को अनैतिक सम्झौता म बाट हुनेछैन,अर्को कुरा हजुर ले सोध्नुभो कथा अनुसार को अंग प्रदर्शन र बेड सिन का कुरा म यि दुईटै कुरा हरु संग पर छु,देखाउने भनेको अभिनय हो आफ्नो कला हो,म आफ्नो कला प्रस्तुत गरेर ईन्डष्ट्री मा स्थापित हुन चाहान्छु।
   म परिवार को सपोर्ट र आफ्नो मिहीनेत बाट यहा सम्म आईपुगें अव मैले गरेको काम बाट परिवार को सिर झुक्नुपर्ने अथवा मैले प्रस्तुत गरेको कला म मेरै परिवार संग बसेर हेर्न नसकीने हो भने मैले परिवार को भरोसा तोडेको ठहरिनेछ त्यसैले म सामीजिक मर्यादा भित्र रहेर पारिवारीक कथावस्तु बोकेका भिडीयो या फिल्म हरु मा मात्र काम गर्न चाहान्छु,अनर्गल प्रचारबाजी गरेर हिट हुने महत्वाकाँक्षा पाल्नेछैन यो मेरो कसम नै हो सम्पुर्ण परिवार र समाज को अगाडी त्यसैले पनि मेरो फिल्म डेब्यु को समय लम्विन चाही सक्छ कीनकी म कुनैपनि सर्टकर्ट माध्याम बाट स्थापित हुन चाहान्न।
       अन्त्य मा म मेरा दर्शक हरु संग के भन्न चाहान्छु भने म विनु सुवेदी मेरो अभिनय तथा नृत्य को माध्यम बाट तपाई हरु माझ स्थापित हुन चाहान्छु, "मेरो भेना हड•कड• को लाहुरे मलाई त फिरी छ" भन्ने मैले राजेस हमाल संग अभिनय गरेको चर्चित गायीका विष्णु माझी को तिज गीत एकपटक हेरेर मेरो काम कस्तो छ मलाई सल्लाह र सुझाव दिनुहोला म हजुर हरु को सल्लाह बमोजीम आफुलाई अझै परिस्कृत बनाउने प्रयत्न गर्नेछु,हजुर हरु को माया र हौसला नै मेरो मार्ग निर्धारण गर्ने कोशेढुंगा हो।
  (राजेस हमाल संग विष्णु माझी को तिज गीत मा अभिनय गरेकी विनु सुवेदी संग को कुराकानी मा आधारीत)
      

No comments: