DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Saturday, July 15, 2017

के हो यो भागेर जाम्ला ?


इन्टरनेटको बड्दो प्रभाव पछी सामाजिक संजाल मा सर्वसाधारण को पहुच सहज भएको छ । सामाजीक संजाल लाई अनेकन किसिमले आफ्नो रचनात्मक प्रयोग गर्न तिर सबैको ध्यान मोडिन थालेको छ। पलभरमै आफ्नो प्रस्तुती लाखौ लाख मानिसको भिडमा जान सक्ने र यसबाट फाईदा लिन सकिने मनोविज्ञानको साथ यस्ता गतिवीधिहरू दिन प्रति दिन बड्दो क्रममा छन्। व्यक्तिगत टिप्पणी होस् या कुनै रचनात्मक विषयवस्तु जुन रातारात सामाजिक संजालको भाषामा "भाईरल" हुन पुग्दछन्।

कतिपय व्यक्ति तथा समुहले मजाकको रूपमा पोष्ट गरेको विषय होस या नियतवश चर्चामा ल्याउनको लागी यस्ता गतिविधीहरू बड्दो क्रम मा छन्। देशका जिम्मेवार व्यक्तिहरूको अभिव्यक्ति होस् या खासै चर्चामा नरहेको विषय लाई समेटेर बनाईएको पु:न रचना ले समेत अपत्यारिलो किसिमले चर्चामा आउछन्। विभिन्न काल खण्डमा अनेकन विषयवस्तु सामाजिक संजालमा "भाईरल" बनेर आए। यसै मेसोमा आरजु देउवाले युवती लाई टोक्ने साँपलाई कारवाई गरीयोस भन्ने अभिव्यक्ति समेत भाईरल नहोला भन्न सकिन्न।

तर यहाँ प्रसंग दुई तिन दिन अगाडी बाट फेसबुकमा चर्चामा रहेको "भागेर जाम्ला" भन्ने काण्डको प्रसंग छ। "पव्लिसिटी स्टन्ट" को रूपमा समिर प्रकास पाण्डेले पहिलो पटक पोस्ट गरेको "भागेर जाम्ला" भन्ने विषय अहिले धेरैको फेसबुकको भित्तामा अनेकन किसिमले पोस्ट गरेको देख्न सकिन्छ। श्रावण ४ गतेलाई भाग्ने दिनको साईत जुराईएको विषय सबैको कौतुहलताको विषय बनेको छ। विभिन्न टिप्पणी कर्ताहरूले यसको सोधी खोजी गरे पनि यसको रहस्य खुलाईएको छैन।

हिमालपोस्ट अनलाईनको मनोरन्जन कोलम हेर्ने समिर प्रकाश लाई यस विषयमा बताई दिन आग्रह गर्दा यसको रहस्यउत्घाटन स्रावण चारमा गर्ने भन्दै अरू विषय खोल्न चाहेनन्। साथै अहिले जुन प्रसंगको गाईगुई चलेको छ त्यो यथार्थ नहुन सक्ने तिर पनि संकेत गरेका छन्। खै भोलीको दिनमा यसको वास्तविकता बाहिर आउने नै छ। तर आजको दिनमा यस्को रचनात्मकता लाई जसरी रूचाईएको छ र चर्चा परिचर्चा चलेको छ यसको रचनात्मकतालाई नकार्न सकिदैन।

स्वतन्त्र सुचना, समाचार र विचार हाम्रो प्रथामिकता - Jamarko

No comments: