DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Sunday, September 6, 2015

कमारा कमारी उत्पादन को गोठ हो मेरो देश

   
    
          मेरो देश कमारा कमारी उत्पादन गर्ने गोठ हो भन्दा फरक नपर्ने भयो, भारत ले बरु आफ्ना जनता प्रति को उत्तरदायित्व यस्तो हुन पर्छ भनेर देखायो,बस चढेर तिर्थाटन मा निस्केका यात्री हरु कोहि पनि हाइ प्रोफाइल का थिएनन मध्यम वर्गीय आफ्ना जनता जो पराइ भुमी मा दुर्घटना मा परे तिनीहरु को उद्दार को लागि भारत सरकार र भारतीय राजुत ले देखाएको तत्परता लाइ सलाम, राजदुत अस्पताल मै पुगेर उपचार मा क्वालिटी खोज्छन र राम्रो अस्पताल मा सार्छन सरकार ले सेनाको जहाज नै पठाउछ बिमारी र शव को उद्दार को लागि अब दिल्ली लगेर बिस्वस्तारिय उपचार गरिनेछ बचेका हरु को र आफ्नो भुमि मा दाहसस्कार हुनेछन शव हरु...... यता मेरो देश छ देश को संबिधान बनाउने सभासद आफ्नै जिल्ला मा दुर्घटना मा पर्दा माथि को आदेश मा उडिसकेको हेलिकप्टर रोकिन्छ र सभासद को मृत्यु हुन्छ, अज्ञात रोग फैलिएर दुर्गम का जनता घर भित्रै मृत्युवरण गर्न विवश छन, पराइ भुमि मा रगत पसिना बेचेर देश धान्ने युवा सपुत हरु अफ्ट्यारो मा पर्दा या मृत्यु हुदा हाम्रा महामहिम राजदुत हरु मुद्दा लड्दा लागेको खर्च मा कमिसन खान्छन सरकार ले लाश उठाउने बेबस्था गर्न सक्तैन,सिकिस्त बिमारी लाइ टिकेट को बेबस्था गर्न सक्तैन फेरी पनि "विप्रेषण ले धानिएको अर्थतन्त्र" भनेर सगर्व घोषणा गरिरहेछन नामर्द नेता हरु तेसैले मेरो देश कमारा कमारी उत्पादन गर्ने गोठ सिवाए केहि हुन सकेन। 


दुर्गा पंगेनी

No comments: