DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Thursday, July 13, 2017

डाँडा पारीबाट कसले बोलायो देविका केसी लाइ

नेपाली सांगीतिक जगतमा धेरै सुनिएको नाम हो । देविका केसी, नेपाली लोक संगीत क्षेत्रमा सुपरिचित गायीका केसी का दर्जनौ लोक गीत हरु चर्चाको शिखर मा छन् । हरेक वर्ष हरितालिका तीजको अवशर मा उनका तीज गीत हरुले तहल्का नै मच्चाउने गरेका छन् । बाजी ठोकम आउ, छोराले कमिनी ल्यायो, बुहारीको पोइ जस्ता बहुचर्चि र बिबादित गीत हरुले देविका केसी लाइ सधै चर्चाको शिखर मै राखिरहे ।

पछिल्लो पटक नारीहरुको महानपर्व हरितालिका तीजको अबसर पारेर अर्को रमाइलो उत्कृष्ट तीज कोशेली “पारिको संगीले”बजारमा आएको छ । गायीका केसीको सुमधुर आवाज रहेको गीतमा लय तथा शब्द सृजना प्रबासमा रहेर पनि नेपाली सांगीतिक जगतलाई अगाडी बढाउने अब्बल हस्ती शक्ति छेत्रीको रहेको छ । 

गीतको म्यूजिक भिडियोमा अभिनय चर्चित मोडल शंकर बिसी ,मुना बिष्ट, ईश्वर बल्लब र स्मृती राईको रहेको छ । शंकर बिसीको निर्देशन र राजेश घिमिरेको छायांकनमा तयार पारिएको म्यूजिक भिडियोको सम्पादन भने नबिन घर्ती मगरले गरेको हुन् ।

No comments: