DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Saturday, September 12, 2015

च्याउ सरह उम्रिएका अवार्ड कार्यक्रम र बाँडफाँडको तरिका

च्याउ सरह उम्रिएका अवार्ड कार्यक्रम र बाँडफाँडको तरिका:


      नेपाली साँगीतीक फाँट मा अवार्ड कार्यक्रम हरु को राईदलो छ,विधै पिच्छे का उपविधा हरु लाई समेट्ने तरिका ले बनाईएका अवार्ड का नाम हरु अचम्म लाग्दा छन,तिज का गीत हरु मात्र समेटेर "तिज गीत अवार्ड" भर्खरै सकियो, अवार्ड मा उत्कृष्ट गीत अर्कै गीत ले पायो जव कि उत्कृष्ट भाका,उत्कृष्ट शब्द फरक फरक गीत ले पाए, बाडीचुडी को यो भन्दा लज्जास्पद तरिका अरु हुन सक्दैन,जुन गीत ले सबैभन्दा बढी विधा मा अवार्ड पाउछ त्यो गीत उत्कृष्ट गीत हुन पर्ने हो यहा त यौटा गीत का शब्द उत्कृष्ट अर्को गीत को लय उत्कृष्ट झन अर्को की गायीका उत्कृष्ट अनी फेरी अर्कै गीत को गायक उत्कृष्ट तै पनि यि कुनैपनि विधा ले नछोएको बेग्लै गीत उत्कृष्ट गीत भएर निस्कन्छ।
       प्रत्येक विधा मा मनोनयन को लागी छुट्टाछुट्टै शुल्क तिरेर दर्ता भएका गीत हरु को विच मा मात्र प्रतिष्पर्धा (?) गराईने भनीएका अवार्ड कार्यक्रम हरु कति निश्पक्ष छन त? मुख्य कुरो अडीयो भिडीयो बनाउदा नै हरिकंगाल भैसकेको कलाकार फेरी रित्तो अवार्ड को लागी पैसा खर्च गर्ने मनस्थिती मै हुदैन,अव धेरै विधा मा मनोनयन मा पार्न को लागी धेरै विधा मै दर्ता गर्नु पर्यो जस्तो की यौटै गीत बाट उत्कृष्ट लय,शव्द,गायक,गायीका,गीत,एरेन्ज,भिडीयो आदी सबै विधा मा मनोनयन मा प्रतिष्पर्धा गर्न चाहनेहो भने सबै विधा को लागी अलग अलग शुल्क तिरेर दर्ता हुनुपर्यो, तिज गीत अवार्ड मा  उठेको दर्ता फि कै कुरा गर्दा पनि यो लाखौं मा हुन आउछ,सबै अवार्ड हरु को प्रकृया उस्तै हो चाहे चलचित्र का हुन या आधुनीक या लोक गीत कै किन नहुन सबै बाडीचुडी।
       अपबाद बाहेक कुनै पनि कार्यक्रम हरु मा पुरस्कार को ब्यवस्था गरिएको हुदैन,हल्लिदै जानुस,यौटा रु ३५ को खादा ओढ्नुस र २५० को अवार्ड को लोगो समातेर हात हल्लाउनुस र फेसबुक मा फोटो हाल्नुस,भोली पल्ट कोही चर्चा गर्ने मान्छे सम्म भेट्न गाह्रो छ। अवार्डेड हुनु को उपादेयता त्यत्ती हो। समाज ले उत्कृष्ट ठहर्याएका गीत हरु र ति गीत का सर्जक हरु ले अवार्ड पाउदैनन किन की उनीहरु दर्ता प्रकृया मा सामेल नै हुदैनन,उदाहरण को लागी लिन सकीन्छ दर्जनौ तिज गीत गरेका पशुपति शर्मा, खुमन अधिकारी,तेजेश रेग्मी जस्ता कलाकार का गीत हरु श्रोता ले अत्याधिक रुचाएका छन तिज गीत अवार्ड मा मनोनयन मै परेनन किन की मनोनयन मा पर्नको लागी पैसा तिरेर दर्ता हुनुपर्छ अब्बल श्रष्टा ले यस्ता भाँडाकुटी अवार्ड लाई आफ्नो कृती को मुल्याड•कन गर्न दिएर आफ्नो सृजना को अवमुल्यन गर्न चाहेनन या आयोजक ले राम्रा श्रष्टा को राम्रा सृजना को सहि मुल्याँड•कन हुने वातावरण मिलाउन चाहेनन विश्लेषण को विषय हुनसक्ला तर बाडफाँड को प्रकृति हेर्दा सर्जक हरुको आयोजक प्रति घोर अविस्वास देखीन्छ। 
      तिज गीत अवार्ड त सिजनल भयो यो एक महिना को सेरोफेरो मै सकिन्छ,भर्खर दोश्रो सिजन पुरा गरेको तिज गीत अवार्ड ले भोली का दिन मा पनि यो भन्दा भिन्न तरिका बाट सबैलाई समेट्ला भन्ने आशा गर्नु र स्याल को सिंग पलाउला भनेर कुर्नु उस्तै हो,अरु केही छन आँफै लाई ठुला अवार्ड भनेर दावि गर्ने केही आयोजक हरु जस्तै केही दिन मै म्युजीक खवर म्युजीक अवार्ड हुदैछ त्यसमा पनि मनोनयन को तरिका त उही हो फेरी पनि बाँडफाड को प्रकृति केही फरक हुन्छ की विचारणीय पक्ष त्यही हो, कुनै विधा मा मनोनयन मा नपरेको गीत उत्कृष्ट बनाउने परिपाटी त्यहा पनि रह्यो भने यो जोगी पनि कानै चिरेको ठहरिनेछ, यौटा गायक या गायीका ले उत्कृष्ट तरिका ले नगाईकनै त्यो गीत उत्कृष्ट गीत हुन सक्दैन यहा त गायीका बेग्लै गीत बाट उत्कृष्ट ठहरिन्छीन जुन गीत बाट गायीका उत्कृष्ट भईन त्यो गीत उत्कृष्ट हुदैन अनी जुन गीत को गायक गायीका लय शब्द भिडीयो कुनै पनि उत्कृष्ट भएको हुदैन त्यो गीत लाई सर्वश्रेष्ट मानेर उत्कृष्ट अवार्ड प्रदान गरिनु जस्तो लज्जास्पद बाँडफाँड अरु केही हुन सक्दैन।
     अगील्लो वर्ष लोक तथा दोहोरी गीत प्रतिष्ठान को अवार्ड कार्यक्रम र ईमेज अवार्ड कार्यक्रम संग संगै भए,प्रतिष्ठान ले मनोनयन मा समेत नपारेका गीत हरु ईमेज मा अवार्डेड भए,प्रतिष्ठान तर्फ नव गायीका मा मनोनयन मा परेकी १२ वर्ष पुरानी गायीका ईमेज अवार्ड मा वर्ष कै सर्वोत्कृष्ट घोषित भईन, दर्ता शुल्क उठाउने नाम मा कस्लाई के मा दर्ता हुन दिने भन्ने न्युनतम मापदण्ड पनि नवनाई दर्ता गराउनु जस्तो लज्जास्पद तरिका केही हुन सक्दैन यहा अवार्ड हरु मात्र होईन मनोनयन को पनि बाडफाड हुन्छ यसमा दुईमत छैन,दोहोरी गीत प्रतिष्ठान को अवार्ड को विषय मा सबैलाई विदीतै छ १-२ जना संस्थापक हरु को प्रत्यक्ष निर्देशन मा फलाना हरु तोकिन्छन र अवार्ड तिमै ले पाउछन यो लेखीरहनु पर्ने कुरो रहेन,त्यसमाथी निजी संस्था हरु ले दिने अवार्ड मा निश्पक्षता खोज्नु र गधाको सिंग खोज्नु उत्तीकै हो।

No comments: