DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Saturday, June 6, 2020

कोरोना, स्वदेश फिर्ती र समुदायको दायित्व:


३ जुन २०२०, बुधवार साझ ।

कोरोना, स्वदेश फिर्ती र समुदायको दायित्व:

प्राथमिकता र आवस्यकताको आधारमा पहिलो चरणमा २५ हजार नेपाली स्वदेश ल्याउने वारे नेपाल सरकारले गरेको
निर्णय, नियम र तयारीका सन्दर्भमा कतारको नेपाली समुदायको दायित्व र भुमिका वारे आभाषी अन्तरकृया (भर्चुअल
मिटिङ)

अन्तरकृयाका विषयः

१) सरकारद्वारा सार्वजनिक गरिएको प्राथमिकताको सुचि बारे ।
२) स्वदेश फर्किन चाहनेहरुले पुर्याउनु पर्ने कागजात र प्रकृया बारे ।
३) स्वदेश फर्किन चाहनेहरुको सम्भावित लागत खर्च र पारदर्शीता बारे ।
४) असंख्य इच्छुकहरु बिचबाट प्राथमिकता र छनौट प्रकिया बारे ।
५) सबै प्रक्रियामा नेपाली समुदाय (संघ संस्था) को भुमिका बारे ।

अन्तरकृयाका नियमहरुः

१) प्रत्येक वक्ताको धारणा संस्थागत ÷ ब्यक्तिगत किटान हुनु पर्नेछ । संबोधन आवस्यक रहनेछैन ।
२) वक्ताले दुई चरण गरेर बढिमा १० (५५ मिनेट) मिनेटको समय पाउनेछन । आफुले पाएको समयभन्दा माथि
गएमा एडमिनले म्युट गरिदिने छन ।
३) संस्थागत मर्यादा तलमाथि भएमा अन्यथा मानिने छैन ।
४) सबैको धारणाको आधारमा टिप्पणीकारले सारांश निकाल्नेछन र त्यहि आजको निर्णय हुनेछ ।

आयोजकः नेपाल पत्रकार महासंघ, कतार शाखा
टिप्पणीकारः बिल गुरुङ
सहजकर्ताः करिमबक्स मिया“, अध्यक्ष पत्रकार महासंघ, कतार शाखा

सहभागिहरुः
१) चाणक पोखरेल : अध्यक्ष प्रवासी नेपाली एकता मञ्च कतार
२) शंकर न्यौपाने : कार्यवाहक सभापति नेपाली जनसम्पर्क समिति कतार
३) हिराधन राई : अध्यक्ष नेपाली समाज कतार
४) शुरेश भट्ट : केन्द्रिय सदस्य बिवेकशील नेपाली दल
५) लुमाकान्त पुन:  महासचिव अन्तरराष्ट्रिय नेपाली एकता समाज
६) अमिना खान:  कार्यवाहक अध्यक्ष नेपाली महिला समाज कतार
७) अबदुल करिम:  कार्यवाहक अध्यक्ष अन्तरराष्ट्रिय नेपाली मुस्लिम समाज
८) शिवकुमार भुजेल :  अध्यक्ष नेपाल प्रवासी आदीवासी जनजाति महासंघ कतार
९) मुक्तदा मुसलमान : अध्यक्ष गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार
सहभागिहरुका धारणाको आधारमा हाम्रो निष्कर्षहरुः

१) नेपाल फर्किन नपाएर कतारमा अलपत्र परेका नेपालीहरुलाई फर्काउन नेपाल सरकार र कतारको लागि नेपाली
राजदुतावासबाट जारी सूचनाको स्वागत गरियो । नेपाल जान प्राथमिकतामा पारिनु पर्ने केहि ब्यक्तिहरु जस्तो महिनौदेखि अन्तरराष्ट्रिय उडान खुल्ने पर्खाइमा रहेका तर आफनै खर्चमा नेपाल जान नसकेका पिडीत नेपालीहरु
छुटेको ठहर गर्दै त्यस्ता पिडीत नेपालीहरुलाई पनि प्राथमिकतामा पारिनु पर्ने ।

२) राजदुतावासले मागेको कागजात मध्येमा पिसिआर÷आरडिटि परिक्षण प्रमाणपत्र र काज कृयाका लागि जान
चाहनेले कन्सुलर सेवा बिभागबाट प्रमाणीत मृत्यू प्रमाणपत्र लगायतको कागजात लिन अहिलेको अवस्थामा त्यति
सहज नभएकोले नेपाल सरकार स्वयंले कतारको आधिकारीक निकायसंग आवश्यक समन्वय गरि यि कागजातहरु
उपलब्ध गराउनेब्यवस्था मिलाउनु पर्ने ।

३) बिषम परिस्थितिका बिच नेपाल फर्किन हवाई उडानको ब्यवस्था मिलाउनु पर्दा स्वभाविक रुपमा केहि महंगो पर्ने
देखिन्छ तर समस्यामा परेका आफनै नागरिकलाई उद्धार गर्ने सवालमा सरकार स्वयंले हस्तक्षप गरि सुलभ बनाउनु
पर्ने । कहिले फर्किने र कुन उडान प्रयोग गर्ने भन्ने विषय निक्र्योल नभएको अवस्थामा आवश्यक खर्च लागत यकिन
गर्न सकिदैन तर अहिलेको परिस्थिति र नेपालमा गएर पनि क्वारिन्टिनमा बस्दा लाग्ने खर्च समेत गरि न्युनतम नेपाली
रुपैयाएक लाख सम्म लाग्ने अनुमान गरियो । बिदेशमा अलपत्र परेका आफना नागरिकलाई स्वदेश फर्काउने
जिम्मेवारी सरकारको हो र सबै खर्च सरकारले ब्यहोर्नु पर्ने । यसको लागि बिदेश आउदा आम श्रमिकहरुले बैदेशिक
रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट ब्यहोर्ने ब्यवस्था मिलाउन सरकार र सरोकारवाला निकायसंग
माग गर्ने ।

४) कतारको लागि नेपाली राजदुतावासले आव्हान गरेको अनलाईन फारमलाई आधार मानि सरकारले बर्गिकरण
गरेका र प्राथमिकतामा परेका ब्यक्तिहरु बिना भेदभाव र अत्यन्त पारदर्शि ढंगले छनौटमा पर्नु पर्ने र यस कार्यमा
कतारमा स्थापित संघ संस्थाहरुले नेपाली राजदुतावासलाई सघाउनु पर्ने । नेपाल फर्कन चाहने संख्या अत्याधिक
भएकोले सबै नेपालीले ईमान्दिारिता देखाउनु पर्ने समय यस्तै बिषम परिस्थितिमा हो भन्ने ठहर गरियो । भेदभाव हुने
र पहुच भएका ब्यक्तिहरुको भनसुनबाट छनौट प्रकृया प्रभावित हुने आशंका भए पनि नेपाली राजदुतावास कतारको
नेतृत्वमा भैरहेको यस उद्धार कार्यमा कतारमा रहेको सबै तह र तप्काका नेपाली संघ संस्थाहरुले बास्तविक पिडित
छनौट गर्न सहयोग गर्नु पर्ने । आवश्यक परेमा राजदुतावासको नेतृत्वमा कतारमा कृयाशिल संघ संस्थाहरुको
प्रतिनिधित्व रहने गरेर एउटा चुस्त समिति बनाएर जान सकिने ।

५) अहिलेको बिषम परिस्थितिमा नेपालीहरुलाई सचेत र सुरक्षित बनाउन आवश्यक सूचना र जानकारी प्रवाह गर्न
नेपाली संघ संस्थाहरुको महत्वपुर्ण भुमिका रहन्छ र सबै संघ संस्थाहरुले आफनो जिम्मेवारी हो भन्ने स्विकारेका छन ।
कोविद १९ कोरोना भाईरस संक्रमण फैलिएका कारण स्वदेश फर्कन नपाएका नेपालीहरुलाई उद्धार गर्न नेपाली
राजदुतावासले जारी गरेको सूचना र दर्ता प्रकृयामा यहाकृयाशिल संघ संस्थाहरुले आवश्यक सहयोग गर्नु पर्ने ।
राजदुतावासले आव्हान गरेको अनलाईन फारम भर्ने देखि बास्तविक पिडित छनौट गर्न लगायतका बिभिन्न सहयोगहरु
गर्न नेपाली संघ संस्थाहरुले महत्वपुर्ण भुमिका खेल्न सक्ने ठहर गरियो ।

अन्तमा कोरोना संक्रमित ब्यक्ति नेपाल लैजानु कतार स्वयंले दिदैन भने हामीले नेपाल पठाउने ब्यक्तिहरुमा कोरोना
संक्रमण हुनु हुदैन भन्ने यकिन गर्नु पर्ने बिषयमा सबैको मतैक्य रह्यो । कतारमा महिनौदेखि रोजगार गुमाएर बसेका
कतिपय नेपालीहरु जो गैरआवासीय नेपाली संघ कतार मार्फत कतार च्यारिटी, रेडक्रिसेन्ट लगायत कल्याणकारी संघ
संस्थाहरुले ब्यवस्था गरेकोराहत खाद्यन्नमा भर पर्नु परेका पिडितहरुले आफै खर्च गरेर नेपाल जान सक्दैनन । त्यस्ता
ब्यक्तिहरुलाई बैदेशिक रोजगार कल्याणकारी कोषबाट रकम निकासा गरेर खर्चको जोहो गर्न सबैले पहल गर्ने ।
अहिलेको बिषम परिस्थितिले गर्दा लामो समयदेखि घरपरिवारबाट टाढा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुमा
मानसिक तनाव लगायतले डिप्रेशन बढने खतरालाई पनि ख्याल राख्दै पिडितहरुको छनौट गर्नु पर्ने ।

समाप्त ।


No comments: