DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Wednesday, June 17, 2020

कसरी उल्लु बनाउँछन् युट्युबर हरूले ?


विनोद रानाभाटको सम्भावित मृत्युदण्डको चर्चा सँगै नेपालमा धेरै युट्युबर हरू चन्दा उठाउन सक्रिय भए । अलिकति त्यो घटनालाई नजिकबाट बुझेका गन्यमान्य र नेपाली नियोगले समेत अन्तिम फैसला पर्खौँ अहिले चन्दा सङ्कलन गर्न हतार नगरौँ। उनी आरोप मुक्त हुने सम्भावना बाकीं छ सजाय नै भए पनि मृत्युदण्ड टार्ने उपाय हामी खोजिरहेछौँ भनेर पटक पटक सार्वजनिक अभिव्यक्ति दिइरहे तर युट्युबर ले नेपालीको दिमाग यसरी भुटे कि नेपालीहरूले आफ्नै दूतावासले भनेको कुरा समेत पत्याएनन् र युट्युबरलाइ चन्दा पठाइरहे।

उता नेपाली कथित समाजसेवी र युट्युबर हरूले त्यो अपिल सुन्नै चाहेनन् । नेपाल देखि जापान सम्म 'विनोद रानाभाट बचाउ अभियान' लाई यसरी अतिरञ्जित गरियो कि केही समयको अन्तरालमा करोड माथि पैसा जम्मा भयो । समय बित्यो, यता फैसला अर्कै आइदियो, संसार भरिबाट एक नेपालीले अर्को नेपालीलाई बचाउन गरेको सहयोग को पैसाको लागि चन्दा उठाउनेहरूकै बिचमा घमासान झगडा भएको पनि यही सञ्जालमा देख्न पाइयो ।

ठुलो च्यानल चलाएका केही युट्युबर हरूले त झन दूतावासले चासो दिएन भनेर आरोप पनि लगाइरहे। जो रानाभाटको मुद्दा लडिरहेछ त्यही दूतावासलाई आरोप लगाउँदै उनीहरू पैसा सङ्कलन गरिरहे। उनको च्यानलमा विनोद रानाभाट का परिवार रोएको भिडियो मात्र करोडौँ पटक क्लिक भएहोलान, कहिले आमा कहिले फुपू कहिले दिदी कहिले छिमेकी रोए भनेर आँसुका भल बेचेर आफ्नो लागी रिभेन्यु पनि जम्मा गरे रानाभाट को लागि चन्दा पनि उठाए तर अन्तिममा रानाभाटले कसरी देश फर्कन सके भन्ने तर्फ उनीहरूको कुनै चासो भएन - ती चन्दा उठाउने हरूले विदेशबाट दुख गरेका नेपालीले रानाभाट बचाउन दिएको चन्दा कहाँ खर्च गरे ? साँवा, ब्याज के गरे ?

अचम्मको समाजसेवा छ हाम्रो, जसले अन्तिम मृत्युदण्डको सजाय पाएकै थिएन उसले सजाय पाइसक्यो उसलाई मार्न लागिसके भनेर समेत युट्युबर ले जनतालाई उल्लु बनाएर चन्दा उठाउन सक्ने कमलो मन भएको समाज हो हाम्रो । यथार्थ नबुझी त्यस्ता चन्दा उठाउनेलाई पैसा दिन हुँदैन उनीहरू आफ्नो खल्ती भर्छन् र अरूलाई उल्लु बनाउँछन्



No comments: