DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Saturday, June 6, 2020

प्रवासीहरुको स्वदेश फिर्तीका सवालहरु-२

६-जुन २०२०बुधवार ।
कोभिड-१९ को प्रकोपबाट उत्पन्न परिस्थिति, आवश्यकता र प्राथमिकताको आधारमा स्वदेश फिर्तीका सवालहरू तथा कतारमा कार्यरत आम नेपाली जनमासमा व्याप्त समस्या, गुनासा र त्यसको यथोचित समाधान हेतुले नेपाल पत्रकार महासङ्घ कतार शाखाले जुन ३ तारिख सुरु गरेको अन्तरक्रिया कार्यक्रमको जुन ६ तारिखको  निरन्तरता । यो अन्तरक्रिया जुन ३ तारिखको निचोड बाट सुरु गरिएको छ ।

अन्तरक्रियाको  विषय:

कोभिड-१९ को प्रकोपबाट उत्पन्न परिस्थिति, आवस्यकता र प्राथमिकताको आधारमा स्वदेश फिर्तीका सवालहरु तथा कतारमा कार्यरत आम नेपाली जनमासमा व्याप्त समस्या, गुनासा र त्यसको यथोचित समाधान बारे

मुख्याकर्षण:
नेपाली राजदूतावास कतारका दित्तीय सचिव प्रवीण भट्टराई  ज्यु,
गैर आवासीय नेपाली सङ्घ मध्यपूर्व संयोजक प्रवीण गुरुङ ज्यु,
गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान ज्यु,

सहभागिहरुः
१) करीम बक्स मियाँ  : अध्यक्ष पत्रकार महासङ्घ  कतार शाखा
२) तिलु शर्मा पौडेल  : अध्यक्ष  म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतार
३) टेकराज थापा  : अध्यक्ष अर्घाखाँची सेवा समाज दोहा कतार
४) महेश्वर नेपाल  : पत्रकार, उज्यालो नेटवर्क
५) सन्तोष केसी :  मुग्लानी खबर
६) राम प्रसाद पराजुली :  पत्रकार मुग्लानी खबर
७) खेमराज सुबेदी :  पत्रकार, सदस्य पत्रकार महासङ्घ कतार शाखा
८) दीपक पुडासैनी  :  सल्लाहकार, पत्रकार महासङ्घ नेपाल कतार शाखा
९) अर्जुन पौडेल  : सम्पादक, प्रभाव अनलाइन
१०) दीप जङ्ग शाह: सम्पादक, दीप सञ्चार डट कम
११) बिल गुरुङ ; नागरिक अगुवा

आयोजकः नेपाल पत्रकार महासंघ, कतार शाखा
टिप्पणीकारः दुर्गा पंगेनी
सहजकर्ताः करिमबक्स मिया“, अध्यक्ष पत्रकार महासंघ, कतार शाखा

 सहभागीहरूका धारणाको आधारमा हाम्रो निष्कर्षहरुः
१) नेपाल फर्कन चाहने सबै इच्छुक आप्रवासीहरू सम्म दूतावासको सूचना सर्कुलेट भएको छ कि छैन त्यो महत्त्वपूर्ण कुरा हुन जान्छ । नेपाल जान चाहने सबै मजदुर  दूतावासको फारम भरेर  बुझाउन सक्षम  छन् कि छैनन् त्यसको अध्ययन गरेर  आजसम्म सूचनाको अभावमा या अनभिज्ञताको कारण फारम नभरेका कोही भेटिएको खण्डमा उनीहरूलाई फारम भर्न सहजीकरण गर्ने या दूतावास सम्म पुर्‍याएर अथवा फोन सम्पर्क मार्फत जानकारी गराउने या फारम बुझाउने व्यवस्था मिलाउन सबै तह बाट सहयोग गर्ने । 

२) पारदर्शिताको मामलामा नेपाली दूतावास दोहा कतार पूर्ण रूपमा जिम्मेवार रहने, उद्दारको मामलामा नियम विपरीत कुनै पनि कार्य हुन सक्ने सम्भावनालाई मध्यनजर राखेर नागरिक समाज, पत्रकार साथै दूतावास कर्मचारी समेत थप चनाखो हुने र सम्पूर्ण रूपमा उद्धार कार्य पारदर्शी बनाउने ।

३) आजाद भिसामा आएका नेपालीहरूको हकमा श्रम स्वीकृति लिएर नियम पूर्वक दोहा प्रवेश गरेको छ भने प्राथमिकता तोकिँदा कुनै फरक नपर्ने भए पनि अन्य भिसा लिएर आएकाहरूको प्राथमिकता तोक्न समस्या हुने भएको कारण रोजगारीको लोभ या लालचमा पारि बिजनेस भिसा या भिजिट भिसामा कतार ल्याइएका नेपालीहरू को बारेमा ठोस निर्णय गरिनुपर्ने साथै त्यसरी नेपालीहरूलाई अलपत्र पार्ने काममा नेपाली व्यवसायीहरू नै संलग्न रहेको कारण नेपाली नियोग साथै सम्पूर्ण नेपाली समुदाय त्यस्ता बिचौलिया हरू प्रति कडा रूपमा प्रस्तुत हुनुपर्ने र न्यूनतम क्षतिमा त्यस्ता अलपत्र नागरिकको उद्धार गरिनुपर्ने ।

४) मजदुर कल्याणकारी कोषको प्रयोग गर्ने बेला यही भएको विषम परिस्थिमा कोष मार्फत अथवा  अर्थमन्त्रीले बजेट भाषण मै समेटेको वैदेशिक रोजगारीमा गएका जनताको उद्धार गर्न छुट्याको बजेट’ निकासा गराएर भए पनि न्यून आए भएका, रोजगारी गुमाएर, दुखमा परेर काजक्रियाको लागि नेपाल जान परेका लगायत अति आवश्यक उद्धार हुनुपर्ने अवस्थामा रहेका नेपालीहरूलाई कसरी न्यून खर्चमा उद्धार गर्न सकिन्छ भन्ने विषयमा अध्ययन हुनु पर्ने र सकेसम्म त्यस्ता मजदुरहरूको सरकारी खर्चमा उद्धार हुनुपर्ने ।

५) परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयको संयुक्त प्रतिनिधि  कार्यालय रहेको खाडीका दूतावासहरूमा केन्द्रीय निर्देशन अत्यन्तै ढिलो मात्र प्राप्त हुने समस्या रहेको कारण तालुक वाला निकायको चुस्त कार्य सम्पादन प्रति खबरदारी गर्ने र दूतावासलाई चुस्त दुरुस्त राख्न नागरिक स्तरबाट र पत्रकारिता जगत् बाट  हुन सक्ने सहयोगलाई अगाडी बढाउने  

६) सुरुवातमा नियमित उडान सुरु गरेर आफ्नै खर्चमा जान सक्ने या जान चाहने कामदारहरूलाई नेपाल फर्कने व्यवस्था मिलाउने हो भने सरकारले गर्ने उद्धार मार्फत जाने कामदारको चाप घट्न सक्ने अवस्थालाई मद्यनाजर राखेर थप अध्ययन गरी उद्धार कार्य अगाडी बढाउनु पर्ने ।    

७) राहत वितरणमा गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतार ले देखाएको तदारुकताको उच्च मूल्याङ्कन गर्दै अगाडी आउने अन्य कार्यक्रमहरू थप सशक्त बनाउन रचनात्मक  सहयोग लाई निरन्तरता दिने 


No comments: