DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Showing posts with label व्यङ्ग्य. Show all posts
Showing posts with label व्यङ्ग्य. Show all posts

Thursday, May 10, 2018

ओलीभक्त हरूको सम्भावित दुर्दशा

May 10, 2018 0

दुर्दशा भन्ने शब्द परिस्थिति जनाउने शब्द हो । दशा अर्थात् अवस्था र दुर्दशा अर्थात् दुःखी अवस्थाको पराकाष्ठा । महाभारत कालमा पाण्डु पुत्रहरूलाई दुर्दशा लागेको थियो। समय प्रतिकूल हुनु, आफन्तबाट त्यागिएर बन वास जानुपर्ने अवस्था आइपर्नु र आफ्नै मतिहिनाताको कारण आफ्नै श्रीमतीको अस्तित्वको रक्षा गर्न नसकेर शत्रुको अगाडि लाचार-लम्पसार हुनुपर्ने अवस्था आइपर्नुलाई “पाण्डव हरूको दुर्दशा” भनेर बयान गरिएको छ।

नेपाली राजनीतिमा एक दिन कस्तो समय आउने छ की एमाले नेताहरूद्वारा बोलिएका केही शब्द र केही घोषणाहरूको कारण त्यो पार्टीका कार्यकर्ता र तल्लो स्तरका नेताहरू समाजमा मुख देखाउन नसक्ने अवस्थामा पुग्नेछन् । कतै गाउँलेहरूले पानीजहाज र रेलका कुरा गरेको सुने भने “कुन दिनमा ओलीको मुखबाट यो शब्द फुत्किएछ” भनेर एमालेहरू नै भित्तामा आफ्नो पुर्पुरो ठोक्नेछन्। कम्युनिष्टहरुलाई दिने गाली जस्तै हुनेछन् -“तुइन, पानीजहाज, रेल, ग्यास पाइप, हावाबाट बिजुली” लगायत घोषणाहरू । अवस्था यही रहेमा कमरेड ओलीले आम कम्युनिष्टहरुलाई समाजमा घुलमिल हुनै नसक्ने बनाएर छोड्ने निश्चित जस्तै भएको छ।

दूरदराज र दुर्गममा एमालेको राजनीति गर्ने युवा कम्युनिस्ट नेता र कार्यकर्ताहरू बाटोमा हिँड्दा -“उ रेल वाला नेता आयो” “उ पानीजहाज वाला गफाडी आयो” भनेर एमाले समर्थकहरू मजाकको पात्र बन्नेछन् । कोही कतै पुग्न ढिलो गर्‍यो भने तुइन हटाएर केबलकार नै जोड्न थाल्यो क्या हो साह्रै ढिलो पो गर्‍यो त भनेर मजाक गरिने छ । किन ढिलो आइस ? रेल छुट्यो र ? भनेर ढिलो आउने कम्युनिष्टहरुको यो समाजले दोहोलो काढ्ने निश्चित छ।

ओलीको योजना विहीन घोषणाहरूलाई समर्थन गर्ने जुन तदारुकता र इच्छा शक्ति एमाले कार्यकर्ताहरूले अहिले देखाएका छन् । त्यही तदारुकता र इच्छाशक्ति ओलीका घोषणाहरू असफल हुँदा उनको प्रतिरक्षा गर्न पनि देखाउनै पर्ने हुन्छ। त्यसको उदाहरण महेश बस्नेतले दिएका छन्। पानीजहाजको विषयमा मजाक गर्नेलाई साइबर क्रईम कानुन अन्तर्गत कारबाही गरिनुपर्छ भन्ने अभिव्यक्ति दिएर उनले भविष्यमा ओली वाणीको प्रतिरक्षा एमालेहरूले कसरी गर्नेछन् भन्ने उदाहरण पेस गरेका छन् ।

भोलिको दिनमा पानीजहाज किन आएन भनेर कसैले प्रश्न गर्‍यो भने एमालेहरू त्यसरी प्रश्न सोध्नेको करङ भाँचिने गरी ठोक्न तम्तयार भएर बस्नुपर्ने अवस्था सृजना हुने देखिन्छ । रेल किन आएन भनेर सोध्नेलाई थुन्न छुट्टै थुनुवा कोठाको आवश्यकता नपर्ला भन्न सकिँदैन। हेर्दा हेर्दै हाम्रो देशमा ओली बिरोधिहरुलाई थुन्ने बेग्लै जेल नबनाई नहुने अवस्था देखिन्छ । विरोध त हुन्छ नै, ओलीका हरेक उडन्ते घोषणाहरूप्रति व्यङ्ग्य हुनेछन् । घोषणा अनुसार काम नहुने बित्तिकै समाज चुप लागेर बस्दैन । किनकि सिङ्गै समाज ओलीको भक्ति गानमा रमाउने खाले छैन ।

एमाले कार्यकर्ता र ओलीका सिपाहीहरू जनताले हावाबाट बिजुली निकाल्ने विषयमा मजाक गर्दा पनि प्रतिरक्षामा उत्रनुपर्नेछ। घरघरमा चुल्हा चुल्हामा पाइप मार्फत ग्यास भनेका छन्। सिलिन्डर युगको अन्त्य हुनेछ भनेका छन् र सबैलाई थाहा छ कि अवस्था यही रहिरहेमा यो सरकारले तोकिएको समयमा कुनै पनि काम पुरा गर्ने छैन। यो कुरा प्रति पनि व्यङ्ग्य त हुने नै छ। त्यति बेला पनि ओलीको प्रतिरक्षा गर्न कार्यकर्ता हरू तम्तयार भएर बस्न पर्नेछ।

चाइनाबाट रेल ल्याउँछु भनेका छन्, काठमान्डुमा मोनो रेल चलाउँछु भनेका छन्, चाइनाबाट रेल आएन भने पनि ओलीले व्यङ्ग्य सहनुपर्नेछ । काठमाडौँमा मोनो रेल चलेन भने पनि व्यङ्ग्य त गर्ने नै छन् जनताले । कथंकदाचित रेल आयो तर रेलमा ल्याउने लाने सामान भएन भने पनि ओलीप्रति तिखा व्यङ्ग्यहरू हुनेछन्। अझ त्यस्ता ठुला परियोजनाको कारण देश दीर्घकालीन नोक्सानमा गयो र परियोजना असफल भयो भने त ओली प्रति व्यङ्ग्य कति हुनेछन् कति। त्यो अवस्थामा पनि कार्यकर्ताले यसरी नै ओलीको पक्षमा आवाज बुलन्द गरिरहलान् ?

त्यसरी नै ओलीको प्रतिरक्षामा कार्यकर्ता सिपाही बनेर उभिई रहलान्  भनेर अनुमान गर्न पनि गाह्रै छ। समाजले गरेको व्यङ्ग्य सहन नसकेर धेरै कार्यकर्ता पलायन हुनेछन् अथवा कार्यकर्ताको समाजमा मुखै देखाउन नहुने गरी दुर्दशा हुनेछ। त्यो भन्दा बाहेक आन्तरिक किचलो यसरी बढ्ने छ कि ओलीका कार्यकर्ताहरू आपसमा विभाजित हुनेछन् । त्यसको मुख्य कारण भनेको ‘भाइ भतिजावाद’ बाट सुरु हुनेछ ।

सामाजिक सञ्जालमा उग्र रूपमा प्रधानमन्त्रीको समर्थन गरेको र उनको आलोचनाको उग्र प्रतिरक्षा गरे बापत केही ‘उग्र कार्यकर्ताहरू’ लाई सरकारले पुरस्कृत गर्नेछ र केही उस्तै समर्थक हरूले सोचेजस्तो पुरस्कार पाउने छैनन् अनि उनीहरू आपसमा भिड्न सुरु गर्नेछन् । उग्र समर्थकहरू स्थायी समर्थक  हुँदैनन् । लाभको लागि समर्थन गरिरहेका छन् भन्ने कुरा ओलीले राम्रो सँग बुझेका छन् । ती उग्रहरूलाई यो कार्यकाल भरी समर्थक बनाइराख्नको लागि भए पनि उनीहरूलाई लाभको पद दिनै पर्ने हुन्छ । त्यसपछि राजनैतिक नियुक्तिको खेल सुरु हुनेछ ।

आफ्ना सबै उग्र समर्थक हरूलाई राजनैतिक नियुक्ति दिन सम्भव हुँदैन । राजनैतिक नियुक्ति पाएको कार्यकर्ताले पदीय मर्यादाको लागि भए पनि ओलीको उग्र समर्थन र प्रतिरक्षा गरिरहन मिल्दैन त्यो बेलामा नियुक्ति नपाएका र कुनै पनि सोचेजस्तो लाभ लिन नसकेका चाटुकारहरूले ओलीको भक्ति गान को साटो उनकै विरोध गर्न सुरु गर्नेछन् । यसरी आपसमा विभाजित भएर ओलिगण अर्को दुर्दशा को दैलोमा पुग्नेछ  ।

जसरी आफ्नै गल्तीको कारण परिस्थितिसँग जुध्न नसकेर, कौरवहरूको प्रतिवाद गर्न नसकेर, पाण्डवहरूले द्रौपदीको चीरहरण लाचार भएर टुलुटुलु हेरिरहनु परेको थियो र उनीहरूको दुर्दशा भएको थियो त्यसरी नै ओलीका उडन्ते घोषणाको कारण उनका कार्यकर्ताहरू आफ्नै सिद्धान्तको प्रतिरक्षा गर्न समेत नसक्ने अवस्थामा नपुग्लान् भन्न सकिँदैन । त्यसैले ओलीलाई अहिल्यैदेखि सम्भव हुने कुराहरू मात्र बोल्न लगाउने कि ? कार्यकर्ताहरू पनि भोलि लाभको पदमा जान नपाउँदा यसरी नै उग्र समर्थन गरिरहन सकिँदैन भन्ने बुझेर अलिकति शान्त हुने कि ?



Wednesday, January 4, 2017

बक्रपाणी बत्तीसे पुराण -भाग-१

January 04, 2017


कलाकार जी आज्ञा गर्नुहुन्छ ! हे बाबा जी ! तहाँ उपरान्त लेखा देशमा यौटा बक्रपाणी बत्तीसे भन्ने ब्याक्ती छन रे । उनको मुख्य पेशा भनेको जग्गा दलाली हो भन्छन देखी जान्ने हरु । उनको बैकल्पिक काम भनेको पोखरा नगरी र यसका आसपासका जिल्ला हरुमा हुने साँस्कृतीक कार्यक्रम हरुमा कार्यक्रम संचालकको रुपमा पुग्ने र कार्यक्रम चलाउने पनि हुन गएछ । कालान्तरमा लेखादेश मा हुने महोत्सवको चाही निज वक्रपाणी सल्लाहकार नै हुनगए रे । उनले जे जे भन्यो लेखादेशको का महोत्सव हरुमा सोही अनुसारका कार्यक्रम हरु हुने र उनले ईच्छ्याए बमोजीमका कलाकार हरु मात्र जान पाउने नियम चलाएका छन रे ।

तहाँ उपरान्त हे बाबा जी ! दुई दुई जोर कोट र टाई किनेर महोत्सव यात्रा सुरु गरेको बक्रपाणी बत्तीसे भन्ने मनुख्खेको दबदवा पोखरा ईतरका महोत्सव हरु तिर पनि फैलिदै गएछ । लेकसाईड तिरका मेलाका अध्यक्ष र सांस्कृतिक संयोजक सँग जात मिल्ने भए जातको, ससुराली को थर मिल्ने भए ससुरालीको नातो जोडेरै भए पनि उक्त मेलामा आफ्नो प्रभाव विस्तार गर्दै गयो रे ! जहा नाताबादले काम गरेन त्यहा पार्टीका नेता हरुको सोर्स समेत लगाउने र नेताको सोर्सले समेत काम नगरेको खण्डमा उक्त मनुख्ये आयोजकको दैलामै गएर रुने काम समेत गरी मैले बोलाएर जति सस्तोमा कलाकार कसैले बोलाउदा पनि आउँदैनन .. मरेपनि आउदैनन ...भनेर आयोजक लाई पंगु बनाउने तिकडम समेत गर्दै महोत्सव हरुमा कलाकार ठग्न माहीर हुदै गईरहेको कुरा फेसबुक पुराणमा फाट्टफुट्ट लेखीएको छ ।

सस्ता कलाकार ल्याउने बहानामा अर्काको ट्रयाक बोकेर गीत गाउँदै हिन्ने र लिपसिङ हान्ने कथित कलाकारलाई बरिष्ठको दर्जा दिने र खाममा सात हजार राखेर विस हजार लिएको भनिदिनुस र ईज्जत राखिदिनुस भनेर अनुनय विनय गरी आफ्नो एजेन्टी यात्राको सुरुवात गरेको बक्रपाणी बत्तीसे भन्ने मनुष्य कालान्तरमा दैत्य रुप धारण गर्दै गएको भन्ने कुराको दरीलो प्रमाण फेला परेको कुरा पनि बाहिर आईरहेको छ । यस्ता परिकारले दैत्यान्तरण हुदै गर्दान निज बक्रपाणी ले सकेसम्म देशका प्रतिष्ठित कलाकारलाई सुरुमा माया गरेजस्तो गरेर तपाई भन्ने गरेको अनी तिमी हुँदै खुत्रुक हेपेर तँ भन्न थालेको कुराले धेरै बरिष्ठ कलाकार हरु समेत पिडीत भएको देख्न सुन्न पाईन्च पश्चिम लोकमा हे बाबा जी यो प्याराग्राफ मा यत्ती बुज्नुस अव तपाईको स्वर्गको द्वार खुल्नेछ पक्कै ..!

आगे का कुरा सुनेर कामलाई अझै पवित्र गर्नुस बाबा जी ! निज बक्रपाणी दैत्यासुरले सुरुमा कलाकारलाई प्रभावमा पार्न एकदिन संगै बसेर जाँण समेत खाने खुवाउने र त्यो दिनको दाम पनि तिर्ने गरीआएको किंवदन्ती हरु पोखरा लेकसाईड तिर निकै चर्चित रहेको र त्यसैको फलस्वरुप अर्को दिन देखी बक्रपाणी ले त्यो कलाकारको न्वारनको नाम विगारेर अरुलाई सुनाउन थाल्दोरहेछ ! नाम कसरी विग्रदोरहेछ भन्ने उदाहरण निम्न अनुसारको रहेको छ । जस्तै ~ ए ए ! त्यो खुमे..! पोसे..! पुरे..! हेमे..! ईत्यादी असली नाम विगारेर कलाकार को बारेमा बोल्ने र हिजो खुवाएको रौसी को बखान सैंसाथे हरु संग कसरी गर्ने भने "अँ हिजै त हो यार साह्रै किलकिलिएको रैच दुई वत्तल ख्वाईदिएँ फलानो कलाकारलाई भनेर गफ हान्दा हान्दा बक्रपाणी चाही हिट हुदै गएको र कलाकार हरु जड्याहामा नामुद हुदै गएको कुरो समेत साँईसाँई सुँईसुँई गरेर हल्ला चल्न थालीसकेको देखीन्छ दमौली उपरान्तका पश्चिम भेगमा।

तहाँ उपरान्त महिला कलाकार हरुमा आफ्नो प्रभाव विस्तार गर्न सुरु गरेको बक्रपाणी दैत्यले चर्चित कलाकार हरुलाई बोलाउदा "कहिले आउछेस् कालि ? कैले लाई राख्दिम ?तँ कहाँ छेस ? आज आएर देखापरेस भोली तेरो प्रस्तुती हुन्छ बाटो पारेस खाम धेरै हुँदैन बुझेस् । आयोजक सँग रमाईलो गरेस् । ढुक्क भएस ..म छु तेरो लागी ! बाहिर बिस हजार लिन्छे नत्र मान्दिने भन्दिन्छु ! तैंले हो मा हो मिलाएस ! तर खाम भित्र सात हजार पाउँछेस ! कुरो याद गर मलाई थाहा छ तँ मुन्टाले टेकेर आउँछेस" ईत्यादी जस्ता कुरा मिलाएर पैसाको किल्लत झेलेका कलाकार हरु लगायत कलाको आकारै नपरेका चर्चु हरु सम्मलाई प्रभाबमा पारेको कुरा समेत संचार जगतमा छ्यासछ्यासती भएको कुरा पनि श्रवण गरिहाल्नुस बाबा जी !

तहा उपरान्त दैत्यासुर बक्रपाणी ले काठमाडौको यात्रामा रहदा एकजना महिला कलाकारलाई फोन गरी "कता छेस काली ! अस्तीको तो कार्यक्रमकै जस्तो सेक्सी डिरेस लगाएर आईज ! यहा उद्योग बाणीज्य संघ का अध्यक्ष र म छौं ! सकेसम्म साथी पनि ल्याएस यतै बसेर रौसी खान पर्च राती संगै बस्न पर्च ! तलाई दाम र पश्चिमका कार्यक्रम कती चाहिन्छ मलाई भनेस भनेर गरेको म्यासेजका स्क्रीनसर्ट हरु यत्रतत्र सर्बत्र भएको कुरा पनि सामाजीक संजालमा फाट्टफुट्ट आईरहेका छन । ति महिला कलाकार उसले बोलाएको ठाममा नगएको र उसले भनेको नमानेपछी अचेल पोखरा ईतरको कार्यक्रम हरुमा उनको नाकमुख देख्न नपाईएको कुरो पनि ध्रुवसत्य हो बाबा जी यो अध्याय मा यत्ती ज्ञान धारण गर्नुस तपाईले पुण्य प्राप्त गर्नुभयो ।

हुदा हुदा हुदा हुदा दलालत्वासुर बक्रपाणी बत्तीसेको प्रभाव पोखराको सेरो फेरो कटेर स्याँड•जा र भिर्कोट सम्मै फैलिएछ । पुतलीबजारको महेत्सवमा कलाकार सिब हमालले मन्चबाटै "काकाको श्राद्दमा मामाले निम्तो" पठाएर आउदा संतुष्टी मिलेन भन्ने प्रकारको साहित्यीक झापड हानेर निज कमिसनचुस दैत्यको विरोध गर्दिएपछी केही हच्कीएको बक्रासुर फेरी भिरकोट महोत्सब मा झुल्कीएको र त्यहाका सांस्कृतीक संयोजक "खुल्सी फसाद" लाई समेत प्रभावमा पारी संयोजक ले तय गरीसकेका कलाकार हरुलाई समेत पुन: फोन गरी रकम घटाएर आउन दवाव दिएको प्रमाण समेत बाबा जी संग सुरक्षीत रहोस भन्दै यो अध्याय यही विट मार्नी अनुमती चाहन्छु !

ईतिश्री बक्रपाणी बत्तीसम पुराणे महोत्सबम खण्डे कलाकार कमिसनम अध्याये चर्चितम नाम: हरी: ।

प्रस्तुती- बाबु राजा
श्रोत ~ बाबुराजा को फेसबुक ।
तश्विर गुगल बाट लिईएको हो । तश्विरको आलेख संग कुनै सम्वन्ध छैन। यो लेख कसैको निजी जिन्दगी संग मेल खान गएमा संयोग मात्र हुनेछ ।
~जमर्को।

Monday, June 27, 2016

अरपे मुक्त स्वतन्त्रता

June 27, 2016

~यो लगनमा अरपे लाउरे संग ब्या अर्ने सुर कसेका तरुणी हरु एवं अगील्लो लगनमै डोरी लाउरे संग लगनगाँठो कसीसकेका नवविवाहिता हरुलाई घरमा परेको अफ्ट्यारो र वुहार्तनादीका समस्या हरु जस्तै घरमा सासु ससुरा को सेवा गरेर आजित हुनुभएको अथवा जेठाजु जेठानीका छोराछोरी को चाकडी गर्दा गर्दा आफ्नो विजोक भएको ठान्नुभएको छ भने आज उपरान्त त्यस्ता घरायसी वुहार्तन बाट मुक्ति दिलाउदै स्वतन्त्रता उन्मुख जिवन जिउने कला सिकाउने हेतु निम्न लिखीत टिप्स हरु सुझाईन्छ..!
॰॰॰॰॰॰
~यदि तपाई नव विवाहिता हुनुहुन्छ र बच्चा भएका छैनन भने अरपे ले पठाईदेको आईफोनको ब्राईटनेस १०० सम्मै खोल्नुस र ३० मिनेट फेसबुक हेर्नुस।त्यसरी उजेलो मुबायलमा ३० मिनेट हेरीसकेपछी तपाईका आँखा बाट आँसु र नाक बाट सिंगान बग्न थाल्नेछ, अनी विस्तरामा पुठो फर्काएर सुत्नुस र मेरो कपाल दुखो जोरो आयो भन्दिनुस । तपाई लाई अरु काम गराउन र विमारी होईन भनेर भन्न ईन्द्रे का बाउ चन्द्रे ले पनि सक्दैन । सासु को कुरै छोड्नुस।
॰॰॰॰॰॰
~ माथीको आईड्या ले हप्तामा दुई तिन दिन मात्र काम बाट छुटकारा पाउन सकीन्च! यदि तपाईलाई परमानेन्ट छुटकारा चाहिएको हो भने यो पटक अरपे आउदा जसरी पनि दुई जिउ की हुनुस । खादै आएको ट्याब्लेट बन्द अर्नुस संगीनी सुई लाउने अर्नुभाच भने रोक्नुस र 'एनी हाउ बच्चो बनाउ' भन्ने सोच्नुस । दुई जिउकी भएसी अस्पताल जान पर्च यहा बाट म सक्तिन कान्छु मलाई बजारमा डेरा खोजेर राख्देउ भनेर फकाउनुस अरपे लाई फकाउ २-४ दिन लाग्छ । बजार मा डेर नसरेसम्म ठुस्केको ठुस्केई गर्नुस । 
॰॰॰॰॰
~ अरपे बसुन्जेल को तिन महिना यसै जान्च । अरपे गा'पछीको नौ महिना तपाई गर्भष्ट्याई भा'पसी अस्पताल गईरहन परो मईनै पिच्छे । तपाई गाँउ तिर जानै परेन । बजार बाट मन लाग्दा माईती तिर जानुस । सकेसम्म बैनी या भाई लाई पनि त्यै बोलाएर संगै राख्नुस र नजिक को कलेज भर्ना गर्दिनुस। देवर र नन्द हरु छन भने पनि नजीक पर्न नदिनुस । हप्तामा एक पटक माईत र महिना मा अक पटक अस्पताल जानुस नौ महिना यसै जान्च । पुरा १२ महिना वित्ने छ । अव तपाई सुत्केरी हुँदा अरपे आउन काटीकुटी एक वर्ष बाकी रहनेछ । 
॰॰॰॰॰॰
~ वच्चो जन्मेपछी न्वारन गरेर माईत जानुस छ सात महिना सुत्केरी बस्नुस बा आमाले ख्याल गरिहाल्छन। माईतमा भाउजु बुहारी छैनन अथवा दाई विदेश र भाई सानै छ भने झन सुनमा सुगन्ध भयो तपाई त्यो एक वर्ष पुरै सुत्केरी बनेर माईत बस्न सक्नुहुन्छ। महिनामा एक पटक बच्चालाई सुई लगाउन बजार लैजादा आफ्नो डेरा बढार बुढुर पार्नुस । नत्र मुसाले काटेर अरपे ले पठाका कोरियन कम्वल कामै नलाग्नी बनाईदेला । पछी काम लाग्छ ध्यान दिनुस । 
॰॰॰॰॰॰
~नाती हेर्न रहर लाग्यो भनेर सासु ससुराले साह्रै कर गरे भने टुच्च एकदिनको लागी गईदिनुहोला र घर पुगेपछी बाबु लाई सुई लाउन आको डाक्टर ४ बजे मात्र आउछ अरे भन्नुस र ३ बजे तिर घर बाट निस्कनुस ४ बजे सुई लगाएपछी माईत गए पनि भयो त्यही अरपे ले खोजेको  डेरामा बसे पनि भयो तपाई माथी कोही कसैले औंला उठाउन सक्तैन । बच्चो तपाईको चरित्र सफा पार्नी लाईसेन्स हो । आवस्यक ठाममा प्रयोग गर्न नहिच्कीचाम्नुस।
॰॰॰॰॰॰॰
~ यती गर्दागर्दै अर्को वर्षदिन यसै जान्छ। बच्चोको सुईको डोज सकीन्छ अनी हजुरलाई अरपेको तलतल लाग्न सक्छ । अरपे घरबाट गएको पनि दुईवर्ष हुन लाग्यो अव फोन मा कुरा हुदा बच्चोको चिचीलो बोली सुनाईदिनुस। ब्बबा मम्मा भनेर बच्चोले निकालेको आवाज सुनेपछी अरपेको मन बटारिन्च । डोरीले गुण्टा कसेर केटो आईपुग्छ दुईचार दिनमा । सकेसम्म एयरपोर्ट लिन जानुस तपाई नसके भाईलाई पठाउनुस तर याद राख्नुस डोरी लाउरे सिधै तपाईको घरमा कदापी जान नपाउस । अरव बाट आएको पोकाको डोरी खोल्ने अधिकार तपाई बाहेक अरु कसैलाई छैन । 
॰॰॰॰॰॰
~ पोको खुलेपछी मन भरी लाउरे लाई हेर्नुस , यत्रो टेम पछी भेटेको तपाईको निजी अरुे संग घुलमील हुनुस , बच्चो काखमा लिएर घर जाम भन्ला लाटा ले तर पहिला माईत लिएर जानुस । घर भनेको पछीको कुरा हो विस्तारै गए भैहाल्छ। माईतमा दुई तिन दिन बसेर फेरी डेरामा आउनुस अनी मिले कतै घुम्न जानुस नमिले एक पटकलाई टुच्च घर गैदिनुस अरपेको पनि मन राख्दिन पर्च । तर याद गर्नुस बच्चो भुईमा राख्दा रोला ओर्ला सासुको काखमा पनि त्यती नदिनुस आफै समाई राख्नुस । बढी रोयो भने बाबा केटो विमारी छ । अस्पतालमा डाक्टर ले भोली लाई बोलाको हो भनेर सके आजै नभए भोली विहान सम्म त्यो घर बाट जसरी पनि निस्कने प्लान बनाउनुस।
॰॰॰॰॰॰॰
~ अरपे आको वेलामा धेरै कुराको मौका छोप्नु पर्छ। मुख्य कुरा फेरी गर्भवती भईएला त्यता तिर ध्यान दिनुस। सुई लगाउनुस दवाई खानुस जसरी हुन्च गर्भ रोक्नुस रेकिएन र गर्भ बसीनै हाल्यो भनेपनि टेन्सन नलिनु र यो कुरो अरपे लाई नसुनाउनुस १२/१८ हप्ता को क्युरेट गर्न पाईन्च। अरपे फर्केसी गर्न पनि पाईन्छ । बरु अंशवण्डा को कुरा भने उठाईहाल्नुस । जति पर्च जे पर्च समाईहाल्ने । त्यो घरबाट निस्कीहाल्ने योजना बनाउनुस। अरपे ले भाईबैनी लाई खुसुक्क पठाको पैसाको हिसाप माग्नुस र ठस्कनुस । आफ्नो वच्चाको भविष्यको विकराल रुप देखाउदै भाईबैनी लाई सुकी नपठाउन नसिहत दिनुस। बरु १/२ दिन कन्नो फर्काएर सुत्नुस । जान्नुहुन्च भने सुक्क सुक्क पनि गर्नुस । अरपे ले अंश लिएपछी तपाईको त्यो घर संगको नाता सँधैंको लागी सकीयो । दशैमा टिका थाप्न गए जानुस नगए नजानुस तपाईको स्वतन्त्र जिवनले अर्को खुट्कीलो पार गर्यो । 
॰॰॰॰॰॰॰
~ यतिन्जेलमा दुई महिना पार हुन्छ । अरपेको फर्कनी बेला पनि हुन्छ । उसलाई बडो गह्रौं मन लिएर विदा गर्नुस। एयरपोर्ट छोड्न जानुस । १४ /१५ महिनाको बच्चो अव आमा संग छोडेर हिडेपनि हुन्छ।  हजुरको ज्यान पनि तंग्रीईसकेको हुन्छ चिन्ता नगर्नुस । अरपे गएपछी पनि सधैं माईतमा बस्न हुदैन अव डेरा तिरै रत्तिन कोसीस गर्नुस । गाउमा ससुराले अरपे लाई दिएको अंश अधियामा लगाउनुस या ठेक्कामा दिनुस । 
॰॰॰॰॰॰
~यदि तपाईले डेरा तराई तिर लिनुभएको हो भने अव तपाईका दश नंग्रा खियाउने समय गए । अरपे ले उता हाड घोट्छ यता तपाई मासु घोट्नुस। दश नंग्रा खियाउने तपाईले होईन अव । सम्पत्ती तपाईको हो तपाईको पहाडमा अरुले नै दश नंग्रा खियाउछन बस तपाई सुतेर खानुस । बरु गैह्रीखेत ठेक्कामा लगाउनुस र भएको आम्दानी ले छिटै घडेरी किन्नुस । 
॰॰॰॰॰
~ कतै घुम्न जान मन भए माईक्रो का ड्राईभर दाईको नंबर राखीराख्नुस । आडैको सिटमा राखेर प्रेम पुर्वक पुर्याउनेछन । तपाई माईतमा बच्चो छोड्दै हिड्दै गरेको कसैले थाह पाए र सासु ससुरा लाई भन्दियो भने उनीहरुले सोझै अरपे लाई फोन गरेर भन्दिनेछन । बरु आफै निहु खोज्नुस एकपटक । अरपे लाई फोन गरेर तिम्रा बा आमाले मेरा कुरा काट्छन मलाई रन्नी छडुली सम्म भनेचन पल्लारे रिते संग अस्ती बाबुलाई जचाउन जादा भनेकी भनेर अरपे संग सुक्क सुक्क गर्नुस । त्यती सुनेसी अरपे रिसले आगो भएर बा आमालाई थर्काम्च अनी त्यो घर संग अरपे ले पुर्णतया नाता तोडेपछी तपाईको जिन्दगी पुर्ण स्वतन्त्र भएको घोषणा अरिनेछ ।
॰॰॰॰॰॰॰
~ तर हजुरले यो भन्दा पनि एड्भान्स टाईपको स्वतन्त्रता खोज्नुभको हो भने अर्को चरण पार गर्नुपर्ने हुन सक्छ । यो चरण लाई अली गम्भीरता पुर्वक पढ्नुहोला ! पैसाको मामलामा गंभीर बन्नुहोला । अव अरपेले पैसो पठाम्छ तपाईको हातमा तपाईको मनले अरु स्वतन्त्र हुन खोजेको हो भने अर्को यौटा हेन्सम टाईपको केटा खोज्नुस । सकेसम्म यौटा बाइक किन्दिनुस । नसके तेल सम्म भय पनि राख्दिनुस । छोरो बोर्डिङ या माइतमा हुन्छ केटा सङ्ग घुम्न जानुस । अरपे लाई खर्च बढयो बाबा भन्नुस । बाबु पनि थपियो भनी ओभर टाइम काम गर्न भन्नस । बिचरा अरपे लाई फोन गर्ने सम्म फुर्सद हुदैन । अब फोन गरेर डिस्ट्रब  पनि गर्दैन । ऋण खोजखाज गरेर घर बनाउछु बाबा पैसा पुगेन भन्नस । ऋण खोजेर पैसा पठाउछ अरपे ले तीन चार लाख जम्मा भएपछी त्यो पैसा गहना लिएर भाग्नुस । पैसा छउन्जेल मोज गर्नुस ।  पैसा सकेसी हेन्सम केटाले पनि छोडछ न घर न माइत भैन्छ । अनि मन्दिर मा गएर रुमाल बिच्छाएर बस्नु झन काम नगरी माम हुन्छ । हजुरको स्वतन्त्रता को यो चरण लाई 'अरपेनिर्वाण' या महा डोरीलाउरे मुक्त जिन्नकी घोषणा अरिनेछ । 

~ धन्यवाद, कसैको निजी जिवन संग मेल खाएमा संयोग मात्र हुनेछ !

~ दुर्गा पंगेनी !

Tuesday, June 21, 2016

गोपी,गोपीनी र वेहोस सासु

June 21, 2016

~मेरो साथी छ गोपी भन्ने ! विहे लगत्तै विदेश गएको भएर ससुराली तिर त्यतीविधी रत्तीन नपाको ! विदेश बाट फर्केपछी बुढाबुढी संगै ससुराली जाने योजना बनाएछन बरा । अव ससुराली जान त जाने कोशेली चैं के लिएर जाने बुढी ..! गोपी मस्कीएछ गोपीनी संग । खसी लग्ने हो बुढा ! गोपीनी ले योजना सुनाईछन। महंगै परेपनि लामो समय पछी जान लाको ससुराली गोपी ले ठिकैछन्त भनेर गजपको खसी किनेर लेराएछ ! खसी ल्याईसकेपछी यसो ठनास्सिएर सोच्दा जिउदै खसी के घिच्याउदै जानु काटकुट पारेर यसो ह्याकुलो यतै खाएर अनी बाकी लैजाम भन्ने सल्लाह गरेछन गोपी गोपीनी भान्सा कोठामा बसेर !
॰॰॰॰॰
खसी काटीयो , टाउको गर्धन र ह्याकुला पोलपाल पारियो गरेर सकेछन बुढो लाई तंग्र्याउन पर्छ विदेश बाट गलेर आको पोई भनेर गोपी लाई खुवाउन कुनै कसर बाकी राखीनछन गोपीनी ले । राजखानी फ्राई, ह्याकुलो पोलेर तरह तरहका परिकार बनाएर खुवाईछन गोपीनी ले र बाकी बचेको मासु दुई पोका पारेछन। अव गोपी त गोपिनी लाई बहुत मयाँ अर्नी खालको दुलाहा परो , गोपीनी लाई के भारी बोकाउनु भनेर दुईटै पोका गोपीले आफै बोकेछ र लागेछन ससुराली तिर । 
॰॰॰॰॰॰॰
साला साली लाई विदेशबाट गीफ्ट ल्याईदेकै थ्यो । अव गीफ्ट माथी कोशेली छुट्टै खसीको मासु ... याँ भन्दा त क्यार्नी हो र आच्छा ज्वाई हुनलाई ...!! साढु हरु भन्दा त म अब्बल ज्वाई हुम भन्नेकुरो मनमा खेलाउदै गोपी बुढीलाई अगाडी लगाएर गएछ ससुराली । तेर्सो बाटो जति त गोपी खुरुखुरु हिडेछ तर ससुराली पुग्न १५-२० मिनेटको उकालो सालघारी जंगलको बाटो पनि रहेछ। विदेश को पानी खाएर गाको गलेछ विचरा गोपी । अनी बुढाबुढी बाडेर कोशेलीको भारी बोक्ने सल्लाह गरेछन । हेर बुढा कोलपोखरी देखी यहा सम्म तिम्ले डुईटै पोका बोक्यौ अव यौटा म बोक्छु भनिछन गोपिनी ले । गोपी गोपीनीको माया मा फेरी नतमस्तक भएछ । ल त नानु यो ठुलो चैं फिलो र अरु मासु भएको पोको म बोक्छु यो भुडी भएको सानो पोको तिमी बोक भनेर बुढीको झोला माथी सानो पोको बोकाईदिएछ । 
॰॰॰॰॰॰॰
अव भारी थपिएपछी गोपीनीको हिडाईको चाल अलिकती घट्नेनै भयो । गोपी को भारी हलुंगो खुरुरु ससुराली पुगेछ । सासु जुठेल्नामा भाडा माझ्दै रैछीन । ज्वाई एक्लै आएको देखेर हत्तपत्त हात धोएर नमस्ते गर्दै सासुले सोधीछन -हैन के भनेर भन्देखीन ज्वाई .. ! छोरी खोई त ? गोपी विचरा सोझो जे हो त्यै भनेछ बरा ! सालघारीको फेदमा आईपुगेपछी बोक्छु की बोक्छु भनेर भनी ! मैले पनि ल त बोक न त भनेर भुँडी बोकाईदिएँ ...! अली ठुलो भो भन्थी ! केटी त फलत्तै गलेर हिड्न सकीन ! तर पछी पछी आउदैछ चिन्ता नअर्नु सासु ..! यती जवाफ दिएर सासु तिर फर्केर हेरेको सासु अगी वेहोस भैसकेईरैछन । पानी छम्केर विउताएँ भन्थ्यो विचरा । 
~अहिले सम्म गोपीले सासु किन वेहोस भईन भन्ने कुरा बुझेको छैन अरे बरा ।
~ दुर्गा पंगेनी