नेपाल भन्ने बित्तिकै बिश्वको मानसपटलमा झ्याप्प आउने शब्द नै यहाँको प्राकृतिक सौन्दर्यता हो । प्राकृतिक छटाले भरिपूर्ण बिश्वकै एक नमुना पर्यटकीय देश हो नेपाल यहाँका मनमोहक दृश्य र भौगोलिक धरातलले कविको दिमाखमा कविता फुर्छ त साहित्यकार को दिमाखमा निबन्ध,उपन्यास । नेपालका बिभिन्न पर्यटकीय स्थलहरुमध्यको नमुना पर्यटकीय जिल्ला स्याङजा पनि हो । बिश्व प्रशिद्दा लुम्बिनी अनि पर्यटकीय नगरी पोखराको काखमा रहेको स्याङजामा सिरुबारी, स्वरेक मैदान,भालुपहाड, पञ्चासे लगाएत दर्जनौ पर्यटकीय स्थलहरु रहेका छन ।
स्याङजाका नमुना पर्यटकिय स्थलमध्यको अत्यान्तै चर्चामा आएको एउटा स्थल भिरकोट नगरपालिका ५ स्वरेकमा अवस्थित स्वरेक मैदान हो जुन स्याङजालीहरुका लागी प्रकृतिले दिएको बरदानका रुपमा साबित भएको छ । सन २००८ देखी नेपाली साहसिक पाईलट सानु बाबु सुनुवार र एक स्वीस नागरिक डेबीडले स्वरेक मैदानबाट उडेर स्याङजाकै ईतिहासमा पहिलो पटक प्याराग्लाईडिङको औपचारीक शुरुवात गरे पश्चात ओझेलमा परेको यो क्षेत्रले काँचुली फेरेको छ । त्यतीबेला सम्म स्थानिय र बरपरका छिमेकी गाँउको बनभोज स्थलमा सिमीत स्वरेक मैदान अहिले अत्यान्त ब्यस्त बन्दै दिनहु प्याराग्लाईडीङमा उड्ने पर्यटक सँगै झुमी रहेको छ।
प्याराग्लाईडिङमा झुम्दै स्याङजाको स्वरेक मैदान
स्थानिय बयरघारी बजारदेखी करिब १४ किलो मिटरको यात्रापछि भिरकोट नगरपालिका -५ स्वरेक मैदानमा पुगिन्छ । समुन्द्री सतहबाट १६०० मिटर उचाईमा अबस्थित यस स्वरेक मैदान थुप्प- थुप्प परेका डाँडाहरु, मनमोहक सल्लाघारीको दृश्यावलोकन तथा प्याराग्लाईडीङको रौनकताले हाल अत्यंत चर्चाको शिखर चुम्न सफल भएको छ । कुनै बेलाको सुनसान डाँडो हाल भिडीयो सुटिङ स्पट, पिकनिक स्पट तथा प्याराग्लाईडिङ जस्ता क्रियाकलापले दिनानु दिन रंगीन बन्दै गएको छ भने सोही स्थानमा अवस्थित सति पोखरी, गोलाकार आकारको करिब ७० मिटर गहिरो पुरानो बंकर तथा भवानी थुम देवीको मन्दिर स्वरेक मैदानका थप आकर्षक बिशेषता हुन ।
नेपाल सति प्रथा जस्तो जगन्य कालखण्डबाट गुज्रीएको देश हो । तिनताका एक महिलाले आफ्नो श्रीमानको सति जाँदै गर्दा स्वरेक मैदानमा पुगे पछि मलामीहरुलाई एउटा पोखरी खनी दिन आग्रह गरेकी र सेतीबेनीमा लाश दाहसंस्कार गरेर फर्कैका मलामीले मैदानमा आएपछि पोखरी खनेको कारणले यसको नाम सती पोखरी रहन गएको किम्बदन्ति छ । नेपाल बाईसे चौबिसे राज्यहरुमा रहेको बेला भिरकोटे राजाहरुले आफ्नो सुरक्षाको लागी हातहतियार राख्न बनाईएको बंकर पनि यसै स्थानमा छ जुन अहिले जिर्णोदार अबस्थामा छ । मैदानको करिब २ कि.मी दुरीमा एउटा अचम्मको ओडार जस्तो प्वाल रहेको छ जसबाट ढुङ्गा फलाम या अन्य धातु छिराउदा करिब ३० सेकेन्ड पछि पानीमा कुनै बस्तु फ्याँकिदा आउने जस्तै आबाज सुन्न सकिन्छ जसबाट सो स्थानमा ताल या कुनै तरल खानी रहेको अनुमान लगाउन सकिन्छ । स्वरेक मैदान शान्त,प्राकृतिक एवम धार्मिक बिबिधताले भरिपूर्ण त छदैछ प्याराग्लाईडिङको अर्को बिशेषताले यसलाई झन सुनमा सुगन्ध थपेको छ । विकसित तथा धनि राष्ट्रका नागरिक हरु बिशेष गरी अमेरिका र युरोपेली मुलका मान्छेहरु प्याराग्लाईडिङ खेलमा बिशेष रुची राख्ने गर्दछन। प्राकृतिक स्रोत र साधनले भरिपूर्ण भएपनि नेपालमा प्याराग्लाईडिङ पोखराको साराङकोट क्षेत्रमा मात्र सिमीत भएको हुनाले सन २००८ मा मनोरञ्जनको लागी मात्र थालीएको प्याराग्लाईडिङले यसको क्षेत्रमा अकल्पनीय छलाङ मार्दै हाल स्वरेक मैदानमा नेपालकै पहिलो प्याराग्लाईडिङ स्कुल " THE BABU ADVENTURES INTERNATIONAL SCHOOL" स्थापना भैसकेको छ जुनकुरा केवल स्वरेकवासी, स्याङजाबासीका लागी मात्र नभई सिङ्गो राष्ट्रका लागी गौरबको बिषय हो ।
बाबु एडभेन्चर ईन्टर्नेशनल् स्कुल स्वरेक मैदान
भौगोलीक धरातल, प्राकृतिक विविधता,सुरक्षाको दृष्टिकोणले स्वरेक मैदान तथा स्याङजा जिल्ला प्याराग्लाईडिङ का लागी उपयुक्त भएको जिकीर स्याङजामा निकै चर्चा कमाएको " द रोड साईड क्याफे" का संचालक तथा बाबु एडभेन्चर प्याराग्लाईडिङ क्लबका अध्यक्ष एबम बरिष्ठ समाजसेवी कृष्ण जंग के.सी. गर्नु भयो । उहाले थप्दै भन्नु भयो, स्वरेक मैदानमा प्याराग्लाईडिङको बिकास हुनुले स्याङजा जिल्ला नै बिश्व प्रसिद्द हुदैछ भने स्थानियले धेरै प्रकारका रोजगारी गर्न बाबु एडभेन्चर ईन्टरनेशनल प्याराग्लाईडिङ स्कुल सक्षम भएको र उक्त स्कुलकै कारणले धेरै जना स्थानिय युवाहरुलाई रोजगारीको अबसर समेत सृजना भएको छ ।
"आगामी सन २०२०मा स्वरेक मैदानमा बिश्वकप प्याराग्लाईडिङ आयोजना गर्ने लक्ष्य"
नेपालको साहसिक पर्यटनको विकास साथै नेपालमा हवाई खेलकुदको गतिबिधी बृर्दि गरी हवाई खेलकुदको बिकास तथा जर्गेना गर्नै उद्देश्यका साथ बाबु एडभेन्चर प्याराग्लाईडिङ क्लब स्याङजाले आगामी २०७४ कार्तिक १५ देखी २० गते सम्म अन्तराष्ट्रिय खुल्ला प्याराग्लाईडिङ प्रतियोगीता आयोजना गर्दैछ । साथै ईन्डोनेशियामा हुन गईरहेको १८औं एसियन च्याम्पियनसीप (साप गेम) मा भाग लिन जाने खेलाडीलाई अभ्यास गर्न समेत नेपालमा एकल उडान क्षेत्र "Aviation Sport Flying Zone" नभएकाले यस स्याङजा जिल्लाको आँधिखोला क्षेत्र उक्त कार्यको लागी अत्यान्तै उपयुक्त भएकोले यस क्षेत्रको दक्षिण पश्चिम तर्फ चापाकोट देखी मिर्मी तथा उत्तर पूर्व तर्फ सतौं देखी हुनीकोट सम्मको भौगोलिक बनावट, वातावारणीय अवस्था, सुरक्षा र प्राबिधिक दृष्टिकोणले समेत सर्वोत्कृष्ट स्थान भएको हुनाले राष्ट्रमा साहसिक खेलको बिकास तथा अन्तराष्ट्रिय स्तरमा समेत हवाई खेलको प्रर्वदन गर्न सकेमा स्याङजा जिल्ला लगाएत समग्र नेपालकै पर्यटन क्षेत्रको बिकासमा टेवा पुगी दिगो बिकास हुनुको साथै स्याङजा जिल्लालाई नेपालकै फरक एबम उदाहरणीय पर्यटकिय गन्तब्य समेत बनाउने लक्ष्यका साथ एक मात्र एकल उडान क्षेत्र "Aviation Sport Flying Zone" घोषणा गर्न पहल चालेको बाबु एडभेन्चर प्याराग्लाईडिङ क्लबका अध्यक्ष कृष्ण जंग के.सी ले जानकारी दिनु भयो। यी कुराहरुमा राज्य पक्षको ध्यानार्काषण गराउदै उल्लेख्य सहयोगको अपेक्षा सहित सन २०२० सम्ममा स्वरेक मैदानमै प्याराग्लाईडिङको बिश्वकप आयोजना गर्नै लक्ष्य रहेको अध्यक्ष के.सी ले बताउनु भयो।
स्वरेक मैदान बाट उडान गरी स्याङ्जाको सुन्दर नगरी वालिङमा अवतरण गर्दै आन्तरिक पर्यटक
केवल स्याङजाबासीका लागी मात्र नभएर सिङ्गो राष्ट्रकै लागी उदाहरणिय बन्ने सम्भावना रहेको यस स्वरेक मैदान क्षेत्रको सुधारका तथा बिकाश निर्माण र स्थानोत्तरका लागी हाल सम्म राज्य बाट उल्लेखनिय सहयोग भने प्राप्त हुन सकिरहेको छैन । राज्य पक्षबाट ओझेलमा परेको उक्त स्वरेक मैदान क्षेत्र स्थानियबासीहरुकै सेवा र सहयोगको आधारमा कामहरु हुदै आईरहेका छन । हाल यस क्षेत्रलाई थप ब्यबस्थित गर्नका लागी "राजेन्द्र भगवती टोल सुधार समिती " गठन गरिएको छ । संस्कृति तथा नागरिक उड्डयान मन्त्रालयका सह-सचिब बुद्दि सागर लामीछाने, स्याङजा जिल्लाका पूर्व स्थानीय बिकास अधिकारी महेश भट्टराई तथा भिरकोट नगरपालिका बडा नं ५ का नव-निर्वाचित वडा अध्यक्ष लक्ष्मण अधिकारी ज्युको बिशेष उल्लेखनिय सहयोग रहि आएको छ भने भिरकोट, वालिङ र पुतलीबजार नगरपालिकाका नव- निर्वाचित मेयर उपमेयरहरुले आवश्यक सहयोग गर्नै आश्वासन दिनु भएको छ ।
प्राकृतिक स्रोत र साधनले भरपुर उत्कृष्ट भएको यस स्वरेक क्षेत्र हाल बिभिन्न स्वदेशी तथा बिदेशी पर्यटकहरु सँगै प्याराग्लाईडिङमा झुमीरहेको छ । सम्बन्धित निकायको पहलकदमी सहयोग मिलेमा बिश्वमै प्रतिष्ठित बन्ने सपना बोकेको पनि छ ।
स्वतन्त्र सुचना, समाचार र विचार हाम्रो प्रथामिकता - Jamarko !
 
 
 
No comments:
Post a Comment