DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Wednesday, August 9, 2017

मैले गर्दा अश्लील, प्रतिष्ठानका कलाकारले गर्दा श्लिल ! ज्योति मगरको आक्रोश

सन्सार लाई "नेगेटीभीटी" ले नराम्रो संग गाँजेको छ ! सत प्रतिसत पर्फेक्ट कोही पनि हुदैन,हरेक ब्यक्ती भित्र राम्रो र नराम्रो दुबै पक्ष लुकेको हुन्छ ! राम्रो या नराम्रो के दृष्टीगोचर हुने भन्ने कुरा द्रष्टाको नजरीया मा भर पर्ने कुरा हो !मैले "म ठिक" भनेर कहिल्यै घोषणा गरीन ! म हेर्ने हरुको नजर जस्तो छ उस्तै हुँ ! मैले जहिले पनि समय संग बग्न खोजेका गीत हरु गाउने या तिनमा काम गर्ने प्रयास गरें ! जस्तै ढाडे बिरालो,रक्सी खाईन्छ ईत्यादी गीत हरुले सुस्त परेको सांगीतीक माहोलमा एक कीसीमको तरंग पैदा गरेका थिए तर तिनै गीत सर्वाधिक आलोचित पनि हुन पुगे ! त्यसो भन्दैमा म समाजमा आलोचीत हुने गीत मात्र गाउछु या मलाई आलोचना मन पर्छ र आलेचीत हुनैका लागी गाउछु भनेर अर्थ्याउने हरुको नजरमा मेरा परम्परागत भाका हरु किन पर्दैनन ? मेरा मौलिक गीत हरुमाथी भरमार गाली वर्षाउने हरुले टिपीकल गीत हरु र परम्परागत भाका हरु मैले गाउदा ति गीतका पक्षमा किन एक शब्द सम्म खर्च गर्दैनन ? बुझ्न नसकेको कुरा यही हो !

राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ले मैले ढाडे बिरालो गीतमा अभिनय मात्र गर्दा पनि मलाई कारवाही स्वरुप चेतावनि दिनको लागी विज्ञप्ती नै जारी गर्यो ! र म लाई वहिस्कार गर्नको लागी मेला महोत्सव र देश विदेशका आयोजक हरुलाई सुझाव पनि दियो ! मैले कलाकारीता गर्नै नपाउने या नहुने सम्मका अभिब्यक्ती हरु प्रतिष्ठानका तर्फबाट आईरहे ! म विचलित भईन र अहिले सम्म मलाई कलाकारीता छोड्नु परेको छैन ! मलाई माया गर्ने हरु पनि रहेछन मेरा शुभचिन्तक हरु भन्ने बुझेरै म कलाकारीतामा निरन्तर लागीरहें !तत्कालीन पदाधीकारी हरुले भनेझैं या विज्ञप्तीमा लेखीएबमोजीम भैदिएको भए नेपाली सांगीतीक जगत बाट मेरो नाम मेटिईसक्थ्यो !

प्रतिष्ठान कति सम्म पुर्वाग्रही भएर आफ्नो जिम्मेवारी पुरा गर्यो भन्ने यौटा ज्वलन्त उदाहरण यो पनि हो की - तत्कालीन समयमा मैले काम गरेको ढाडे बिरालो जस्तै समय अनुसार बगेको अर्को गीत "कट्टुमा बुट्टा" यो पटक पनि रिलीज भएको छ ! तर प्रतिष्ठान चुपचाप छ ! आँखा चिम्लिएको छ ! किनकी कट्टुमा बुट्टा गीत निर्माणमा गायनमा र अभीनयमा समेत प्रतिष्ठान पदाधीकारी हरु सामेल छन ! ढाडे विरालो गीतले बिगारेको लोक संस्कृती कट्टुमा बुट्टा भन्ने गीतले कुन एंगल बाट सुधार गरेको छ त ? प्रतिष्ठान पदाधिकारी हरुको लागी मेरो यो प्रश्न रह्यो ...! तपाई हरु किन यती पुर्वाग्रही ? मेरा मौलीक गीत हरुको विरोध गरिरहदा र मलाई गाली गरिरहदा तपाई हरुले जुन संतुष्टी पाउनुभो त्यस्तो संतुष्टी कट्टुमा बुट्टा गीतका सर्जक गायक गायीका निर्देशक या मोडल हरुलाई गाली गर्दा आउदैन ?

यहाँ गलत अर्थ नलागोस -कट्टुमा बुट्टा भन्ने गीत नराम्रो या अश्लिल हो भन्ने मेरो आशय होईन तर प्रतिष्ठानको नजर किन फरक ? मैले गरे अश्लिल र संस्थाका पदाधीकारीले गरे उस्तै भिडीयो श्लिल हुन्छ ...? आज आएर एक किसीमको संतुष्टीको अनुभुती भईरहेको छ ! जुन आधुनिक प्रवृत्तीका र मोर्डनाईज्ड गरीएका गीत हरुलाई "ज्योती मगर टाईपका गीत" भन्ने ट्याग लागेको थियो त्यही ट्याग लाईनमा प्रतिष्ठानका साथी हरु हिडीरहनु भएको छ ! चर्चित हुन रहर वहा हरुलाई पनि रहेछ र त्यस्तै गीत हरुबाट चर्चा कमाईन्छ भन्ने थाह पनि रहेछ र त्यस्तै भिडीयो गर्न पाए सुस्ताउदै गरेको क्यारीयरमा हलचल आउछ की भन्ने लोभ लालच पनि रहेछ ! सुस्ताउन थालेको आफ्नो माहोल तताउन प्रतिष्ठानका पदाधीकारी हरुले "ज्योती मगर" ट्यागलाईन प्रयोग गर्दा प्रतिष्ठान भित्र भुकम्प गएन ...!

म खुशी छु की मेरा गीत हरु भर्चुअल संसारमा बढी खोजिने गीत हरुमा पर्छन ! गर्व गर्न मन लाग्छ की मैले लोक दोहोरीमा जुन मार्ग जुन बाटोको थालनी गरें र आलोचित हुँदै एक्लै हिड्न थालें त्यसमा अहिले मेरा दर्शक श्रोता मात्र नभएर प्रतिष्ठानका पदाधिकारी समेत हिड्नुभएको छ । वहा हरुलाई म जस्तो कडा आलोचनाको सामना भलै गर्न परेको नहोस तर बाटो कठीन नै हो -वहा हरुलाई पनि शुभकामना !

यी सबै परिस्थीतीको बाबजुद पनि मैले मेरो बाटो मेरो ट्यागलाईन छोडीन र छोड्दिन पनि ! जति आलोचना गर्दै हेर्दै गर्नुभो मेरा पुराना गीत हरुलाई त्यस्तै यो गीतलाई पनि माया गरिदिनुहोला भनेर म मेरा शुभचिन्तक हरु संग अनुरोध गर्न चाहन्छु - धन्यवाद ।









Published on Aug 4, 2017



New Teej Song 2017/2074 "Jhumkana Harayo" by Jyoti Magar & Govinda Madhur Acharya only on Music Nepal official YouTube channel.




Visit Here - http://bit.ly/musicnepalYT To Listen to many more Songs on your mobile.


Jhumkana Harayo

Singer – Jyoti Magar & Govinda Madhur Acharya

Lyrics – Govinda Madhur Acharya

Music – Govinda Madhur Acharya

Artists – Jyoti Magar, Sahin Prajapati, Niruta Chhetri & Suman Thapa Magar

Editor – Sudhan Basnet

Camera – Suresh Shrestha

Director – Smriti Timilsina Guruaama

A World of Nepali Music & Entertainment

Keep Loving Nepali Music and Movies!!!!

Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract


स्वतन्त्र सुचना, समाचार र विचार हाम्रो प्रथामिकता - Jamarko !

No comments: