DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Thursday, September 26, 2019

मायाँ बसेपछि भन्दा बस्ला बस्ला हुदै मजा छ -सुपरहिट गीत होईन

दुर्गा पंगेनी :-
गीतको बोल : मायाँ बसेपछि भन्दा बस्ला बस्ला हुदै मजा छ /
सबैभन्दा महत्वपुर्ण कुरा भनेको अहिलेको समयका दुई सफलतम श्रष्टा द्वयको सहकार्य – एकनारायण भण्डारी र बशन्त थापाको यौटै गीतमा सहकार्य हुनु भनेकै यौटा ऐतिहासिक संयोग हो, बिरलै हुने यो संयोगले दिने आउट पुट पनि पक्कै दर्शक को मन छुने खाले नै हुनुपर्छ भन्ने मेरो बिश्वाश रहेको छ / (एकजना शुभचिन्तक को चाहना के हुने रहेछ भने – यस्ता कालजयी सृजना दिदै आएका श्रष्ठा ले सहकार्य गरेपछि त्यो आउट पुट पनि ऐतिहासिक नै आउछ भन्ने सबैको चाहाना हुने रहेछ)

शब्द / Lyrics:- यो स्थाई लाई नै धेरै तरिकाले सोच्न सकिने गरि गीतको सृजना गरिएको रहेछ – हुन हुन खोज्ने तर नहुने अवस्थाको मिठास गीतले ब्यक्त गर्न खोजेको देखिन्छ  / भैसकेपछि त सकियो –थकाई लाग्छ, हुन खोज्ने तर नहुने अवस्था लाई खासमा शब्दमा बयान गर्ने सकिन्दैन / कतिपय सपनाहरु पनि त्यस्ता हुन्छन / रमाईला सपनाहरु – त्यहाँ केहि हुन खोज्छ तर हुदैन / भईहाल्यो भने निद्रा खुल्छ, भएन तर होलाहोला जस्तो भईरह्यो भने रमाइलो भईरहन्छ – माया पनि त्यस्तै हो – नबसुन्जेल र बसला बसला हुन्जेल को रमाइलो त्यो डर मिश्रित कौतुहलता को मजा बेग्लै हुन्छ त्यहि कुरालाई स्थाईले ब्यक्त गरेको छ /- मिठो लाग्यो गीत  / सफलताको शुभकामना सम्पूर्ण टिम लाई

एक नारायण भण्डारी जी को शब्द चयन सधैं नै ‘कौतुहलता ले भरिपुर्ण र बिम्बात्मक हुन्छन, यो गीतमा पनि कतै कतै  बिम्ब को प्रयोग गरिएको छ (आकर्षण को पछाडी जादुको छडी जस्ता शब्दहरुका फुर्का  जोडेर गीतलाई काउकुती लगाउने बनाउन एक नारायण जी ले कुनै कसर नछोडेको प्रष्ट हुन्छ, कम मजा छ सोचेर रमाउदा, त्यति मजा छैन हात समाउदा – गायिका को भागमा परेको यो अन्तरा पनि काउकुती लाग्ने खाले नै छ / सोचेर रमाउदा को आनन्द श्रोताले अनुभव गर्न सक्छन  )  ,  शब्दहरु साहित्यिक छन् /  पहिल्यै प्रचलनमा रहेका टुक्का हरुको प्रयोग गरिएको छैन / सम्पूर्ण रुपमा सृजना गरिएका टुक्काहरु कर्णप्रिय छन्   /

लय, भाका / संगीत / Music:- लय नयाँ छ  / खासै पुराना गीत संग प्रभावित भएको जस्तो लाग्दैन  / अचेल भाका जुधेको भनेर धेरै चर्चा चल्ने गरेपनि यो गीत माथि त्यस्तो आरोप आउने सम्भावना देखिदैन / तर भाका निकै हिट हुने खालको भने होइन / केहीबेर उभिएर सुनिरहू लाग्ने मिठास भएपनि जन जिब्रोमा ट्याक्कै झुन्डिने र जनबोलीमा ठ्याकै बस्ने भाका भने यो होइन – भरपुर मिठास र कर्णप्रियताको बाबजुद यो गीत ‘सुपर हिट’ म्याटेरियल जस्तो कि सालको पात, साईलो, या एकनारायण जी कै सुपारी चाम्रो या पछिल्लो छिपछिपे पानीमा लेउ जस्तो  चाहि होइन /  

स्वर / – बशन्त थापा र सपना थापा / बशन्त थापाको स्वर सधैं झैँ गज्जप छ , गायिका सपना थापाको स्वर भने महंगा भिडियोहरुमा बिष्णु माझि को स्वर सुन्ने बानि भएर होला अलि मध्यम लाग्यो तर ‘माझिन बाँकी रहेको’ स्वर भएर स्रोता को रुपमा त्यो स्वर संग भिज्न बाँकी रहेको जस्तो लाग्छ तर स्वर मिठो छ / गम्भीर किसिमको स्वर छ खोट लगाउने ठाउँ छैन /

वाद्यवादन संयोजक Music Arranger:- आशिष अविरलको म्युजिक एरेन्ज गजप छ / गीत सुन्दा आनन्द आउने खालको छ / टेम्पो मा छेडाखानी गरिएको छैन –एयारफोन लगाएर सुन्दा झुम झुम गर्छ (यो झुम झुम लोक गीतको एक किसिमको क्वालिटी या नि गुणस्तर हो जुन लोक गीत का पारखी हरुले मात्र बुझछन ) पहिला यो झुम झुम मालश्री स्टुडियो ले मात्र दिन सक्छ भन्ने आम कलाकारको बुझाई थियो अब भने कलाकार हरु राग स्टुडियो तर्फ पनि आकर्षित भईरहनुभएको छ त्यो राम्रो पक्ष हो

     भिडियो तर्फ

कलाकार हरु / निर्देशक सुनिल क्षेत्रि को आफ्नै नृत्य रहेको छ / डान्स स्टेप हरु ठिकै छन् / घरि घरि लिड लाई ओभरल्याप र फ्रेम आउट गरिएको छ, लिड फ्रेम आउट भएर कोरस मात्र नाचेर पुरा गरिएका दृश्य सहज छैनन् / हुन त निर्देशक को आफ्नै डिजाईन र सोच होला / कतै कतै कोरसको सिंगो टिम नाचिरहदा हिरो लाई फ्रेम आउट गरेर कथामा समेट्न खोजेजस्तो देखिन्छ तर कथा स्पष्ट हुनेगरी बुनिएको छैन /   -/ नायिका अति सुन्दर देखिएकी छन् / उनको नृत्य खोट लगाउने ठाउ छैन / / लामो कम्मर भएकी नायिका शिल्पा सेट्टी जस्तो देखिएकी छन् /

मेकअप, ड्रेस डिजाईन र कपडा बारेमा   ड्रेस डिजाईन राम्रो छ/ मेकअप राम्रो छ /
लोकेशन / सेट को बारेमा : लोकेशन अति सुन्दर छ / मनोरम दृश्य हरु कैद गरिएको छ / धेरै ठुलो स्केलमा खिचिएको भिडियोका नृत्यका दृश्य भन्दा लोकेशन धेरै सुन्दर देखिएको छ /

सिनेम्याटोग्राफी : क्यामरा वर्क पनि अति मेहनतका साथ् गरिएको छ / ड्रोन लाइ धेरै माथि सम्म उडाईएको छ / माथि बाट लिईएका दृश्य हरु अति सुन्दर देखिन्छन /
भिडियो सम्पादन  भिडियो को सम्पादन ठिकै छ /

निर्देशन निर्देशक सुनिल छेत्री आशा लाग्दा निर्देशक भएर सांगीतिक क्षेत्रमा देखिएका छन् / यहि किसिमका भिडियोहरु उनले लोक दोहोरीको क्षेत्रलाई दिदै गए भने उनलाई कामको कमि हुनेछैन / उनले लोक गीतलाई नयाँ उचाई दिनेछन यो पक्का हो / यो गीतको निर्देशन पनि उनले आफ्नो तर्फबाट राम्रो गर्ने प्रयाश गरेका  छन् / तर गीत भित्र अझै धेरै कथा समेट्न सकिने ठाउँ थियो / अझै कथा ब्यक्त गर्ने क्लिप हरु समेटेको भए सुन मा सुगन्ध हुनेथियो तसर्थ यो भिडियो लाइ ‘एक्स्ट्रा अर्डिनरि’ भन्न अथवा असाधारण राम्रो भिडियो भन्न मिल्दैन –   /

युट्युब च्यानल र डिजिटल प्लेटफर्ममा गीतको पर्फर्मेन्स को बारेमा, भ्युज, लाइक /डिसलाइक, सेयर, कमेन्ट लगायत पब्लिक इन्गेजमेन्ट को बारेमा कुरागर्नु पर्दा –एकनारायण भण्डारीको अफिसियल युट्युब च्यानलबाट सार्वजानिक भएको गीत पब्लिस भएको एक घन्टामा दस हजार भ्यु गैर हिट हुने लक्षन् देखाइसकेको थियो भने पछिल्लो २४ घण्टा मा १ लाख को कोशे ढुंगा पार गरेको छ / यस बिचमा गीतले ४५०० (चार हजार पांच सय ) लाईक / जम्मा एक सय अठतीस डिसलाईक र जम्मा ३७५ वटा मात्र कमेन्ट प्राप्त गरेको छ / क्लिक को अनुपात मा पब्लिक इन्गेजमेन्ट अलि कमजोर नै हो / लाइक संख्या ठिकै भएपनि कमेन्ट सन्तोष जनक रुपमा आएका छैनन् तर जति कमेन्ट आए सबै सकारात्मक रुपमा आएका छन् / एकादुई बाहेक सबैले गीतलाई राम्रो भनेका छन्  /
·       क्लिक र रिभेन्यु कलेक्सन कुरा  – अहिले गैरहेको भ्यु को  अनुपात कहिले सम्म यस्तै कायम रहन्छ यसै भन्न सकिन्न / एक महिनामा ३० लाख भ्यु गयो भने राम्रो मान्नु पर्छ – त्यो भन्दा बढी आशा गर्न सकिदैन /
·       यो सुपरहिट सर्जक हरुको सहकार्य   भएकाले यसलाई नाफा घाटाको दृष्टिकोण बाट मुल्यांकन गर्न उचित नहोला, बसन्त थापा र एकनारायण भण्डारी बीच सहकार्य भएर निस्केको गीत संग्रहणीय हुनुपर्छ भन्ने मेरो बुझाई हो /   

समग्रमा गीत कस्तो   - समग्रमा यो गीत (मायाँ बसेपछि भन्दा बस्ला बस्ला हुदै मजा छ) राम्रो, अब्बल र कर्णप्रिय गीत हो  तर यो “सुपर हिट’ म्याटेरियल होइन / यसको  करोडौं भ्यु जान्छ भनेर आशा गर्न सकिदैन –तर गीतले श्रोतालाई र भिडियोले दर्शक लाइ खासै निराश बनाउदैनन /  अब्बल सर्जक एकनारायण भण्डारी र बशन्त थापाको मध्यम कोटीको सृजना हो  भनेर भन्दा या मुल्यांकन गर्दा  यो गीतमाथि  अन्याय हुदैन – धन्यबाद नमस्कार  

No comments: