DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Thursday, August 3, 2017

म्याडमको औंठी


छ महिना बेलायत तिर बसेर केहि दिन अगाडी मात्र म्याडमले अफिस फेरी ज्वाइन गर्नुभाको थ्यो चार पाच दिन अगाडी । ओहो ! अफिस भरि बेग्लै उमङ्ग देखिएको मेडमको आगमनमा ! मेडमको चिया पकाउने भाइ, मेडमको अफिस सफा गर्ने भाइ, मेडमको कागजपत्र तयार पार्ने र ओसार्ने भाइ अनि दैलामा उभिएर मेडम यता उता गर्दा स्याल्युट ठोकी रहने सबै भाइ हरुको मासिक आम्दानि समेत बढ्ने निश्चित थियो तेसैले पनि एउटा बेग्लै खालको खुसियालीले हाम्रो अफिसमा दिपावली आएझैं भएको थियो ।

मेडम प्रायः प्रार्थना गरिरहने धार्मिक प्रवृत्ति कि थिईन । प्रार्थना गर्नु उनको सामाजीक चलन हो । बाध्यता हो या रहर त्यो त थाहा भएन तर उनले जन्माएका धेरै सन्तान मध्ये एकजनाको स्वास्थ्य जन्मजात नै ठिक थिएन । त्यसरी अस्वस्थ बच्चा जन्मनु आफ्नो पुर्व जन्मको पाप भएको ठान्थिन अथवा के हो प्रार्थना चाहि गरेकै हुन्थिन सधै एकै समयमा । उनि बेलायत बसेको पनि तेही बच्चाको उपचार गराउनकै लागी हो भन्ने थाहा थियो । सायद उनको लोग्नेकी उनी तेश्री या चौथी श्रीमती हुन् क्यारे । जे भएपनि ब्यापार ब्यबसाय राम्रै छ । अफिस आउदा पनि दुइटी नोकर्नी हरु संगै आउछन । जागीर गर्नु उनको शोख को । कमाउनु पर्ने बाध्यता केहि छैन । लाखौँमा आउने तलब भएपनि त्यो भन्दा ठुला ब्यबसाय हरु छन् । प्रतिष्ठाको लागि जागीर गर्छिन मेडमले पनि भन्छन कोहि कोहि । अफिस आउने जाने समय पनि फिक्स छैन उनको । मुड ठिक हुँदा कहिले समयमै आइदिन्छिन र ढिलो सम्म बस्छिन । दिउसै मेडमको गाडीको लर्को पार्किंग लटमा देखियो भने आज मेडमको मुड ठिक छैन भनेर बुझछन उनका कारिन्दा हरु ।

अफिस बाट फर्कने बेलामा एउटा बि एम डब्ल्यु र एउटा जिएमसिको ठुलो पिकअप गरेर दुइटा गाडी संगै आउछन । मेडम लाइ नोकर्नी हरुले पहिला गाडीमा बसाल्छन अनि आफु हरु पिक अपमा चढ्छन । कहिले काँही मेडमको काखे बच्चो पनि संगै हुन्छ । मेडमको यस्तो भब्य आइ-जाई हेर्दा दैनिक बेहुली अन्माउन लागेजस्तो भान हुन्छ मलाइ ।

म तीन बर्ष देखि मेडम काम गर्ने बैंकमा काम गर्छु । उनलाई चिनेको पनि तीन बर्ष नै भयो । खासै फरासिली त होइनन मेडम तेसो भन्दैमा घोइसे नै पनि होइनन । उनले तलब बुझ्ने दिन पर्व सरि आउछ भाइ हरु लाइ । म भने सधै हेरिरहने मात्र हो । सफाई, चिया, कागजपत्री लगायतकाम गर्ने उनको चार पांच जना सहयोगी हरु त अत्ति नै हौसिन्छन २५-२६ तारिक तिर । बैंक भरि सहयोगीको काम गर्ने चालिस पचास जानाको नाइके म । मैले थाहा पाउन्जेल या देखुन्जेल कुनै बक्सिस लिन चलनले बर्जित गरेको छ केटा हरु लाइ । बक्सिस दिने सर र मेडम हरुले समेत मैले नदेख्ने गरि दिन्छन । पाए मैले आफै लिदोहूँ, भाइ हरुले पाएको बिरोध किन गर्दोहुम र ।त्यहि पनि लुकाएर दिने र लुकाएरै लिने पुरानो चलन पच्छ्याईरहेछन सबै जना । म पनि थाहा नपाएझैं गरिदिन्छु । चाप्लुसीको मुख्य जड बक्सिस र फसादको मुख्य जड चाप्लुसी लाइ मान्छ हाम्रो कम्पनिले त्यसैले बक्सिस बर्जित गरेको छ । कम्पनीले आफ्नो प्रतिष्ठा संग जोडेर हेर्छ बक्सिस लिनु लाइ तेसैले घोषित रुपमा बक्सिस बर्जीत जस्तै छ ।

आज अचम्मै भयो । दिउसो एक बजे मेडम अफिस बाट निस्किन, तर साढे तीन बजे फेरी आइपुगिन । उनकी सुसारे, साथ् मा उनकी सुसारे र सुसारेको काखमा सानो बच्चो थियो । गाडी बाट हुत्तिदै झरेकी मेडम सोझै आफ्नो अफिस भएको चौथो तलामा पुगेपछि सौचालय तिर लागीन । सुसारे काखमा बच्चो च्यापेर सौचालय बाहिरै पर्खेर बसिरहेको देखियो । दुइ मिनेट भित्रै मेडम सौचालय बाट हुत्तिदै उनको कार्यकक्ष तिर लागीन । सधै बिस्तारै आउने बिस्तारै हिड्ने र बिस्तारै बोल्ने मेडम तेसरी हुत्तिएको देखेर उनका कारिन्दा हरु सबै जिल्ल परे । यसरि बेसिजन कुटाईम मा आउदा आतिरिक्त काम लगाउने र त्यो अतिरिक्त काम गरेबापत अतिरिक्त बक्सिस पाउने लालचमा कारिन्दा हरुले मुख मिठ्याउँन थाले । त्यत्तिकै मा मेडम ले सेक्युरिटी सुपरभाइजर लाइ फोन गरेर बोलाईन । अब भने आसेपासे हरुको सातो गयो । ला अब बुडिको के हरायो ...!

त्यत्तिकैमा उसले आफ्नो हिराको औंठी ट्वाईलेटमा छुटेको र अहिले फर्केर लिन आउदा औंठी त्यहा थिएन । मेडमले आफ्नो सबै भन्दा नजिकको, आफैले सधैं बक्सिस दिईरहने सफाई कर्मचारी भाई लाइ सोझो आरोप लगाईन । औंठी तैले नै भेटेको छस ।फिर्ता दे नत्र पुलिश बोलाउछु आदि ईत्यादी भनेर बुडी साह्रै जर्केर उफ्रन थालिन । भाइ हरु बिचरा नखाको बिष लाग्ने भो भन्ने डरले थुरथुर काम्न थाले । सुरक्षा अधिकारि दाइले केटा हरुले नभेटेको जिकिर गरिरहदा पनि मेडम उनको कुरा मान्ने पक्षमा देखीइनन् । पुलिश आउने नै भयो भाइ हरु जेल जाने निश्चित भयो । कति दिन अनुसन्धान गर्ने हो कति दिन थुन्ने हो ..भाइ हरुको साटो गयो । तिमि हरु ले नै लिएका छौ, म भोलि आउदा मेरो औंठी मलाइ दिनु नत्र पुलिस चौकी जान रेडी हुनु भन्ने धम्कि एकोहोरो सुनाएर मेडम गाडी चढीन अनि गाडीको काफिला अगाडी बढ्यो । भोलिको त्रास मनमा बोकेर छ बजे भाई हरु पनि घर तिर लागे । आरोप लागेको भाइ धेरै पिडित देखियो राति खाना नखाई सुत्यो ।

अर्को दिन बिहानै आफिस आएको भाईको अनुहार मलिन थियो । मेडम साढे सात बजे आइपुगिन । आउने बित्तिकै फेरी औंठिकै कुरा । पिडित भाइले फेरी पनि औंठी आफुले नलिएको जिकिर गरिरहे, मेडम मान्ने पक्षमा थिईनन् । ९ हजार यु एस डलर हालेर उनका श्रीमान ले उनलाई वाशिंगटन डिसी घुम्दा किन्दिएको औंठी उनले सजिलै माया मार्न सक्ने कुरा पनि थिएन । दाइ त्यति पैसा भनेको नेपाली कति रुपिया हुन जान्छ ? चोरीको आरोप लागेको भाइ निराश भएर मसंग सोध्यो । झन्डै दश लाख नेपालि रुपिया हो भाई । मैले जवाफ फर्काउदा भाइ झन् कालो निलो भयो । नाचोरेकै भएपनि तिरेर फुर्सत लिन त पाईएला नि भनेर मन मनै कुरा सोचिरहेको भएपनि सातोपुत्लो उड्ने मूल्य सुन्ने बित्तिकै भाइ बर्बरायो ... दश दश लाख औंलामा भिरेर हिड्नुपर्ने ..। बिचरा केटाको मनमा अथाह पिडा छ के गरोस ।

त्यत्तिकैमा मेडमका हिजो संगै प्रार्थना गरेका स्टाफ साथि हरु आइपुगे । एउटी साथिले हाइ गर्दै भनिन ...तिम्रो औंठी हिजो प्रार्थना गर्दा त्यँही छुटेको रहेछ मैले राख्देकी छु मेरो दराजमा, एउटा सहयोगी केटो पठाइदेउ अहिले म औंठी पठाईदिन्छु ...!

त्यति सुन्ने बित्तिकै मेडम औंठी भेटिएकोमा खुसि हुदै थिईन भने त्यो भाइ नखाएको बिष नलागेकोमा भित्ता पट्टि फर्केर तुरुक्क आँशु चुहाउदै थियो ।

No comments: