हिन्दु महिला हरु मात्रको पर्व भनेर मानिने हरितालीका तीज पर्व नाजीकिदो छ । हर्षोल्लास का साथ् मनाइने यो पर्व नेपाली समाजको नितान्त मौलिक पर्व हो । कलाकारिता क्षेत्र मा बिशेष गरि लोक कलाकारिता क्षेत्रमा तीजको समय निकै उर्वर समय मानिन्छ । अधिकांश लोक कलाकार हरु तीजको अवशरमा आयोजना गरिएका सांगीतीक महोत्सव र सांस्कृतिक कार्यक्रम हरुमा ब्यस्त रहन्छन । तीज आइपुग्न तिन महिना समय बाकि रहदै देखि आफ्ना गीत हरु युट्युब मार्फत सार्वजानिक गर्न सुरु गरेका कलाकार हरुले तीजको छेको सम्मै गीत निकालिरहने अवस्था देखिएको छ ।
आफ्नो तीज गीत लाइ अरुको भन्दा आकर्षक देखाउन र धेरै भन्दा धेरै दर्शक ले हेरुन भन्ने अभिप्रायले कलाकार हरुले आफ्नो गीत लाइ बिशेष बनाउने कोशिस गर्छन । तेही मेसोमा अघिल्ला बर्ष हरुमा चलेकै कलाकार हरुले समेत आफ्नो गीत मा द्वीअर्थी शब्द राख्ने र अंग प्रदर्शन गराइएका दृश्य हरु भिडिओमा समाबेस गरेका थिए जसको बारेमा निकै आलोचना समेत भएको थ्यो । यो पटक को तीज मा भने चलेका कलाकार हरु बाट त्यस्ता गीत हरु बजार मा आएनन । तर यो तीज मा पनि फरक स्वाद का गीत हरु अथवा बिसुद्द तीजे भाका भन्दा बाहिर गएर फरक स्वाद का गीत निकाल्ने कलाकार हरु धेरै नै देखिए । बिसुद्द झ्याउरे भाका लाइ रेकर्ड गराएर अथवा नया किसिमको भाका बनाएर रातो साडी लगाईएको भिडियो बनाएर तीजको गीत हो भनेर दावी गर्ने कलाकार हरु प्रसस्तै भेटीए ।
त्यहि मेसो मा हामीले यहाँ चर्चा गर्दै छौं तीजको पुर्वसन्ध्यामा युट्युबमा भेटिएका, तीजको अवशर पारेर तीज गीतको नाममा निस्किएका तर कहिँ कतै तीजे स्वाद नभएका केहि गीत हरु । जुन गीत हरु धेरै आलोचित समेत भए । हुन त उताउलो या परम्परा बिरोधि भनेर खरो आलोचना गर्न मिल्दैन यी गीत हरु लाइ किन भने तीज पर्व आफै पनि परिमार्जीत हुदै गैरहेको र तीज लाइ फरक किसिम ले मनाउन थालिएको अवस्थामा नया पुस्ताले फरक गीत संगीत बजार मा ल्याउनु लाइ समय को माग मान्नु पर्ने अवस्था सृजना भएको छ ।
यो पटक छोटो समयमा धेरै आलोचना खेपेको गीत पार्वती राइ अभिनित “कट्टुमा बुट्टा” भन्ने गीत अग्रपंक्तिमा रहेको छ ।गोपाल नेपाल जीएम र पूर्णकला बिसी को स्वरमा रहेको उक्त गीतमा शब्द संयोजन शंकर चालिसेको रहेको छ । शंकर बिसी निर्देशित उक्त भिडियो युट्युबमा निकै रुचाइएको छ र यो गीतले गालि पनि निकै पाएको छ । हेर्ने हरुले कमेन्ट मा समर्थन भन्दा आलोचना धेरै लेखेका छन् । लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल का सांगठानिक सचिव शंकर बिसी,केन्द्रय सदस्य द्वय पार्वती राइ र पूर्णकला बिसी जस्ता कलाकार हरु सम्मिलित भएको भिडिओ भएको कारण पनि यो गीत बढी आलोचित हुन पुगेको देखिन्छ । खासै अंग प्रदर्शन भएको अथवा द्विअर्थी शब्द नभएको भएपनि तीज सुहाउदो गीत नभएको भनेर यो गीतको बढी आलोचना गरेको देखिन्छ ।
त्यस्तै अर्को गीत “लुतो हो कि पिलो” भन्ने गीत पनि अहिले आलोचनाको सिकार भएको छ ।बिनोद ढकाल र कमला बजगाईं को स्वर रहेको उक्त गीत मिक्स मास्क तरिकाले खिचडी पकाएजसरी निर्माण गरिएको छ । शब्द संगीत मा बिनोद ढकाल को नाम राखिएको यो गी त मा थेगो भने बिनोद शर्मा को भनिएको छ । परेली फिल्म्स बाट बजारमा आएको उक्त गीत मा चन्दा दाहालले नृत्य गरेकी छन् ।
त्यस्तै स्मृति म्युजिक बाट बजार मा आएको गीत "दारु पार्टी छ" भन्ने गीत पनि युट्युब मा गालि खाने गीतको अग्र पंक्तिमै छ । प्रकाश कटुवाल र शर्मिला थापाको स्वरमा रहेको उक्त गीतमा शब्द र लय समेत प्रकाश कटुवाल कै रहेको छ । ढाडे बिरालो गीत मा ज्योति मगरलाई अभिनय गराएर मनग्य चर्चा र आलोचना बटुलेका कटुवालको प्याटर्न नै यस्तै फरक गीत हरुको रहेको छ । उनका प्राय गीत हरु उत्ताउला र द्विअर्थी हुन्छन । यो पटकको उनको तीज गीत दारु पार्टी छ पनि सामाजीक संजालमा गालि पाउने गीत मा दरिएको छ । यद्दपी यो गीतको भिडियो को कोरियोग्राफी मा औंला उठाउने ठाउ छैन।भिडियो राम्रो बनेपनि तीज जस्तो पर्वमा दारु रक्सि को कुरा गर्ने या त्यस्तो आशयको गीत बनाएको भनेर पनि आलोचना गरेका छन् ।उक्त गीतको निर्देशन प्रकाश भट्ट ले गरेका छन् ।
त्यस्तै गालि खाने अर्को गीत यु पी एस एण्ड सिनेमाको प्रस्तुतिमा सरस्वति लामाको स्वरमा नितान्त भिन्नै स्वाद को तीज गीत परेको छ । “ओई सम्भु जमाना कस्तो आको हो यसपालिको तीज पनि र्याप मै जम्नेभो” बोलको उक्त गीत एक किसिमको र्याप गीत नै हो । सरस्वति लामाको आवाजको प्रकृति संग मेल खाने गरि निर्माण गरिएको उक्त गीत पनि परम्परागत तीजे गीतका पारखी हरुको नजरमा पर्यो । फेसबुक मा समेत निकै आलोचित उक्त गीतका क्लिप हरु ट्रोल बनेर फेसबुकमा निकै छाएका छन् । गीतार भिरेर गायिकाले जिन्स कट्टु लगाएर साडी लगाएका कलाकार हरु नचाइएको उक्त भिडियो रुचाउने नया पुस्ता का युवा युवती हरु पक्कै होलान तर यो गीत ले पनि सह्राहना भन्दा आलोचना नै बढी पायो । टंक बुढाथोकी ले संगीत भरेको उक्त गीतको भिडियोको निर्देशन बिक्रम चौहान ले गरेका छन् ।
त्यस्तै "राडोको घडी र प्राडोको गाडी" भन्ने गीत पनि सामाजीक संजालमा आलोचित छ । भागिरथ चलाउने र पुजा पुरीको स्वर रहेको उक्त गीत बाबुराम बोहरा ले लेखेका हुन् । रश्मि तामांग र जेम्स बिसिको अभिनय रहेको उक्त गीत को भिडियो प्रकाश भट्ट निर्देशित रहेको छ ।
रक तीज, दारु पार्टी, राडोको घडी प्राडोको गाडी, लुतो हो कि पिलो र कट्टुमा बुट्टा भन्ने पांच वटा फरक स्वादका तीजका गीत बढी आलोचनाको सिकार भएको पाइयो । ति गीतलाई उत्ताउला भनिहाल्न त मिल्दैन तर फरक र आधुनिक स्वाद पक्कै दिएका छन् ! समयको माग अनुसार बजारमा आएको दावी गरिएका तेस्ता गीत ले परम्परागत तीजे भाका हरुलाई ठाडो चुनौती नदेलान भन्न सकिन्न । समयको माग र नया पुस्ताको यहि किसिमको चाहना ले निरन्तरता पाउदै गयो भने अहिले बजारमा आएका तेस्ता गीत हरुले केहि समय पछी तीजका पुराना भाका हरु लाइ विस्थापन नगर्लान भन्न सकिन्न !
स्वतन्त्र सुचना, समाचार र विचार हाम्रो प्रथामिकता - Jamarko !

No comments:
Post a Comment