DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

Wednesday, November 4, 2020

शब्दमा लोकप्रिय गीतकार रमेश बिजीले मुटु नै निकालेर राखेको जस्तो प्रतीत हुन्छ

November 04, 2020 0

शब्दमा लोकप्रिय गीतकार रमेश बिजीले मुटु नै निकालेर राखेको जस्तो प्रतीत हुन्छ । यौटा सिनेमा तयार हुन सक्ने सिङ्गो कथा समेटिएको गीत, आजको यो प्रतिकुल परिस्थितिले उब्जाएका जटिलतालाई माला जस्तै शब्दमा उनिएको छ गीतमा । देश, काल, परिस्थिति, समाज, आमा, परदेश, रहर, बाध्यता अनि कर्म, परिवार, दुख पिडा र बाच्ने उच्चतम रहर, मृत्युको शाश्वत सत्य.....सबै कुरा ! गीतकार रमेश बिजीको उत्कृष्ट गीत मध्ये यो गीत पनि सूचीकृत हुनेछ।


वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीले गीतकारका शब्दमा सुमधुर लय भरेको अर्को उत्कृष्ट धुन हो । ओजपूर्ण मिठासले भरिपूर्ण छ गीत । ‘एक धर्को सिन्दूर के हो र, त्यो त पखालिन सक्छ’ भन्ने गीतको सङ्गीतमा मन्त्रमुग्ध भएको म यो गीतको लागि सृजित धुनमा पनि उत्तिकै मदहोस भएको छु ।

राज सिग्देल को स्वरको मिठास वर्णन गरेर साध्य छैन । उनी भाइरल हुने गीत गाउदैनन् होला तर लामो साधनाले खारिएका उनका प्राय सबै गीत कर्णप्रिय हुन्छन् । भिडियोमा पनि निकै मिहिनेत गरिएको छ । उषा रजक फिचर्ड भिडियोले गीतको भावलाई दर्साउन कुनै कसर वाकी राखेको छैन ।

तर पनि, यति दिग्गज व्यक्तित्वहरूको मेहनतले तयार भएको यो अब्बल सृजना किन दर्शकको नजरमा पर्न सकेन ? बिन्दबासिनी म्युजिक जस्तो ठुलो प्लेटफर्म मा आएको यो गीत भाइरल हुनुपर्ने हो तर सार्वजनिक भएको एक हप्ता भइसक्दा समेत गीतले बिस हजार मात्रै दर्शक पाएको छ ।

आखिर किन ? हामी दर्शकहरू कस्ता सृजनालाई समय र महत्त्व दिइरहेका छौँ  ? कस्ता भिडियो हेर्ने बानी परेका छौँ हामीहरू ? शब्द र सङ्गीत सुनेर त्यसको मर्मलाई महसुस गर्न सक्ने श्रोताहरू घट्दै गइरहेको हो कि ‘भाइरल’ कन्टेन्ट मात्र हेर्न बानी परिसके दर्शक हरू ? यस्तै यस्तै सोच्दा सोच्दै “मा जन्मेको माटो छोएर मर्छु” भन्ने लाइन दोहोरिएर बज्यो...!! 

-·       दुर्गा पंगेनी 

Tuesday, August 25, 2020

कविता || राक्षस् जस्तै सामुद्रिक मुख आँ गरेर || प्रेमको परिभाषा अलौकिक -...

August 25, 2020 0
म कविता लेख्न जान्दिन || अहिले मैले वाचन गरेको कुरा पनि कविता हो कि होइन म बुझ्दिन || तर केहि बर्ष पहिले परिवार छोडेर परदेश बस्नुपर्दा यसरी केहि लेखेको थिएँ |
कविता || राक्षस् जस्तै सामुद्रिक मुख आँ गरेर || प्रेमको परिभाषा अलौकिक - Durga Pangeni
#Kabita #Poem

Wednesday, January 18, 2017

कविता

January 18, 2017





राक्षस जस्तै
सामुद्रीक मुख आँ गरेर
लमतन्न तेर्सीएको
यो भौगोलीक दुरी
तिम्रो र मेरो प्रेमको
डरलाग्दो खलनायक हो
॰॰॰॰॰
मान्छे हरु भन्छन
नदिका समानान्तर किनारा हरु
कहिल्यै भेटीने छैनन,
तर तिनी हरुलाई के थाह
स्थिर भएर एक ले अर्कोलाई
लगातार नियाली रहनुको आनन्द
॰॰॰॰॰
छोईएर ठोकीनुको चोट
धेरैले अनुभव गरे होलान यहाँ
वास्तविक आनन्द त
नछोईकनै टकराउनु मा छ
नदेखेरै रमाउनुमा छ
प्रेम लाई सपनाको संसार मानेर हेर
वास्तविक रमाईलो त
त्यै सपनामा हराउनु मा छ !
॰॰॰॰॰
आशा हरु तन्कीए जस्तै
परिस्थीती लाई खुम्च्याउन मिल्ने भए
म पखेटा किन्थें होला सायद
यो दुरी लाई चुनौती दिन
यही दुरी त हो
न मेरो आशा लाई मर्न दिन्छ
न तिमीलाई भेटेर माया गर्न दिन्छ !
॰॰॰॰॰
म प्रेमको किसान भएको भए
वाध्यता का झार हरु लाई निमोठेर
रहरको खेती लाई मलजल गर्थें !
॰॰॰॰॰
जसरी धर्म ले
ईश्वर को उपस्थिती
र स्वरुप को वर्णन लाई
अलौकीक भन्छ
त्यसरी नै विज्ञानले पनि
हावा र पानी को स्वाद लाई
ठोस रुप मा वर्णन गरेको छैन
त्यसैले त धर्म शास्त्रमा
अमृतको स्वादको वर्णन गरीएको छैन
या नी जे कुरा पत्तालगाउन
या वर्णन गर्न सकिन्न त्यो कुरा
अलौकीक हुन्छ मान्छेको लागी
जस्तै मेरो लागी तिम्रो प्रेम..!

~ दुर्गा पंगेनी ~