DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Tuesday, June 16, 2020

आन्दोलनमा होमिनु भएका युवाहरूलाई बा आमाको माया लाग्नु आवश्यक देखिन्छ


समुदायमा कोरोना फैलियो भने के हुन्छ:दिल्ली लाई हेरौँ । दिल्लीको एलएनजेपी अस्पताल जुन भारतको केन्द्र सरकार मातहतको हो त्यसको कोरोना वार्डमा बिमारी लाई रेगुलर भिजिट गरेर स्लाईन फेरिदिने स्वास्थ्यकर्मी छैनन्,मृत शरीर व्यवस्थापन गर्ने कोही छैन।

त्यहाँ यौटा बेडमा लास राखेर नजिकै अर्को जीवितको उपचार गर्न परिरहेको छ,यो कुरा मिडियामा आएपछि आज भारतीय गृहमन्त्रीले अस्पतालको आकस्मिक भ्रमण गरेका छन्। अदालतले पनि समस्या सुधार गर्न आदेश जारी गरेको छ।

नेपालमा स्थानीय स्तरमा कोरोना फैलिएकै छैन ।आयातित हरूमै सीमित छ । जो बाहिरबाट सङ्क्रमित भएर आए उनीहरूको स्वास्थ्य राम्रो र बलियो छ तसर्थ उनीहरूलाई कोरोनाले गाल्न सकेको छैन ।

घर घरमा पुग्यो भने के हुन्छ? प्राय सबैका घरमा ज्येष्ठ नागरिक रहेको हाम्रो समाजमा अधिकांश ज्येष्ठ नागरिकमा कुनै न कुनै रोग छ । जस्तै मेरो घरमा मेरो बुबामा मुटु र मिर्गौलाको समस्या छ त्यस्तै कसैलाई सुगर को समस्या होला कसैलाई दमको समस्या होला या यस्तै केही दिर्घरोग ले ग्रसित हुन सक्नुहुन्छ।

साँच्चै प्रधानमन्त्री केपी ओलीले गफ लगाएजस्तो सबै नेपाली जनताको 'रोग सँग लड्ने क्षमता' अरूको भन्दा बढी छैन।त्यो फगत गफ हो । हुनसक्छ उमेरदार र निरोगीहरूको हकमा त्यो पावर केही बढी होला तर अधिकांश ज्येष्ठ नागरिकको स्वास्थ्यमा केही न केही समस्या रहेको छ!

बेसार र अदुवाले राम्रो स्वास्थ्य भएकाहरूलाई अझ राम्रो बनाउन मद्दत गर्ला पक्कै तर जो पहिल्यै दीर्घ रोगी हुनुहुन्छ वहाँहरू लाई अदुवा बेसार वाला 'ओली टिप्स' ले काम गर्दैन ! घर घरमा कोरोना पुग्नु लाई नै 'समुदायमा फैलिनु' भनिन्छ तसर्थ कोरोनालाई घर घरमा पुग्न बाट रोक्नु आज हामी सबैको दायित्व हो, आन्दोलनमा होमिनु भएका युवाहरूलाई बा आमाको माया लाग्नु आवश्यक देखिन्छ !

त्यसकीसीमको जोखिमपूर्ण अवस्थामा रहनुभएका हाम्रा हजुरबा हजुरआमा सम्म सङ्क्रमण पुग्यो भने हाम्रा अस्पतालमा पनि यो भयावह अवस्था नआउला भन्न सकिँदैन हिजोआज भइरहेको आन्दोलनले सङ्क्रमणलाई घर घरमा पुर्‍याउने सम्भावना देखिन्छ।

हामी कोरोनाको नियन्त्रण चाहन्छौँ भने हामीले सबैभन्दा पहिला हाम्रा ज्येष्ठ नागरिक र कमजोर स्वास्थ्य भएका आफन्त हरूलाई जोगाउनै पर्छ। कतै अहिले भएको आन्दोलन ले कोरोना फैल्याएर भयावह अवस्था ल्याउन सहयोगी भूमिका खेलिरहेको त छैन? विवेक प्रयोग गरेर सोचौँ ।



No comments: