यौन प्रसंग हाम्रो लोक संस्कृतिमा ३५० बर्ष अगाडी देखि नै प्रचलन मा रहेको कुरा "झ्याल्चा नृत्य" को बारेमा समाचार पढेपछि थाहा पाईयो ! हरेक परम्परा हरु यसरि नै सुरु हुने हुन- झ्याल्चा परम्परा श्लिल हो कि अश्लिल ? यो समाचार पढेर बुझ्ने चेष्टा गरौँ -यो प्रसङ्ग कान्तिपुर बाट साभार गरिएको हो
मल्लहरूले किराँती शासकहरूलाई बिदा गरेको ठाउँ क्वय् लाछी च्यासल टोल हो । नेपाल भाषामा क्वय् लाछीको अर्थ तल्लो टोल हुन्छ । च्यासल पाटन दरबार स्क्वायरबाट करिब ५ मिनेट उत्तर पूर्वी कुनामा पर्ने सानो टोल हो ।
च्यासलको मुख्य आकर्षण भनेको झ्याल्चा नाच (छायाँमार्फत देखाइने ३ सय ५० वर्ष पुरानो यौनिक गतिविधि समाहित रोमान्टिक नृत्य) हो । यो नाच इन्द्रजात्राको एक दिनअघि देखाउने परम्परा थियो । यद्यपि यसपटक ज्यापु संग्रहालय महोत्सवका अवसरमा पनि उक्त नाच देखाइयो । नाच च्यासल टोल तथा भिन्द्यो लाछी टोलबीचमा पर्ने अवाले गुठी सत्तलको उत्तर–पूर्वतर्फको ठूलो झ्यालमा देखाइन्छ । स्वदेशी तथा विदेशी पर्यटकहरूले रमाई–रमाई उक्त नाच हेरे । यो नाचका बारेमा बूढापाकाहरू भन्छन्
— एक दिन राजा योगनरेन्द्र मल्लले पाटनतर्फ जाने क्रममा च्यासलको इनारनजिकै एउटी युवतीलाई नुहाइरहेको देखे । ती सुन्दर युवतीबाट मुग्ध राजाले उनलाई बिहे गरेर दोस्रो रानीका रूपमा दरबार भित्र्याएपछि जेठी रानीलाई असह्य भयो । जेठी रानीले कान्छी रानीको बेइज्जत गर्ने उद्देश्यले झ्याल्चा नृत्य गराएको इतिहासकारहरू बताउँछन् ।
नाचको पहिलो दृश्यमा दुई पात्र मिलेर पूजा गर्दै समयबजी खान्छन् । दोस्रो दृश्यमा युवतीले झुल्दै चर्खा काटेको देखाइन्छ । तेस्रो दृश्यमा युवकले युवतीसमक्ष सम्भोगका लागि आग्रह गर्छ र युवती सहमत नहुँदा–नहुँदै उनीहरूबीच यौन क्रियाकलाप हुन्छ । चौथो दृश्यमा सम्भोगका लागि युवतीले नै आग्रह गर्छिन् र यौनलीला हुन्छ भने पाचौं दृश्यमा सम्भोगका लागि युवकले आग्रह गर्छ र अन्त्यमा पूजापश्चात् झ्याल्चा सम्पन्न हुन्छ ।
क्वय्लाछी च्यासल टोलका गुरुहरूका अनुसार तत्कालीन समयमा प्रविधिको विकास नभएका कारण बत्ती र छायाँको सम्मिश्रणबाट बिनाआवाज आकृतिबाटै अर्थ लगाउन सकिने गरी कलाकार र बाजाको तालमा कलात्मक झ्याल्चा नृत्य तयार पारिएको हो । झ्याल्चामा छायाँका रूपमा केटा र केटी देखिए पनि वास्तवमा त्यसमा अभिनय गर्ने दुवै पुरुष नै हुने बताइन्छ ।
Sunday, November 5, 2017
लोक परम्परा, झ्याल्चा नृत्य र अश्लिलताको सवाल
Tags
# समाज
About Durga Pangeni
मन परे दिलमा मन नपरे डिलमा Freelance Blogger.
समाज
Labels:
समाज
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment