DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Wednesday, September 9, 2015

स्क्याण्डल,आलोचना र ज्योती मगर को कुरो!

          भारतिय संगीत को संसार मा पंजावी भंगडा अती नै लोकप्रिय छ भंगडा पंजाव को लोक गीत हो यसले पंजाव को संस्कृती को प्रतिनिधित्व गर्छ त्यै भंगडा लाई फ्युजन रुप दिएर दलेर मेहन्दि,मिका सिंह र हनि सिंह हरु संसार भर प्रख्यात छन तिनीहरु का फ्युजन गरीएका गीत मा विकनी डान्स हुन्छ पार्टि को लागी आवस्यक पुल डान्स पोल डान्स सबै फिल्माईएका छन र ति गीतले संसार भर का पार्टि फ्लोर तताईरहेका छन,कतै कतै परम्पराबादी पंजावी भंगडा कल्चर का अन्धभक्त हरु ले संस्कृती विगारेको आरोप मा ज्यान मार्ने सम्म को धम्की पनि दिईरहन्छन बेला बेला मा, धम्की र आलोचना ले कसरी रोकोस र फ्यान हरु को माया ले ति संगीतज्ञ हरु लाई दिन दुगुना चार चौगुना सफलता दिईरहेका छन।

          "ओ बेवि डलन सोने दी" भन्ने गीत मा पार्टी फ्लोर मा मस्त नाच्ने नेपाली संगीत पारखी  र लोक संस्कृती का पंडीत हरु ले फ्युजन गरीएको नेपाली लोक गीत को विरोध गर्नु पुर्व के वुझ्नु जरुरी छ भने सन्नी लीयोन माथी फिल्माईएको डलन सोनेदी भन्ने गीत पंजावी भंगडा (जुन पंजाव प्रान्त को लोक गीत हो) को फ्युजन स्वरुप हो। "मुन्नी वदनाम हुई" भन्ने विश्व विख्यात वलिउड गीत पनि राजस्थानी लोक गीत कै फ्युजन हो भन्ने कुरा मैले भारतिय महान नृत्य गुरु सरोज खान को अन्तर्वार्ता मा सुनेकी हुँ। फ्युजन मा सुर ताल मिसाईन्छ,तरीका मिसाईन्छ,थिम मिसाईन्छ बाजा देखी लिएर स्वर सम्म मा विवीधता दिईन्छ त्यसपछी वल्ल नयाँ पन जन्मन्छ, अरु ले गरेको फ्युजन मा उफ्री पाफ्री गरेर नाच्ने तर हाम्रा गीत फ्युजन गरीदा गाली गर्ने परम्परा अचम्म को लाग्छ।
      तिज का "दर पार्टी" हरु मा हार्ड ड्रिड•स सर्भ नभई नहुने जमाना आईसक्यो यही समाज मा,परिवार संगै बसेर वाईन र ह्विस्की पिउन रमाईलो मान्ने चलन आईस्क्यो यही समाज मा नेपाली गीत हरु नाच्न मिल्ने भएनन भनेर तिज पार्टी मा तिनै माथी उल्येखीत हिन्दि गीत बजाएर नाच्न थाले यही समाज का दिदीबैनी हरु त्यसै कारण पनि यो समाज ले नेपाली गीत मा मेरो अभिनय उत्ताउलो भयो भनेर मेरो विरोध गर्ने नैतिक अधिकार राख्छ जस्तो मलाई लाग्दैन।

             म नेपाली लोक गीत लाई फ्युजन गर्छु र डान्स मा ग्ल्यामर सहित नया पन दिन्छु आलोचक ले जे भनुन आलोचना ले रोक्दैन मलाई तर सापेक्षित आलोचना को सधै सम्मान गर्नेछु।सापेक्षित आलोचना नै मेरो उर्जा हो।संस्कृति विगारेको आरोप लगाउने मेरा अग्रज हरु को पनि सम्मान गर्छु किन की थोरै थोरै फ्युजन त वहा हरु पनि गर्नुहुन्छ ,टिपीकल नेपाली गीत भनेर ड्रमसेट र गीटार ठोकीएका गीत वहा हरु ले पनि गाउनुभएको छ,परम्परा धान्ने नाम मा यथास्थीति समातेर बस्न सकिदैन।म मान्छु कि संस्कृति को जगेर्ना गर्नुपर्छ त्यही कुरा लाई मध्यनजर गर्दै मैले टिपीकल गीत हरु पनि गरेकी छु,संख्यात्मक रुप मा मेरा फ्युजन भन्दा टिपीकल गीत हरु नै धेरै छन तर फ्युजन ले झै चर्चा पाएका छैनन,फ्युजन गरिएका गीत हरु युवा पुष्ता मा धेरै पपुलर छन स्टेज मा डान्सीड• नंबर हरु को नै माग बढी हुन्छ,धेरैले आलोचना गर्ने गरेको मेरो पहीरन को बारे मा पनि म खासै केही भन्न चाहन्न कीन की मान्छे आफु जे कुरा मा कम्फर्टेवल फिल गर्छ त्यही लगाउने हो म वनपिस मा सजीलो मान्छु र लगाउछु मन नपर्ने ले आलोचना गर्नुहुन्छ म सहन्छु मेरो भन्नु केही छैन,बाकी रह्यो ढाडे विरालो भन्ने गीत को चर्चा र आलेचना को बास्तव मा त्यो गीत मा मैले डान्स मात्र गरेको हो "मोडलीड• पार्ट" गरेवापत त्यो गीत त्यस्तो बन्नु मा मेरो कति जिम्मेवारी रहन्छ त्यस्को नैतिक जिम्मेवारी म लिन्छु तर लोक दोहोरी गीत प्रतिष्ठान ले पुर्वाग्रही ढंग बाट विज्ञप्ती निकालेर मेरो मात्रै नाम उल्ल्यख गरेको प्रति आपत्ती छ मेरो,गीत का लेखक गायक गायीका र भिडीयो निर्देशक उत्पादक सबै विवाद बाहीर राखेर प्रतिष्ठान ले मलाई अलग्याएर गर्न खोजेको के हो बुझ्न सकीन,मेरो चर्चा र पपुलारीटी संग डराएको हो भने वहा हरु संगीत क्षेत्र को ईन्द्रासन मा हुनुहुन्छ मेरो काम ले वहा हरु को आशन हल्लदैन निश्चिन्त रहनुहुन म प्रतिष्ठान का पदाधिकारी हरु लाई अनुरोध गर्न चाहान्छु।

        अर्को कुरा अनुसासन र संस्कृती को मापदण्ड मा संस्था पिच्छे फरक मत देखीईरहेको छ,त्यही गीत को समर्थन मा पनि विज्ञप्ती हरु आईरहेछन त्यसैले म भन्छु की मनोरंजन को क्षेत्र मा यस्ता स्क्याण्डल हरु आईरहन्छन गईरहन्छन यस्तै स्क्याण्डल छोपेर हिट हुने हरु को जमात पनि ठुलै हुनेरैछ विदेश बाट अनर्गल संदेश छपाएर धमिलो पानी मा माछा मार्न खोज्ने रामप्रसाद खनाल प्रति पनि मेरो भन्नु केही छैन तर एकादुई अग्रज हरु ले गरेको अश्लिल तरीका का टिप्पणी हरु प्रति म यत्ति भन्न चाहान्छु की जव एउटा कलाकार फ्लप हुदै जान्छ र कलाकारीता को उत्तरार्ध मा पुग्छ तव उस्ले क्यारीयर उकास्दै गरेका कलाकार लाई गाली गर्न सुरु गर्नुपर्ने कुनै कारण देखीदैन तर पनि कोही कोही आफ्नो अतीत विर्षदै अरु को भविष्य प्रति चिन्ता दर्साउछन,हीजो को आफ्नो कुरुप चरीत्र मा पर्दा लागेको ठान्छन र अरु को चरीत्र मा दाग देखाउछन समग्र मा उनीहरु लाई नयाँ कलाकार समाचार मा छाएको र आफुलाई कसैले वास्ता नगरेको मा औडाह भैरहेको हुन्छ। कुनै कुनै अग्रज का गीत हरु साँच्चै कर्णप्रिय छन,कसैको आवाज मा हामी सबै लाई नतमस्तक बनाउने दम हुन्छ तर नयाँ पुस्ता र नयाँ जेनेरेसन को बद्ख्वाई गर्नै पर्ने गरी अग्रज हरु ले पुराना गीत को दुहाई दिदै मेरो बारेमा दुष्टता ओकल्नै पर्ने त्यस्तो नराम्रो मैले केही गरेकी छैन,फलाना को सृजना राम्रो र फलाना का सबै "अर्धनग्न" भन्ने हरु ले आफ्नो नजर मा अलिकती परिवर्तन ल्याउन जरुरी छ, चेतना रहोस संस्कृति कसैको पनि निजी विर्ता होईन,पुराना मेटीदै जानु र नयाँ स्थापित हुदैन जानु सामान्य हो त्यसलाई पचाउन नसक्नु ब्यक्ति विशेष को निजी समस्या हो भन्ने मलाई लाग्दछ।
       अन्त्य मा मेरा दर्शक र श्रोता हरु नै मेरो एकमात्र उर्जा को श्रोत हुनुहुन्छ वहा हरु को माया पाए सम्म म यसरी नै लागीरहने छु, ढाडे विरालो मा नाचे बापत न मलाई कुनै पछुतो छ न यस्को आलोचना ले विचलित नै भएको छु बरु दुख लागीरहेछ की जस्ले अनुरोध गरेर नाच्न बोलाउनु भयो उहा ले सबैभन्दा पहिला यो प्रकरण बाट वच्न को लागी दोश म माथी लगाउनु भयो । मैले यही तिज मा अर्को " छोटो सारी" भन्ने गीत पनि ल्याएँ,यो गीत कुन अवस्था मा निस्क्यो भने मेरो आलोचना र गाली ले बजार तातेको बेला मा निस्क्यो गीत को आशय हेर्दा मेरो तत्कालिन आलोचना या विरोध लाई काउन्टर गर्न को लागी यो गीत गरेजस्तो देखीयो तर त्यसो हैन यो मेलोडी मैले दुई वर्ष अगाडी नै तयार गरेको थिएँ तर त्यो वर्ष लोक संस्कृति र तिज को परम्परा जोगाउने आफ्नो दायीत्व लाई पनि मध्यनजर गर्दै मैले "राप्ति पारी" गीत गरें आदरणीय दाई हरि विष्ट को संयोजन मा,त्यो गीत यति राम्रो छ की तर पनि त्यो गीत ले अपेक्षा अनुरुप को दर्शक पाउन सकेन तर अहिले अवस्था फरक छ मेरा सुभचिन्तक लाई मेरो नयाँ गीत भाका को हिसाव ले परम्परागत र फ्युजन का हिसाव ले पप किसीम को छ यो गीत हेरेर मेरा दर्शक हरु निरास हुनुहुने छैन र विविधता ले भरपुर मेरो गीत हेरेर पुरा मनोरंजन लिनुहुन आग्रह गर्दछु।
(चर्चित लोक गायीका ज्योती मगर संग को कुराकानी मा आधारीत।)

No comments: