DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Sunday, July 23, 2017

भागेर जामला गीतको रुपमा बाहिर आयो


केहि दिन अगाडी सामाजीक संजालमा निकै चर्चामा आएको ट्रोल “भागेर जाम्ला” गीतको रुपमा बाहिर आएको छ । संचारकर्मी समीर प्रकाश पाण्डेको शब्द रहेको उक्त गीत हालै सार्वजानीक भयो ।

बिबश बस्नेत र सम्झना मगरको आवाज रहेको उक्त गीतमा संगीत प्रेम सापकोटा र म्युजीक एरेन्ज बिश्वाश नेपालको रहेको छ ।

हिन्दु नारि हरुको महान पर्व हरितालिका तीजको अवशर पारेर युनीक मुभिजले निर्माण गरेको उक्त गीतको भिडियो लाइ लोकेन्द्र बिष्टले निर्देशन गरेका छन् ।

किशोर र मेनुकाको नृत्य रहेको भिडियो माधव पौडेलले खिचेका छन् भने सुमन थापा मगरको सम्पादन रहेको छ ।

उक्त तीज गीत अर्घा दरवार फिल्म्स प्रालि र हिमाल पोष्ट मिडियाको संयुक्त प्रस्तुतिमा बजारमा आएको हो ।

No comments: