DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Saturday, July 15, 2017

पशुपती शर्मा र खुमन अधिकारी संगसंगै बिरलै देखिने संयोग


खुमन अधिकारि र पशुपती शर्मा नेपाली लोक संगीत जगतका उज्याला दुइ नक्षत्र हुन् । बढ्दो संगीत उचाई र अथक साधनाले यी दुवै व्यक्तित्व हरु नेपालि संगीत जगतका भविष्यका शिखर व्यक्तित्व बनाउने छ भन्ने कुरामा दुइमत हुन सक्दैन । समकालीन भएपनि लोक गीत संगीत जगतमा पशुपति शर्मा खुमनका सिनियर हुन् । उमेरको हुसाब ले हो अथवा सांगीतीक क्षेत्रमा प्रवेश गरेको मितिको हिसावले हो खुमन पशुपती लाइ दाई भनेर सम्बोधन गर्छन । त्यस्तै पशुपती खुमन लाइ भाइ भन्ने गर्छन । दुवै जना लोक संगीतको उर्वर स्थल भनेर चिनिने स्यांगजा जिल्लाका स्थाई बासिन्दा हुन् । लोक तथा दोहोरि गीत प्रतिस्ठान नेपालमा पनि पशुपति उपाध्यक्ष हुन् भने खुमन सचिव हुन् ।

खुमन अधिकारि र पशुपति शर्मा अनेकता का प्रतिक हुन् दुइ जनाको गायकी र सृजना आपसमा पटक्कै जुझ्दैन र स्वरको प्याटर्न पनि आपसमा मिल्दैन । खुमन परम्परागत स्वरका धनि हुन् भने पशुपति युनिक भोकलिष्ट भनेर चिनिन्छन । खुमन स्टुडियो गायक हुन् उनको स्वरमा झन्डै दस हजार हाराहारी गीत रेकर्ड भएको अनुमान छ भने पशुपति अपवादमा बाहेक अरुका सृजना हरु गाउदैनन फेरी पनि उनीहरुको संगीत प्रतिस्पर्धा अचम्म लाग्दो छ । तर यो एक किसिमको स्वच्छ प्रतिष्पर्धा हो त्यो कुरा उनीहरुका दर्शक श्रोता हरुले राम्रो संग बुझेका छन् । त्यसैले पनि दुवै कलाकार लाइ बराबरी माया गरेका छन् ।

सांगीतीक क्षेत्रमा उत्तिकै चर्चित उत्तिकै ब्यस्त र उत्तिकै कमाउ यी दुइ कलाकारको बिचको प्रतिष्पर्धा पनि निकै रोचक छ । प्राय: पशुपती शर्मा उपस्थित सांस्कृतिक कार्यक्रम हरुमा खुमन र खुमन पुगेको कार्यक्रममा पशुपति शर्माको उपस्थिति हुदैन । महोत्सब हरुमा पनि यौटै महोत्सबमा दुवै जना पुग्छन तर फरक फरक दिनमा पुगेका हुन्छन । किन हुन्छ त त्यस्तो ? त्यसो हुनुमा आयोजक हरुको दर्शक लाइ कार्यक्रम सम्म ल्याई पुर्याउने ब्यबस्थापकीय चलाखीले महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । हरेक कार्यक्रमको मुख्य आकर्षक हुन्छन दुवै कलाकार त्यसैले पनि दुवै जनालाई एकै दिन बोलायो भने अर्को दिनको लागी फरक कलाकारको ब्यबस्था गर्नुपर्ने हुन्छ । चाहेर पनि आयोजक हरुले दुवै चर्चित कलाकार हरु लाइ एकै पटक बोलाउन सक्दैनन् ।

यी र यस्तै अन्य कारण ले संगै सांस्कृतिक कार्यक्रममा बिरलै पुग्न पाएका लोक सांगीतिक हस्ती हरु यो पटक भने अष्ट्रेलीया संगै पुगेका छन् । खुमन अधिकारिले कार्यक्रमको लागि तयारी अवस्थामा रहेको जानकारी दिदै आफ्नो फेसबुकमा पशुपति संग को फोटो पोस्ट गरेका छन् । दुइ चर्चित कलाकार हरु को यो स्वच्छ प्रतिष्पर्धा यसरीनै बढ्दै जाओस र नेपाली लोक सांगीतीक जगत ले उनीहरुका अब्बल सृजना हरु पाउदै जाओस हाम्रो तर्फ बाट धेरै धेरै शुभकामना ।

No comments: